• आइतबार, २३ मङ्सिर, २०८१
  • ०९:१६:४४

राती उडान कसरी हुन्छ ?

नेपालमा हरेक पछिल्लो समयमा हवाइ यात्रा गर्नेहरुको संख्या बढिरहेको छ । अझ दशैंको समयमा त हवाइ उडानमा चाप बढि हुन्छ । यो वर्ष बाढि पहिरोले सडक यातायात असहज भएपछि हवाई उडानमा झनै चाप बढेको छ । रात्रीकालिन उडानलाई झन् बढाइएको छ । रात्रीकालिन उडान कसरी हुन्छ ? यो विषयमा धेरैको चासो हुन सक्छ । त्यहि चासोलाई सम्बोधन गर्नका लागि बुद्ध एयरको यात्रा म्यागेजिनमा प्रकाशित सामग्री प्रस्तुत गरिएको छ । 


काठमाडौं । हामीलाई राखेर उडिरहेको जहाज अनि उड्डयन संसार कति धेरै रोचक छ है! हो, जहाजको आधुनिक इन्जिनियरिङ र उडान–विज्ञानका आविष्कारहरू आश्चार्यजनक छन् । ध्वनिको गतिभन्दा दोब्बर (प्रतिघन्टा २१ सय किलोमिटर) को रफ्तारमा उड्ने सुपरसोनिक यात्रु जेट कन्कर्डको चर्को आवाज संसारका एयरपोर्टबाट बिदा भइसकेको छ । फ्रान्स तथा बेलायतले बनाएको कन्कर्डलाई माथ गर्ने गरी लङ रन्जका यात्रुमैत्री आधुनिक एरोडाइनमिक्स भएका विमानको ठूलो सङ्ख्यामा उत्पादन भइरहेको छ ।

जिरो भिजिबिलिटीमा अवतरण हुने एयरबसको ए–३५० अनि बोइङको ड्रिमलाइनर–७८७ जस्ता वायुयान हिजोआज धेर देशका एयरलायन्स तथा यात्रुको पहिलो रोजाइमा पर्न थालेका छन् । उस्तै आकारको विमानहरूसँगको तुलनामा ड्रिमलाइनर र एयरबसको ए–३५० विमानले कम्तीमा २० प्रतिशत कम इन्धन खपत गर्छन् । यस्ता व्यावसायिक जेट विमान ३० देखि ४० हजार फिट बिचको उचाइमा ८ सय देखि ९ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा क्रुजमा उडिरहेका
हुन्छन् ।

यात्रुहरूको रुचिका आधारमा नेक्स्ट जेनेरसन एयर क्राफ्टका रुपमा एयरबसले ३२१ एक्सएलआर र बोइङ ७७७ एक्सलाई डिजाइन गरेको  छ । वैज्ञानिकहरूका लागि उड्डयन क्षेत्र सधंै नवीनता भएको अवसरको सागर हो । कार्बन उत्र्सजन कम गर्ने इलेक्ट्रोनिक हाइब्रिड विद्युतीय विमानको विकासमा विकसित देशहरू लागिसके । राइट दाजुभाइले सन् १९०३ मा उत्तरी अमेरिकाको क्यारोलिनामा १२ सेकेन्ड उडाएको त्यो पहिलो उडानदेखि अहिले हामी उडिरहेका जहाजसम्म थुप्रै कम्फर्ट प्रविधिहरूको विकास हुने क्रम रोकिएकै छैन ।  एउटा विमान उडान–अवतरणमा ककपिटपछाडि बसेका यात्रुहरूले पाइलटलाई मुख्य भूमिकामा देख्छन् । तर, जहाजलाई उडाउन पाइलटहरूका पछाडि एयर ट्राफिक कन्ट्रोलरदेिख बत्ती जडान भएका डन्डाको सहायताले ग्राउन्ड अपरसन अन्तर्गत पार्किङमा सघाउने मार्सलरसम्म दर्जनौं व्यक्तिको सहायता हुन्छ । 

वरिष्ठ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक सञ्जीवसिंह कठायतका अनुसार, ड्याम्मै बादल लागेको अवस्थाको शून्य भिजिबिलिटी होस् वा रातको गाढा अँध्यारोमा पनि बडेमानको जहाजलाई धावनमार्गको थ्रेसहोल्डमै पु¥याउने ‘क्याट–थ्री–सी’ इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सटीक भइदिएकाले आजको हवाईयातायात थप विश्वसनीय, भरपर्दो, सर्वसुलभ र छरितो भएको छ । रोचक कुरा के छ भने एउटा विमानस्थलबाट उडेको जहाजलाई अर्को विमानस्थलसम्म पु¥याउने मानिसबाहेक थुप्रै निर्जीव यन्त्रहरूको अनिवार्य सहायता चाहिन्छ । जसको सहायताबिना आधुनिक विमान पाइलट मात्रैको भरमा नेपालका आन्तरिक विमानस्थलमा खराब मौसम र राती अवतरण हुन सक्दैनन् ।

इन्जिनियर कठायतका अनुसार यसरी विमानका साथीहरूका  रुपमा सघाउने यन्त्रहरूको सेवा प्रदायकलाई सीएनएस अर्थात् कम्युनिकेसन, नेभिगेसन एन्ड सर्भिलेन्स भनिन्छ । हवाइयातायातको सुरक्षा तथा समन्वयका लागि सञ्चार नभई नहुने घटक हो । आकाशमा भएको जहाज र भुईंमा रहेको एयर ट्राफिक कन्ट्रोलर रहने टावर लगायतका स्टेसनबिच सूचना आदानप्रदान गर्न सञ्चार नभई हुँदैन । त्यस्तै एउटा जहाजले अर्को उडिरहेको जहाजसँग मौसमको अवस्था,
सम्भावित चुनौतीबार सञ्चार े गर्न पनि कम्युनिकेसन नभई हुँदैन ।

जहाजलाई उडानमार्गमा मार्गनिर्देश गर्न अनि सुरक्षित अवतरण गराउन नेभिगेसन अर्को नभई नहुने सञ्चारपछिको दोस्रो घटक हो । आधुनिक नेभिगेसन प्रणालीले विमानको स्थिति तथा मार्गमा ठिक अवस्थामा रहन सघाउने, योजना अनुसारको प्रभावकारी तरिकाले सुरक्षित रूपमा रुट पछ्याउन सघाउछन् । रनवे लाइट प्रणालीबिना यी उपकरणहरूको उपयोगिता हुनै सक्दैन । रनवे लाइटिङ सिस्टमअन्तर्गत एप्रोच पाथ इन्डिकेटर (पापी), रनवे इन्ड आइडन्टीफायर, रनवे थ्रेसहोल्ड, टचडाउन जोन, रनवे सेन्टरलाइन र धावनमार्गको किनारामा रनवे एज लाइट नभए राती र लो भिजिबिलिटीमा सुरक्षित अवतरण गराउन सकिँदैन ।

तेस्रो बहुमुखी सर्भिलेन्स उपकरण रडार हो । रेडियो तरङ्गको माध्यमबाट जहाजको अवस्था, दुरी, गति ट्रयाक गर्न तथा मौसमी जानकारी लिन रडार (रडियो े डिटेक्सन एन्ड रन्जिङ)सर्भिलेन्सको मद्दत चाहिन्छ । नागरिक उड्डयन प्राधिकरणका इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर सञ्जयकुमार ठाकुरका अनुसार ५०÷५२ वर्षअघि नेपालको नागरिक उड्डयन क्षेत्रमा जहाजलाई अवतरणमा सघाउने रडियो ट्रान्समिटर प्रणालीमा आधारित ननडाइरक्सनल बे े कन (एनडीबी) प्रविधि थियो ।

उपत्यकाभित्र काठमाडौंको सिनामङ्गल, नलिञ्चोक र ललितपुरको ठैंचुमा राखिएका एनडीबीले पठाउने विकन फ्रिक्वेन्सीलाई जहाजले पछ्याउदै धावनमार्गसम्म आइपुग्थे । खराब मौसम, भूबनोट र वायुमण्डलमा हुने फेरबदलका कारण
एनडीबीका विकन सङ्केतको सटीकता प्रभावित हुने भएकाले बिस्तार यो प्रविधि संसारभरका विमानस्थलबाट हटाइँदै गएको छ । उडान सुरक्षा बढाउन र भरपर्दो उडान व्यवस्थापन गर्न, ढिलाइको दर घटाउन, आकाशको अधिकतम प्रयोग गर्न उड्डयन सहाय यन्त्र तथा उपकरणमा निरन्तर विकास भइरहेको छ ।

अहिले विश्वभर नेक्स्ट–जेन (नेक्स्ट जेनेरसन एयर ट्रान्सपोर्टेसन) प्रविधिमा आधारित जहाज उत्पादन भइरहेका छन् । यसमा भएको सुधारले कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा टेवा पु¥याएको छ । सिनामङ्गलमा रहेको सञ्चार तथा उड्डयन सहाय विभागका प्रमुख मनोहर राजभण्डारीका अनुसार नेपालले भूआधारित भरपर्दो नेभिगेसन उपलब्ध गराउन भीएचएफ ओम्निडिरक्सनल रेन्ज÷डिस्टेन्स मेजरिङ इक्युभमेन्ट (भीओआर–डीएमई), एरिया नेभिगेसन (आरएनएभी), ग्लोबल
पोजिसनिङ सिस्टम (जीपीएस), इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जस्ता आधुनिक र उन्नत प्रविधि अहिले प्रयोगमा ल्याएको हो ।

यिनैको प्रयोगमा मौसम प्रतिकूल भएको अवस्था र रात्रिउडान सहज हुने गरको  छ । ‘अहिले भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगन्ज, पोखरा, धनगढी र काठमाडौंमा भूसतहमा आधारित भीओआर–डीएमई राखिएको छ,’
इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरसमेत रहेका राजभण्डारीले भने, ‘अहिले सञ्चालनमा रहेकामध्ये २५ वर्षअघि नेपालगन्ज र सिमरामा जडान गरिएका भीओआर–डीएमईलाई हटाउँदै नयाँ जडान गर्दै छौं ।’ एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ज्ञानेन्द्र भुलका अनुसार, भीओआर– डीएमइ भूआधारित रडियो  नेभिगेसन प्रणाली हो ।

यसले पाइलटहरूलाई सटीक दिशाको जानकारी प्रदान गर्दछ । ‘खराब मौसम होस् वा रातको समयमा विमानस्थलको बाटो देखाउन यो उपयोगी यन्त्र हो,’ एटीसी भुलले भने, ‘अर्को डीएइको भनेको डिस्टेन्स मेजरिङ इक्युभमेन्ट हो । यसले
उडिरहेको विमान र ग्राउन्ड स्टेसनबिचको दुरी मापन गरी पाइलटलाई आफू कति पर छु भन्ने जानकारी दिन्छ ।’ उनका अनुसार भद्रपुरदेखि धनगढीसम्म (एटीआर उडान हुने राजविराज, सुर्खेत र तुम्लिङटारबाहेक)
रुटमा पाइलटहरूले आकाशमा आफ्नो स्थिति सही रुपमा भए÷नभएको दिशा र दुरीबार भीओआर–डीएमइबाट जानकारी लिन्छन् । 

भीओआर–डीएमइपछि भूसतहबाटै जहाजलाई अवतरणमा सघाउने अर्को आधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) हो । यसले जहाजलाई अवतरणका क्रममा धावनमार्गको रखाभन्दा दायाँबायाँ वा तलमाथि भएको अवस्थामा सही बिन्दुमा सोझिन मार्गनिर्देश गर्छ । प्राधिकरणका अनुसार आइएलएस अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस राखिएको छ । तर, दुबै विमानस्थलले यो प्रणाली जहाजका लागि ‘खुला’ गरिसकेका छैनन् ।

आइएलएसमा लोकलाइजर र ग्लाइड स्लोप गरी दुइटा यन्त्र धावनमार्गको छेउमा राखिएका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएसअन्र्तगत लोकलाइजर हालै मात्रै जडान गररे प्रयोगमा ल्याइएको
छ । यसले जहाजलाई धावनमार्गको मध्यरखासँग पङ्क्तिबद्ध गराउन सहयोग गर्छ । अवतरणका क्रममा विमानलाई धावनमार्गको मध्यरखाबाट कति दायाँ वा कति बायाँ रहेको अवगत गराउने मुख्य काम यसै लोकलाइजरको हो ।
नौं वर्षअघि टर्किस एयरलायन्सको वाइडबडी विमान अवतरणका क्रममा धावनमार्गमा दुर्घटना भएको थियो । उड्डयनकर्मीहरूका अनुसार यदि त्यसबेला धावनमार्गको उत्तरी बिन्दुमा लोकलाइजर भइदिएको भए त्यो विमानलाई पाइलटले धावनमार्ग नदेखे पनि सिधा रखामा ल्याउन  सक्थे । र, सायद दुर्घटना टथ्र्यो । त्यस्तै ६ वर्षअघि बङ्गलादेशबाट आएको युएस् बङ्गलाको बमबार्डियर विमानले पनि लोकलाइजर सहायता पाइदिएको भए दुर्घटनाबाट जोगिन सक्ने विश्लेषण भएको थियो ।

एटीआरका प्रशिक्षक पाइलट रञ्जनकुमार शर्माका अनुसार दुई दशकअघि नेपालमा काठमाडौं अनि बाहिर रहेका विराटनगर, भैरहवा, नेपालगन्जमा मात्रै रात्रि उडान हुन्थ्यो । तर अहिले तराईमा भरतपुरबाहेक सबै विमानस्थलमा रात्रि उडान हुन्छ । उनका अनुसार जब आन्तरिक उडानमा ७० सिटसम्मका एटीआर विमानको प्रवेश भयो रात्रि उडानलाई सजिलो बनाउन रडियो ट्रान्समिटर प्रणालीमा आधारित नन–डाइरक्सनल बे कन (एनडीबी) प्रविधि विस्थापन हुदै गए । त्यो प्रविधिको ठाउमा भीएचएफ ओम्निडिरक्सनल र न्ज÷डिस्टेन्स मेजरिङ इक्युभमेन्ट (भीओआर–डीएमइ), एरिया नेभिगेसन (आरएनएभी), ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीको सहायतमा जहाज
विमानस्थलमा अवतरण हुन थाले ।

‘विमान टेकअफदेखि अवतरणसम्म सुरक्षित रुपमा मार्गदर्शन गर्न नेपाली आकाशमा पाइलटलाई सघाउने भीओर–डीएमई, आइएलएसजस्ता ग्राउन्डमा आधारित यन्त्रिक सहायताहरू छन् भने स्याटलाइट र जीपएसमा आधारित आरएनएभी÷आरएनपी (एरिय नेभिगेसन र रिक्वाइर्ड नेभिगेसन पर्फमेन्स) जस्ता आधुनिक एयरबोर्न प्रणाली पनि छन्,’ एटीआरका वरिष्ठ क्याप्टेन शर्माले भने । प्राधिकरणका अनुसार काठमाडौंबाहिर जनकपुर, भरतपुर र राजविराजमा
भीओरआर–डीएमई राखिएको छैन ।

एटीसी भुलका अनुसार जनकपुर र राजविराजमा धावनमार्ग लामो भएकाले त्यहाँ भूसतहमा आधारित भीओर– डीएमइ उपकरणले नभई भूउपग्रह र जहाजमा जडान हुने जीपीएस यन्त्रबाट हुने एयरबोर्न नेभिगेसन प्रणाली (आरएनपी) बाट जहाज राती वा कम भिजिबिलिटीमा अवतरण गर्न सक्छ । तर, भरतपुरमा धावनमार्ग छोटो भएकाले त्यहाँ हेररे गरिने उडान मात्रै सम्भव छ । अहिले भरतपुरको धावनमार्ग लामो बनाउने काम  हुदैछ  । त्योसँगै भरतपुर पनि एटीआर–७२,
सीआरजे लगायतका ठुला जहाजबाट रात्रि उडान गर्न सकिने विमानस्थल हुनेछ ।

बुद्ध एयरको प्रकाशन यात्रा म्यागेजिनबाट