• मंगलबार, ९ पौष, २०८१
  • ११:२४:३७

२८ दशमलव ९१ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.९१ अङ्क अर्थात् १.११ प्रतिशतले बढेर २ हजार ६ सय १२.२० विन्दुमा पुगेको छ ।


नेप्सेका अनुसार सोमबार विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर ५५ हजार ९ सय ३८ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ मा कारोबार भएको छ ।

आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ ।

मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटाकम्पनीको शेयर मूल्यमा रातो देखिएको छ । नेप्सेका अनुसार सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको ३.१६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को १.९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १.८६ प्रतिशतले ओरालो लागेको छ ।