• शुक्रबार, २७ असार, २०८२
  • ०४:३०:५४

बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं। पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा  बुधबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा बुधबार पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको छ जुन जोखिमपूर्ण स्थल हो ।

सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।रासस।