१ सय १३ वर्ष पुरानो नेपालको पहिलो जलविद्युतको रोचक तथ्यहरु
- नेटिजन संवाददाता
- बिहीबार, ६ मङ्सिर, २०८१- ११:०५:००/ Thursday 11-21-24
काठमाडौं । नेपालमा जलविद्युत अत्यन्त महत्वपूर्ण , सुलभ र भरपर्दो नवीकरणीय ऊर्जाको स्रोत हो । नेपालमा जलविद्युत्को शुरुआत भएको ११२ वर्ष पूरा भएको छ । नेपालमा सन् १९११ अर्थात् बि.स.१९६८ मै दुई छिमेकी देशको भन्दा ठुलो क्षमताको (५०० किलोवाट ) फर्पिङ जलविद्युत् आयोजना राजधानी काठमाडौं नजिकै निर्माण सम्पन्न गरिएको थियो । फर्पिङ जलविद्युत् एसिया महाद्विपको पुरानो जलविद्युत् आयोजनामध्येमा पर्दछ । यो एसियाको दोस्रो जलविद्युत् परियोजना पनि हो ।
जलविद्युत् गृह अमेरिकास्थित एपल्टन , विस्कन्सिनको फक्स नदीमा सन् १८८२ मा बनाइएको संसारको पहिलो जलविद्युत् गृहको ३० वर्षपछि र सन् १९१२ मा युनान प्रान्तमा चीनले बनाएको पहिलो जलविद्युत् गृह (प्लान्ट) को एक वर्षअघि बनाइएको थियो । त्यतिबेला बिद्युत् नेपालका लागि मात्रै नभएर संसारकै नौलो प्रविधि थियो । १ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा विद्युत्को उज्यालो चिनाएको थियो ।
यो कारखाना हाम्रा श्री ५ सरकारका बाहलीबाट ऐल्हे खोलि बक्सने छ । यसबाट हाम्रा मुलुकको उद्योग उत्साहमा नञौ युग हुन गया झै उन्नति गराउने होला भन्या आशा छ । ठूला ठूला कामहरु पैल्हे उठान गर्दा भरसक राम्रो गरी चल्ने हिसाबले गर्नुपर्ने हुनाले यो बिजुली हाललाई खाली हाम्रो राजधानी शहरमा बत्ती राख्ना निमित्त मात्र काम लिन सकेका छौं ।
महान् वैज्ञानिक थोमस एल्वा एडिसनले पानीबाट बिजुली निस्कन्छ भन्ने पत्ता लगाएको २९ वर्षपछि नेपालमा बिजुली बलेको थियो । ‘चन्द्रज्योति बिजुली स्टेशन’ नाम दिइएको फर्पिङ जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन वि.स. १९६८ जेष्ठ ९ गते (सन् १९११ मे १३ ) सोमबार साँझ ५ बजे टुँडिखेलमा विशेषरुपमा सजाइएको मञ्चमा श्री ३ चन्द्रशमशेरको उपस्थितिमा श्री ५ पृथ्वीवीरविक्रम शाहबाट भएको थियो । समारोहमा जङ्गी , निजामती कर्मचारीहरु, साहु महाजन , पण्डित , उच्च पदस्थ राणा तथा जनरल र कमाण्डर –इन– चीफहरु लगायत ठूलो संख्यामा सर्वसाधारण समेतको उपस्थिति रहेको थियो ।
चन्द्रज्योति विद्युत् गृहको शुभारम्भका अवसरमा श्री ३ चन्द्रशमशेरले टुँडिखेलमा लामो भाषण गरेका थिए । उनको भाषणको पूर्ण पाठ वि.स. १९६८ जेठ २३ गतेको ‘ गोरखापत्र साप्ताहिकमा प्रकाशित भएको थियो। जुन यस प्रकार छ -
ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने बस्तुबाटै मिल्न सक्ने फाइदा हामीले उठाउन सकेनौ भने त्यसभन्दा अपसोचको कुरा के छ ? विशेषगरी आफ्नै मुलुकका मानिसहरुका मिहिनेतले तयार भएको यो बिजुलीको कारखाना पूर्व दीपतर्फ रहेका यै जत्रो कलकारखाना भन्दा केहि कुरामा घटि छैन भन्या कुरा मन्मा बिचार गरि हेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।
ईश्वरका अनुग्रहले आज हाम्रो मुलुकको बिजुलीको कारखाना प्रकाश गर्न पाउने भयो । नेपालमा यस किसिमको काम्मा यो पहिला कारखाना हो । यस्तो यो कारखानासँग म सँग राखन पाउनाको (मोसर) मलाई मिलेको हुनाले लागेका अहेशानको यथार्थ बयान गर्न सकिन्न ।
यो कारखाना हाम्रा श्री ५ सरकारका बाहलीबाट ऐल्हे खोलि बक्सने छ । यसबाट हाम्रा मुलुकको उद्योग उत्साहमा नञौ युग हुन गया झै उन्नति गराउने होला भन्या आशा छ । ठूला ठूला कामहरु पैल्हे उठान गर्दा भरसक राम्रो गरी चल्ने हिसाबले गर्नुपर्ने हुनाले यो बिजुली हाललाई खाली हाम्रो राजधानी शहरमा बत्ती राख्ना निमित्त मात्र काम लिन सकेका छौं । सडकको बत्तीको कामबाहेक यो बिजुली बिना धुवाँगन्धले कोठा गरम गराउने काममा ल्याउँ भने पनि हुन्छ ।
नेपाल खालडामा सहजसँग प्रशस्त दाउरा गोल पाइदैन । बिजुलीले गोल दाउराको काम दिने भएकोले तेसबाट पनि सुबिस्ता हुन्छ । उद्योगको काममा उन्नति गर्ने ठाउँ हिसाब छैन ।तेस्तो उद्योगको कामहरुमा प्रयत्नसाथ एकनाशसँग मन लगाई काम गरेदेखि बलियो दिलसायको दृढउत्साहले पार्लागन(पार लगाउन ) नसक्ने काम केहि छैन ।
ईश्वरबाट दया भएको आफ्ना मुलुकमा पाइने बस्तुबाटै मिल्न सक्ने हामीले उठाउन सकेनौ भने त्यसभन्दा अपसोचको कुरा के छ ? यतिका खर्च र मेहनेत लगाई यो बिजुलीको कारखाना तयार भएको छ यसैबाट ल्याइएको बिजुलीका जोडबाट काम लिई हामीले फाइदा उठाउन योग्य छ । अनी मिसटर प्याएटेले खुलसा बयान गरे झैं यो बिजुलीको जोड लगाई चिजवस्तु बनाउने काम कारखाना र यस उद्योगमा लाउन कोसिस गर्दै गर्या हाम्रा मानिसबाट पनि भएको काम हुन नसक्ने केहि छैन । ऐल्हे यो उत्सवको बखतको जोशमा मात्र यो कुरा हामीले मनमा लिने होइन ।
उनको ठूलो मेहेनत र एकनासको भावना साथको काम गराई तारिफ लायकको छ । ठूला नामी जनरल इलेक्ट्रिक कम्पनीका मिस्टर लिंजले पनि बहुतै उमदा तवरसँग काम गरेका छन् यिनलाई पनि मेरो धन्यवाद छ । यो काममा रहेका अफिसर र अन्य मानिसहरुले पनि तनमन दिई काम गरेको सुन्दा मलाई बहुतै सन्तोष लाग्यो । तिनीहरुको कामदेखि म खुसी छु ।
यसमा एउटा कुरा के छ भने सबै तरहबाट उन्नति हुने कुराको विचार गर्दा हाम्रो शहर सफाई तर्फमा अरु धेर्रै काम वाकी रहेको देखिन्छ । उन्नतिको मुख (मुख्य ) कुरा एउटा सफाइको काम पनि हो । अपसोच छ कि हाम्रा राजधानी शहर ठाउँ ठाउँमा साह्रै फोहोरमैला छ । हाम्रो यहाँ पानीको कल ल्याएदेखि पानीबाट उत्पन्न हुने किसिमको रोगहरु बिशेष गरी हट्दै गएको छ । तापनि सरसफाईको उन्नतितर्फ हामीले सदा सर्वदा बहुतै ध्यान दिनुपर्छ ।
यसमा सरकारलाई दुनियाँहरुबाट हारगुहार हुनु अवश्य पर्दछ । सरकारबाट दुनियाँलाई शहर सफाईको कामलाई केहि दस्तुर लगाएको छैन । त्यसो हुनाले मुलुकको बढिया हुने काममा सरकारलाई हारगुहार गर्नुपर्छ भनि दुनियाँले अघि नसरि यो काम राम्रो हुनसक्ने देखिदैन ।अब यो बिजुलीको विषयको कुरामा म यो पनि भन्दछु कि , यो उठान भएको काम राम्रो गरि तय भएको हुनाले हामीलाई आनन्द गरायो ।
कुनै काममा पनि उठानको काम राम्रो गरी तय हुनलाई उकालो पर्ने हुन्छ । उठानमा परि आउनाले कठिन एकपल्ट नाघिसकेपछि त्यस किसिमको काम आफसे आफ बढ्दै जानेगर्छ । विशेषगरी आफ्नै मुलुकका मानिसहरुका मेहनेतले तयार भएको यो बिजुलीको कारखाना पूर्वदीपतर्फ रहेका यही जत्रो कल कारखानाभन्दा केहि कुरामा घटि छैन भन्ने कुरा मनमा बिचार गरि हेर्दा बहुतै आनन्द लागि आउँछ ।
राम्रो गरि दस्तुर माफिक भई यो कारखाना चलाएदेखि त्यसबाट हुने आम्दानीले खर्च ढाकि दिन पर्दैन हाम्रा उद्योगका काम कारखानाहरु बढ्दै जाने देखिन लागेको भन्दा बढि सन्तोष अरु के होला ? यो काममा बहुतै मेहेनत गरि काम गर्ने युरोपियन हिन्दुस्तानी र नेपालीहरु सबैले यो कारखाना कुनै सुरतले पनि चलाई छाडौंला भन्ने हिक्मत लिई काम गरेका हुनाले तिनीहरुलाई धन्यवाद छ । बिच बिचमा गाह्रो र दैवीपरि आएथ्यो तापनि आफ्नु अभिराको काम तय गर्नलाई मेहेन त गर्न बाँकी नराखी काम गर्ने मुख्य इलेक्ट्रिकल इन्जिनियर मिसटर वार्नाउ प्याउटेलाई खुसी साथ अन्तष्कर्ण देखि म धन्यवाद गर्छु ।
उनको ठूलो मेहेनत र एकनासको भावना साथको काम गराई तारिफ लायकको छ । ठूला नामी जनरल इलेक्ट्रिक कम्पनीका मिस्टर लिंजले पनि बहुतै उमदा तवरसँग काम गरेका छन् यिनलाई पनि मेरो धन्यवाद छ । यो काममा रहेका अफिसर र अन्य मानिसहरुले पनि तनमन दिई काम गरेको सुन्दा मलाई बहुतै सन्तोष लाग्यो । तिनीहरुको कामदेखि म खुसी छु ।
जो इन्जिनियरले तिनीहरुको लोसि फारम गरे त्यसको बिचार तिनीहरुका आफ्ना आफ्ना अड्डाखानाद्धारा गरिने छ । तिनीहरुकै सगोल मेहेनतले आज यो काम सफल भयो । यो काम सफल भएकोमा जनरल पद्मसमसेर जंगबहादुर राणालाई म धन्यवाद दिन्छु ।
तिनीहरुमाथि मैले जस्तो भर परि काम लाएको थिएँ सो बमोजिम सबै काम पुरा हिसाबसँग पार लाएँ ।
यो काम शुरुदेखि नै भाई कमान्डर इन चीफले गरेका मदतको मैले बहुतै कदर मानेको छु । उनीलाई पनि मेरो अन्तस्कर्ण देखिको बहुतै बहुत धन्यवाद छ । यो स्पीच खतम गर्नु अगाडि यो बिजुलीको कामले हामीलाई यो शिक्षा दिन्छ त्यस बारेमा म केहि भन्न चाहन्छु । हिक्मतको कामहरु प्रचार भइरहेको आजकल को जमानामा सो हिक्मतको महिमाको शिरोमणि झैं भएका बिजुलीले हालको सभ्यताको बाटो राम्रो बनाई चाँडो उन्नति गराउँदै लगेको छ ।
साथै उद्घाटनको दोस्रो दिन (जेठ १० गते ) जङ्गी तथा निजामती कर्मचारीहरुलाई बिदा दिइएको थियो । उद्घाटनको सिलसिलामा धातुको एउटा पातामा चन्द्रज्योति निर्माण बारेको अभिलेख गरी बनाइएको ताम्रपत्र अहिले पनि नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रको पुरानो –( हाल काउन्टर रहेको ) भवनको पश्चिम भित्तामा (रत्नपार्क पट्टी ) राखिएको थियो ।
बिजुलीका प्रकाश नहुँदैका बखतको र सो प्रकाश भएपछिका बखतको बिचमा कहाँसम्मको अन्धाधुन्धको फरक देखिन्छ । नेपालले पनि अब बिजुली आफ्ना दुनियाँमा प्रकाश भएको देखि उन्नतिको यस्तो मुख्यकारण हो भन्ने शिक्षा बिर्सने छैन भन्ने आशा लागेको छ । आजकल नभईनहुने जरुरी समझियाको हिक्मतको विद्या जान्नुपर्छ भन्नेतिर पनि मन बढ्दै जाला भन्ने हामीले आशा गर्नु होइन सक्ने कुरा केहि छैन ।
यो बिजुली बत्तीको राम्रो उज्यालो मुनि बसिरहँदा जस्तो त्यो बलिरहेको बत्ती निर्मल सफा छ उस्तै आफ्नु चालचलन पनि बेदागको गराउनुपर्छ भन्ने र जुन जोरबाट सो बत्ती बलेको छ त्यो जोरलाई होइसकेसम्म काममा ल्याई फाइदा उठाउनुपर्छ भन्ने दृढ उत्साह पनि मानिसहरुले लिउन् भन्ने आशा पनि लागेको छ । रातको अन्धकार दुर भई गई नयाँ ज्ञान पैदा भई अज्ञानसबै पन्छाई हामीले गरे कतिसम्म हुनसक्ने रहेछ , कति कुरा हामीले गर्नुपर्छ भन्ने अन्तष्कर्णले द्ख्दै जानेछन् भन्ने पनि आशा छ ।
अब म कर्णेल म्यानसईसमिय साहेब र अनलेडि भलाद्महिरुले यस मौकामा मेहरमानी साथ आई शोभामान गर्नुभएको हुनाले म अन्तष्कर्ण देखि सुकर्म जारी गर्दछु । सावधान साथ यो मैले बोलेको कुराहरु एकचित्तले सुनिबक्सेकोमा श्री ५ सरकार महाराजाधिराजका खिदमत्मा मेरे आदाव छ । अरु सबैलाई पनि मेरो धन्यवाद छ । ईश्वरसँग मेरे यही प्रार्थना छ । यो कामलाई कल्याण गरुन ।
टुँडिखेलको पुर्वतिर रहेको सबस्टेशन र वरपर झिलिमिलि बत्तीहरु बालिएको थियो । देशमा पहिलोपटक विद्युत् उत्पादन भएको खुशियालीमा उद्घाटन पश्चात् एक हप्तासम्म बत्ती बालिएको थियो ।
साथै उद्घाटनको दोस्रो दिन (जेठ १० गते ) जङ्गी तथा निजामती कर्मचारीहरुलाई बिदा दिइएको थियो । उद्घाटनको सिलसिलामा धातुको एउटा पातामा चन्द्रज्योति निर्माण बारेको अभिलेख गरी बनाइएको ताम्रपत्र अहिले पनि नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रको पुरानो –( हाल काउन्टर रहेको ) भवनको पश्चिम भित्तामा (रत्नपार्क पट्टी ) राखिएको थियो ।
कसरी शुरु गरे चन्द्रशमशेरले बिजुली
बेलायत घुम्न गएका तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरलाई त्यहाँको झिलिमिलीले लोभ्यायो । बेलायतकोे झिलिमिलीले लोभिएका चन्द्रशमशेरलाई बेलायतको सिको गरेर नेपालमा पनि बिजुली उत्पादन गर्ने इच्छा जाग्यो । यो कुरा उनले बेलायती सरकारसँग राखे । उनको प्रस्तावअनुसार नै बेलायत सरकारको आर्थिक सहयोगमा उक्त आयोजना बनेको थियो । उनले वि.स. १९६४ सालमा बेलायत भ्रमणबाट फर्किएपछि यो आयोजना निर्माण गर्ने काम अघि बढाएका थिए । उनकै शासनकालमा निर्मित भएकाले यस आयोजनाको नाम चन्द्रज्योति बिजुली स्टेशन राखिएको थियो ।
राणा शासकका दरबारमा बिजुली बाल्न बनाइएको यो विद्युत् गृहमा फर्पिङ् क्षेत्रका तीनवटा खोला ( कुटली , सातमुले र शेषनारायण ) को पानीलाई ल्याएर मिसाइएको थियो । त्यतिबेला स्थानीय फर्पिङबासीले आफ्नो ३ सय २४ रोपनी जग्गा विद्युत् गृह बनाउन स्वतः स्फूर्तरुपमा दिएका थिए । आयोजनाको निर्माण सम्पन्न गर्न झण्डै चार वर्ष लागेको थियो । करिब साढे नौ लाख मानिसको श्रमदानबाट उक्त योजना सम्पन्न भएको थियो । आवश्यक मानव श्रमका लागि भने देशभरका सैनिक र जेलमा रहेका कैदीहरुलाई पनि काममा लगाइएको थियो । त्यतिले मात्र नपुगेर खोकनाबासीले पनि श्रमदान गरेका थिए । नेपाली कामदारहरुसहित केही भारतीय मिस्त्रीहरु पनि यो पहिलो विद्युत् आयोजना सम्पन्न गर्ने कार्यमा संलग्न थिए ।
सामान अर्डर गर्ने र चलान गर्ने , जहाज चढाउने जस्ता बन्दोबस्तीमा जनरल केशर शमशेर , इन्जिनीयरमा कर्णेल किशोर नरसिंह राणाका सहयोगीमा कुमार नरसिंह राणा लगायतका व्यक्तिहरु सक्रिय रुपमा संलग्न थिए । इलेक्ट्रिक कम्पनीका इन्जिनियर लिन्जाले सम्पूर्ण उपकरण जडान गर्ने लगायत जिम्मा पाएका थिए ।
वि.स. १९६४ मा केन्द्रको निर्माण सुरु गरी चार बर्षमै निर्माण सम्पन्न गरिएको उक्त आयोजनाको विद्युत् गृह, जलाशय, सब स्टेशन , प्रसारण तथा वितरण लाइन तथा संरचना , ज्यामी आदिको कूल खर्च रु.७ लाख १३ हजार २७३ रुपैयाँ ८२ पैसा लागेको थियो । जसमध्ये आधा रकम नेपालभित्रै खर्च भएको थियो । कुल लागतमा र्टबाइन , जेनेरेटर जस्ता मुख्य उपकरणहरुको खर्च जोडिएको छैन अर्थात् ती समान बेलायत सरकारले अनुदानमा उपलब्ध गराएको थियो ।
बेलायतदेखि ल्याइएका सामानहरु कलकत्ता , भीमफेदीसम्म गाडीमै आयात गरिएको थियो भने त्यहाँबाट साइटसम्म बोकेर ल्याइएको थियो । यो आयोजनामा नेपाली श्रमदान र विदेशी प्रविधि एवं ज्ञान मिलेर पहिलोपटक बिजुली बत्ती बाल्ने काम भएको थियो ।श्री ३ राणा सरकारका भाइभारदारहरु समेत जलविद्युत् योजना निर्माणमा खटिएका थिए । निर्माण कार्यको निरीक्षण जनरल पद्दम शमशेरले गरेका थिए भने आवश्यक समानहरुको आपूर्ति गर्ने काम जनरल मोहन शमशेरको जिम्मामा थियो ।
कर्णेल तिलविक्रम र सुबेदार बखतबहादुरलाई पावर हाउसको निर्माण र उपकरण जडानको जिम्मेवारीमा थिए । लप्टन देवीबहादुर र सुवेदार हर्षबहादुरलाई ट्रान्समिसन लाइन निर्माणको जिम्मा लिएका थिए । सामान अर्डर गर्ने र चलान गर्ने , जहाज चढाउने जस्ता बन्दोबस्तीमा जनरल केशर शमशेर , इन्जिनीयरमा कर्णेल किशोर नरसिंह राणाका सहयोगीमा कुमार नरसिंह राणा लगायतका व्यक्तिहरु सक्रिय रुपमा संलग्न थिए । इलेक्ट्रिक कम्पनीका इन्जिनियर लिन्जाले सम्पूर्ण उपकरण जडान गर्ने लगायत जिम्मा पाएका थिए ।
यसरी नेपाली इन्जिनियरले बनाएको योजना , डिजाइन र लागतलाई अङ्ग्रेज इन्जिनियरले सामान्य हेरफेर मात्र गरी कार्यान्वयन गरेबाट सो समयमा समेत नेपाली प्राविधिकहरुको उत्कृष्ट कार्यक्षमता रहेको अनुमान गर्न सकिन्छ ।
फर्पिङ जलविद्युत् केन्द्रको निर्माणपछि नेपालको जलविद्युत् विकासको थालनी भएको थियो । यद्यपि , त्यसअघि पनि देशका अन्य भागमा निकै सानो क्षमतामा पानीबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया नै सुरु भएको थियो भनिन्छ तर अहिले त्यसको ठोस प्रमाण पाइँदैन । यस आयोजनाका मुख्य संरचनाहरुमा ५,२८,७८३ क्यूफिट पानी अट्ने २०० फिट व्यासको र १८ फिट गहिरो गोलाकार जलाशय , २५३८ फिट लामो २० इन्चको स्टील पेनस्टक पाइपमार्फत पावरहाउस रहेको २५० किलोवाट क्षमताका दुईवटा पेल्टन टर्बाइनमा २८८ पिएसआई ( एक्क्ष् ) को प्रेसर अर्थात् करिब ६८२ फिटको ग्रस हेडले हान्दा , घ फेजको ११ हजार भोल्ट निकाल्ने गरी ६०० ( च्एः ) सिन्क्रोनस स्पिडमा घुमाउने गरी जनरल इलेक्ट्रिकको जेनेरेटर जडान गरिएको थियो ।
२०११ भदौमा बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेसन राखियो । पछि त्यस अड्डालाई कर्पोरेसन बनाउन नेपाल विद्युत् कर्पोरेसन ऐन , २०१९ लागू गरियो भने संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रबद्र्धन गर्ने उद्देश्यले कर्पोरेसनलाई नेपाल विद्युत् प्राधिकरण ऐन , २०४१ अनुसार प्राधिकरण संचालनमा रहेको छ ।
उत्पादित विद्युत् शक्तिलाई काठ र स्टीलका पोलहरु गाडी सात मायल लामो ११ के भी ट्रान्समिसन लाइनमार्फत टुँडीखेल सबस्टेसनमा ल्याई २३०० भोलटमा स्टेप डाउन गरेर शहरका मुख्य भाग, राणा ,राजाका भाइभारदारका दरबारसम्म पुर्याइएको थियो ।
तत्कालीन समयमा काठमाडौंमा बस्ने राणा र हुनेखाने बर्गका परिवारले मात्र उक्त विद्युत् प्रयोग गर्न पाएका थिए । राणाहरुका लागि निर्माण गरेको भनिए पनि उक्त आयोजनाबाट ल्याइएको बिजुली बलेको थियो ।
पहिलोपटक ललितपूर खोकनाका पाँच -छ वटा घरमा सबैभन्दा पहिला बत्ती बालिएको थियो । यसले गर्दा सर्वसाधारण जनताले राणाहरुको भन्दा पहिला बत्ती बाल्न पाएका थिए । तर त्यो बत्ती जनताको घरमा बाल्नको लागि बनाइएको थिएन । देशमै नभएको प्रविधि एकैपटक उपयोग गर्दा दरबारमा अनिष्ट हुन्छ भन्ने ठानेर उनीहरुले जनताको घरमा परीक्षण गरेका थिए ।
यस फर्पिङ जलविद्युत् केन्द आयोजना संचालन गर्न त्यतिबेला बिजुली अड्डा नामको एक संस्था स्थापना गरिएको थियो । २०११ भदौमा बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेसन राखियो । पछि त्यस अड्डालाई कर्पोरेसन बनाउन नेपाल विद्युत् कर्पोरेसन ऐन , २०१९ लागू गरियो भने संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रबद्र्धन गर्ने उद्देश्यले कर्पोरेसनलाई नेपाल विद्युत् प्राधिकरण ऐन , २०४१ अनुसार प्राधिकरण संचालनमा रहेको छ ।
अहिलेको अवस्था
उक्त ऐतिहासिक धरोहर र पहिलो जलविद्युत् गृह झण्डै ६० बर्षसम्म ( २०३८ सालसम्म ) निरन्तर संचालनमा रहेको थियो । त्यसपछि ललितपुूरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि सो जलाशयको पानी टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि सो विद्युत् गृहको संचालन बन्द हुन पुग्यो ।
फर्पिङ जलविद्युत् केन्द्रमा बिजुली निकाल्ने पानी अहिले ललितपूर जिल्लामा विभिन्न स्थानमा खानेपानीका लागि उपयोग गरिएको छ । केन्द्रको पानी डाइभर्ट गरी भैंसेपाटी , खोकना ,बुङमती , चुनीखेल , छम्पी ,जावलाखेल , कुपण्डोल , कुमारीपाटी , पुल्चोक मन्त्री निवाससम्म वितरण भइरहेको छ ।केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा संचालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ । २०७२ सालको भुकम्पअघिसम्म आवश्यकताको आधारमा ३०-४० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको थियो ।
त्यसयता यो केन्द्र पूर्ण रुपमा बन्द छ । अझै पनि चाहेको खण्डमा फर्पिङ जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गर्न सकिन्छ । २०६७ सालमा १ सय वर्ष पुगेको अवसरमा उक्त विद्युत् गृहमा तत्कालीन उर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाइएको थियो । त्यसबेला नै सरकारले फर्पिङ विद्युत् गृहलाई संग्रहालय बनाइने बताएको थियो । तर अहिलेसम्म संग्रहालय बनेको छैन ।
फर्पिङ जलविद्युत् आयोजना निर्माण भएको झण्डै ३१ बर्षपछि अर्थात् बि.स. १९९९ मंसिर १६ मा मोरङको लेटाङमा लघुजलविद्युत् आयोजना बिकास गर्न कम्पनी स्थापना भएको पाइन्छ । बिराटनगर जुट मिलमा विद्युत् आपूर्तिका लागि लेटाङ खोलामा १६०० किलोवाटको लघुजलविद्युत् निर्माण गर्न मोरङ हाइड्रो इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड स्थापना भएको थियो । केही समयमै चट्याङ् परेर सो आयोजना बन्द भएको थियो ।
बागमती प्रदेश सरकारले शतवार्षिक स्मारक रहेको स्थानमा केही जिर्णोद्वारका कार्य गरेको छ । पुरानो भवन र अतिथि गृहहरु चर्किएका वा भत्किएका छन् । पावर स्टेसनको राम्रो सम्भार गरिएको छेन । खिया लागेका धातुका पाइप पानी भण्डारण पोखरी वरिपरि असरल्ल छन् । दक्षिणकाली नगरपालिकामा पर्ने यो जलविद्युत् गृहलाई पूर्वाधार संग्रहालय एवं अनुसन्धान केन्द्रका रुपमा बिकास गरी पर्यटकीय स्थलका रुपमा बिकास गर्न सकिने सम्भावना छ ।
अन्य आयोजना
पहिलो जलविद्युत् आयोजना संचालन भएको करिब २८ वर्षपछि सन् १९३९ मा नेपालमा दोस्रो जलविद्युत् आयोजना निर्माण भएको पाइन्छ । काठमाडौंको उत्तरपूर्वमा वि.स. १९७८ मा निर्माण शुरु गरिएको सुन्दरीजल विद्युत् गृह नेपालको दोस्रो जलविद्युत् आयोजना हो । बेलायत सरकारको सहयोगमा बेलायतमै निर्माण गरी १९९१ साल ( सन् १९३४ ) मा विद्युत् गृह नेपाललाई हस्तान्तरण गरिएको थियो ।
सन् १९३९ मा ६ सय ४० किलोवाट क्षमताको सुन्दरीजल जलविद्युत् आयोजना निर्माण गरिएको थियो । यो साधारण जनतालाई जलविद्युत् उपलब्ध गराउनभन्दा पनि राणा शासकहरुलाई बिलासिताको लागि बनाइएको थियो । गोकर्णेश्वर नगरपालिका –१ मा पर्ने यस जलविद्युत् गृहको वि.स.२०५७ सालदेखि स्तरोन्नतिको काम सुरु गरी करिब तीन बर्षमा पुननिर्माणको काम पूरा भएको थियो । प्रदेश सरकारले सुन्दरीजल विद्युत् गृहलाई ऐतिहासिक महत्वको भएकोले अनुसन्धान केन्द्रका रुपमा बिकास गर्ने जनाएको छ ।
फर्पिङ जलविद्युत् आयोजना निर्माण भएको झण्डै ३१ बर्षपछि अर्थात् बि.स. १९९९ मंसिर १६ मा मोरङको लेटाङमा लघुजलविद्युत् आयोजना बिकास गर्न कम्पनी स्थापना भएको पाइन्छ । बिराटनगर जुट मिलमा विद्युत् आपूर्तिका लागि लेटाङ खोलामा १६०० किलोवाटको लघुजलविद्युत् निर्माण गर्न मोरङ हाइड्रो इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड स्थापना भएको थियो । केही समयमै चट्याङ् परेर सो आयोजना बन्द भएको थियो । साभार: कृष्ण अधिकारीद्वारा लिखित जलविद्युत् र दिगो संचालनको अभ्यास नामक पुस्तकबाट ।