• आइतबार, २० असोज, २०८१
  • १०:४७:११

कति छ आजको सुनको मूल्य ?

 

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु १ हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आईतबारका लागि रु १ लाख ४५ हजार ४ सय निर्धारण भएको छ । 

शुक्रबार प्रतितोला रु १ लाख ४३ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनका लागि भने रु १ लाख ४४ हजार ७ सय निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आईतबारका लागि भने रु १ हजार ८  सय ९० निर्धारण भएको छ ।