मौसम : पहाड र तराईका केही स्थानमा हुस्सु
- नेटिजन संवाददाता
- बिहीबार, १३ मङ्सिर, २०८१- ११:०५:००/ Thursday 11-28-24
काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका १-२ स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार बिहिबार दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका १-२ स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।