काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
- नेटिजन संवाददाता
- मंगलबार, १८ मङ्सिर, २०८१- ११:४५:००/ Tuesday 12-03-24
काठमाडौं । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने काभ्रेभिरमा ‘रक एङ्करिङ’ (पहाडमा पारेको प्वालमा रड राखेर सिमेन्ट, बालुवा र गिट्टी जमाउने प्रविधि) बाट सडक फराकिलो पारिँदै । डोजर, ब्रेकर र विस्फोटक पदार्थको प्रयोग गर्दा पहाड चर्किएर खस्ने जोखिम देखिएपछि डिलतर्फको पहाडमा रक एङ्करिङ गर्ने प्रविधि अपनाइएको हो ।रासस ।