• शनिबार, २१ असार, २०८२
  • ११:१९:१९

नेपाल टेलिकमको सेवा ४ घण्टा बन्द हुने

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि ४ घण्टा सेवा बन्द हुने जनाएको छ । 

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो । 

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।