• बिहीबार, ३ असोज, २०८१
  • ०६:४४:२७

थहा पाइराखौं आपत्कालिन निःशुल्क नम्बरहरु

काठमाडौं।  सूचना प्रविधिको विकासले मानिसलाई हरेक सुविधाहरु शिघ्र लिनका लागि उत्प्रेतिर गरेको मात्र छैन, शिघ्र सुविधा लिने क्रम बानीमै परिणत भएको छ । सोही अनुसारका कतिपय सुविधाहरु परिमामर्जित र विस्तार पनि भएका छन् । कतिपय सेवाहरुहरु यस्ता हुन्छन्, जुन आपत्कालिन अवस्थामा प्रयोगमा आउँछन् । यस्ता सेवा लिनका लागि हामी आपत् नभएका बेला यसको जानकारी लिदैनौं, तर आपत परेका बेला खोजेको सम्पर्क नम्बर समेत पाउँन समय लाग्छ । यसका लाति तपाईले थाहा पाउँनै पर्ने केहि सम्पर्क नम्बरहरु यहाँ प्रस्तुत गरिएको छ । 

१००: नेपाल प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी

यी नम्बरमा कुनै पनि बेला  फोन गर्न सकिन्छ । यसमा फोन गर्दा पैसा लाग्दैन अर्थात् यी निःशुल्क नम्बर हुन् ।