• शनिबार, १३ पौष, २०८१
  • ०२:५६:४०

कर्णालीमा शिक्षाको दियो बाल्दैछु

काठमाडौं । मेरो सबैखाले भोगाइलाइ समेटेर आङ्खनो आत्मकथा लेख्ने मौका दिनुभएकोमा कोरियन दुतावासलाई हृदय देखि आभार तथा नमन व्यक्त गर्दछु । सन् २००१ मा २१ वर्षको मात्र थिएँ । देशमा जनयुद्धले जनता सबै आक्रान्त भएको बेला पढाईलाई बिचैमा छाडेर विदेशिनुपर्छ भन्ने कुराले मनमा डेरा जमाउन थाल्यो ।


पढाइको अवस्था, परिवार, बुवाको व्यापार व्यवसायमा भएको भारी नोक्सानी, हुर्किदै गरेको म, मेरो भाई, बहिनी तथा जीवनको पुर्वाद्ध छिचोलेका बुवाआमा सबैको जिम्मेवारी मेरो सामु आउँदै थियो । एउटा भनाई रहेको छ “छोराको गलामा दाह्री र काँधमा जिम्मेवारी भन्ने भनाई धेरैको जीवनीमा मेल खान्छ भन्ने मेरो बुझाई रहेको छ । पढाईलाई थाती राख्दै विदेशको रोजगारी तिर ध्यान मोडियो ।

त्यहि समयमा मेरो फुपुको छोरा (भान्दाई) कोरिया जानुभएको थियो । कुनै पनि देश मेरो लागि नौलो र अंजान थियो । त्यो बेला इन्टरनेट, मोबाइल हाम्रो पहुचमा थिएन । कोरिया गएर दुःख गर्ने परिवारको दायित्वमा पर्ने ऋण तिर्ने, केहि पैसा कमाएर पूँजी जम्मा गरेर आफ्नो व्यवसाय गर्ने उद्धेश्यका साथ दुई वर्षको प्रयास पश्चात मुनड्रप्स मेनपावर मार्फत सन् २००४मार्च ३१मा जन्मभुमिलाई केहि समयको लागि छोड्दै कोरिया प्रस्थान गरे।

थाई एयरवेजबाट कोरिया प्रस्थान भई ३ दिनको अभिमुखिकरण तालिम र स्वास्थ्य परिक्षण पश्चात हामीलाई प्रशिक्षार्थी कामदारका रुपमा लिने रोजगार दाताले आ–आफ्नो कार्यस्थल तर्फ लगेको याद अझै ताजै रहेको छ ।

नियमित १४ घण्टा काम गर्दै दिन, हप्ता हुंदै महिना पूरा भयो । काम गरेर प्राप्त गरेको पहिलो महिनाको अतिरिक्त समयको सहित गणना भएर रु ८६ हजार नेपाली रुपैयाँ, दोश्रो महिना ९८ हजार तेश्रो महिनाबाट रु.१ लाख भन्दा बढी तलब प्राप्त गर्दाको क्षणहरु आज पनि उत्तिकै सम्झने गरेको छु । निरन्तर एकै स्थानमा ३६ महिना काम गरेका क्षणमा सिकेका सीप, भाषा, कम्पनीको अनुशासन, लगनशिलता, परीश्रम आदिले आजको दैनिक जिवनमा पनि सहयोग मिलिरहेको छ ।

हाम्रो कम्पनी बुसान भन्ने ठाउँमा रहेछ । म र मेरो साथी गणेश देवकोटा दुई जना मात्र त्यस कम्पनीमा कामका लागि छनौट भएका रहेछौं । कार्यस्थल पुगेकै दिन रातिनै कम्पनी भिजिट गरी कम्पनीको आवास गृहमा रह्यौ । भोलिपल्ट बिहानबाट ड्युटी जोइन हुने गरी तयार भयौं ।

जिवनमा त्यति ठूला र धेरै फलामहरु, ठूला आवाजका साथ चल्ने हेर्दै डरलाग्ने मेसिनहरु कहिल्यै देखेको थिइन् । त्यहि कम्पनिमा इन्डोनेसियन कामदार पनि रहेछन् । कम्पनीमा कार्यरत विदेशी कामदार मध्येका सिनियर इन्डोनेसियनले हामीलाई अंग्रेजी, कोरियन र ईण्डोनेसियाली भाषामा कामको बारेमा जानकारी गराए ।

भोलिपल्टबाट नियमित १४ घण्टा काम गर्दै दिन, हप्ता हुंदै महिना पूरा भयो । काम गरेर प्राप्त गरेको पहिलो महिनाको अतिरिक्त समयको सहित गणना भएर रु ८६ हजार नेपाली रुपैयाँ, दोश्रो महिना ९८ हजार तेश्रो महिनाबाट रु.१ लाख भन्दा बढी तलब प्राप्त गर्दाको क्षणहरु आज पनि उत्तिकै सम्झने गरेको छु । निरन्तर एकै स्थानमा ३६ महिना काम गरेका क्षणमा सिकेका सीप, भाषा, कम्पनीको अनुशासन, लगनशिलता, परीश्रम आदिले आजको दैनिक जिवनमा पनि सहयोग मिलिरहेको छ ।

त्यस कम्पनीमा कार्यरत सबै भन्दा सानो, अविवाहित र कर्मठ कामदारको रुपमा स्थापित भएको थिएँ । कोरियाको अनुभव तथा केही पूंजी लिएर सन् २००७ मा नेपाल फर्किएँ । कोरियाको पहिलो कार्यकाल पूर्णरुपमा स्वस्थ तथा तन्दुरुस्त् हुदै विभिन्न कालखण्डमा मलाई माया गर्नुहुने कम्पनीका मालिक, सहपाठी सबैलाई हृदयबाट धन्यवाद दिन चाहन्छु । त्यसैगरी विदाको दिनमा कोरियाली भाषा अध्ययन गर्ने तथा कोरियाली संस्कृती बुझ्ने अवसर प्रदान गर्नुहुने सबै जना धन्यबादका पात्र हुनुहुन्छ ।

नेपाल फर्किएपछि केहि दिनसम्म आफन्त तथा साथिभाईसंग भलाकुसारी गर्दै दिनहरु विते । काम गरिराखेको बानी भएकोले खाली बस्दा केहि बिर्सिएको हो कि, आफु बेरोजगारी नै भएको हु कि जस्तो असहज महसुस भएको थियो तर पनि पुःन कोरिया फर्कने कुनै सोच थिएन ।

सन् २००८ मा कोरिया रोजगारका लागि सरकारको समन्वयमा रोजगार अनुमती प्रणाली मार्फत जान सकिने बारेमा थाहा भयो । विगतमा कोरिया रोजगारीमा रहँदा भाषाको समस्याका कारण झेलेको समस्या बुझेको आधारमा कर्णाली प्रदेशको सुर्खेतमा भाषा प्रशिक्षण गर्ने नेशनल कम्प्यूटर इन्ष्टिच्युट सुरुवात गरें । त्यस क्षेत्रका लागि यो नौलो अनुभव थियो भन्ने लाग्छ ।

करिव १० वर्षको अन्तरालमा पुरानो कम्पनिबाट पटक–पटक बोलावट गरी भिषा पठाएको कारण पुनः कोरिया जाने सोचाईले सार्थकता पायो । विशेष गरी कर्णाली गरिबी परिबेश र केहि गरी भन्ने सोचका साथ सन २००८ बाट निरन्तर कोरियन भाषा गरी एकदमै न्यून शुल्कमा प्रशिक्षण गरे।

 

सन् २०११ मा रु. १ लाखको शेयर South Asian Scholars Academy मा लगानी गरेको थिए ।  सन् २०११को दशै तिहार पश्चात सुर्खेत जिल्लाका कक्षा १० सम्म संचालित ३२ ओटा माध्यमिक विद्यालय मध्ये यहि विद्यालय २६औं स्थानमा रहेको थियो ।  विद्यालयमा म लगायत १७ जना शेयर सदस्यज्यूहरु संचालक हुनुहुन्थ्यो । विभिन्न पेशा र विज्ञता भएका शेयर सदस्यज्यूहरुको संस्थागत विचार विमतिका कारण कक्षा १० सम्म जम्मा २७७ जना विद्यार्थी भएको उक्त विद्यालय सन् २०१३ मा १८ लाख १ रुपैया लगानी गरेर एकल स्वाम्त्विमा सञ्चालनमा ल्याएं ।

सन् २००८ देखि वीरेन्द्रनगर स्थीत तल्लो बजारमा तृप्ती इलेक्ट्रोनिक्स नामक व्यवसायिक पसल संचालन गर्दै कोरियन भाषा प्रशिक्षणलाई अगाडि बढाए र सन् २०१० मा कोरियन भाषा परीक्षामा आफु स्वयं सम्मिलित भई प्रशिक्षक तथा परीक्षार्थी दुबैको भुमिका निर्वाह गरें।

पिछडिएको कर्णाली प्रदेशका धेरै व्यक्तिहरुलाई कोरियाली भाषा सिक्ने अवसर प्रदान गर्न पाएकोमा ठूलो सन्तुष्टी मिलेको छ । सन् २०११ जुलाई १२ तारिखमा पुःन कोरिया प्रवेश गर्ने सौभाग्य मताई मिल्यो । दोस्रो पटक कोरियाको रोजगारीको यात्रा थेगु सिटिको एक प्रतिष्ठित कम्पनीमा २७ महिना काम गर्ने अवसरको सदुपयोग गरें । पारिवारीक एवं आफ्नो स्वविवेकले कोरियाको बसाई छोट्याएर सन् २०१३ अक्टोबर महिनामा नेपाल फर्किएं ।

नेपाल फर्किए पश्चात दिर्घकालीन रुपमा व्यवसाय गर्ने चाहना अनुसार शिक्षण व्यवसायमा केहि लगानी गरिसकेको थिएं । सन् २०११ मा रु. १ लाखको शेयर South Asian Scholars Academy मा लगानी गरेको थिए । र भविष्यमा यहि संस्थासंग जोडिने चाहना अनुसार थप लगानी गर्ने व्यवस्था मिलाएँ । सन् २०११को दशै तिहार पश्चात सुर्खेत जिल्लाका कक्षा १० सम्म संचालित ३२ ओटा माध्यमिक विद्यालय मध्ये यहि विद्यालय २६औं स्थानमा रहेको थियो ।

जुन विद्यालयमा म लगायत १७ जना शेयर सदस्यज्यूहरु संचालक हुनुहुन्थ्यो । विभिन्न पेशा र विज्ञता भएका शेयर सदस्यज्यूहरुको संस्थागत विचार विमतिका कारण कक्षा १० सम्म जम्मा २७७ जना विद्यार्थी भएको उक्त विद्यालय सन् २०१३ मा १८ लाख १ रुपैया लगानी गरेर एकल स्वाम्त्विमा सञ्चालनमा ल्याएं । विधिबत रुपमा म गणेश अधिकारी संचालक समिति अध्यक्ष र छत्र बहादुर बडुवाल सञ्चालक समिति सदस्य रही यस व्यवसायलाई निरन्तरता दिदै आएका छौं ।

हामीले सामुहिक रुपमा निकै प्रयास गर्दै, नयाँ प्रयोग गर्दै रातदिन खटेर विद्यालयको विकासमा लागि पर्यौ । विगत देखि कार्यरत शिक्षक तथा कर्मचारीको समन्वयमा आवश्यकताको आधारमा थप शिक्षक शिक्षीका, कर्मचारीको व्यवस्था गर्दै संस्थाको विकासमा ध्यान केन्द्रित गर्यो । हामीले २ वर्षको अथक प्रयास पश्चात ५४० विद्यार्थीका साथ लिजमा रहेको जग्गालाई संचालकद्वयको स्वामित्वमा ल्याउन सफल भयौं ।

 

करिब १० वर्षको अन्तरालमा हाल ८ कठ्ठा (२,७०४ वर्गमिटर) क्षेत्रफल भएको आफ्नै जग्गामा ८२ ओटा कोठा भएका भुकम्प प्रतिरोधि ३ ओटा पक्की भवनमा विद्यालय तथा त्रि.वि.बाट सम्बन्धन प्राप्त ज्ञान–सिन्धु कलेज पनि सञ्चालन गरिरहेका छौं । एक दशकको अन्तरालमा २,५०० विद्यार्थीलाई शिक्षा प्रदान गर्न सफल भएको छु । विद्यालयमा हाल १७८ जना पुर्णकालिन तथा आंशिक शिक्षक र व्यवस्थापन कर्मचारीहरु कार्यरत छन् ।

करिब १० वर्षको अन्तरालमा हाल ८ कठ्ठा (२,७०४ वर्गमिटर) क्षेत्रफल भएको आफ्नै जग्गामा ८२ ओटा कोठा भएका भुकम्प प्रतिरोधि ३ ओटा पक्की भवनमा विद्यालय तथा त्रि.वि.बाट सम्बन्धन प्राप्त ज्ञान–सिन्धु कलेज पनि सञ्चालन गरिरहेका छौं । एक दशकको अन्तरालमा २,५०० विद्यार्थीलाई शिक्षा प्रदान गर्न सफल भएको छु ।

विद्यालयमा हाल १७८ जना पुर्णकालिन तथा आंशिक शिक्षक र व्यवस्थापन कर्मचारीहरु कार्यरत छन् । मैले कोरियाबाट आर्जन गरेको पूंजी र साझेदार मित्रको सम्पूर्ण जायजेथ गरेर ३ करोड ५०लाख रुपैयाँ लगानी रहेकोछ । त्यसैगरी संस्थाको लागि आवश्यक अतिरिक्त लगानी वित्तिय संस्थाबाट आवश्यक ऋण लिएर अगाडी बढिरहेका छौं ।

यसै विचमा परोपकाराय पुण्यय पापाय परपीडनम भन्ने भावले मष्तिष्कमा राज गर्न थालेपछि केही सामाजिक एवं सेवामुलक कार्यतर्फ उन्मुख भएको छु । सन् २०१३ देखि सन् २०१७ सम्म निःशुल्क कोरियनभाषा प्रशिक्षकको रुपमा निभाएको भूमिकाको साथ साथै सन् २०१३ सेप्टेम्बर १३ मा सुर्खेत कोरिया सम्पर्क समितिको अध्यक्ष भई विभिन्न सामाजिक कार्यमा भूमिका निभाएँ ।

सन् २०१४ मा सुर्खेत कोरिया एकता समाजको अध्यक्ष भई काम गर्ने अवसर प्राप्त भयो। सन् २०१४को बाढी पहिरोबाट पिडितलाई रेडक्रस सुर्खेतको माध्यमबाट कोरिया गई काम गरेका साथीहरुबाट सहयोग जुटाई रु २ लाख ३१ हजार नगद रकम प्रदान गर्न सफल भएको स्मरण गराउन चाहन्छु। सन् २०१७तिर पश्चिम सुर्खेतको विकट क्षेत्र मसिना (भट्टेघारी) का अग्नीपिडितहरुलाई जस्ता पाता, कम्बल र खानेपानी फिल्टर पनि वितरण गर्ने अवसर प्राप्त भयो ।

आज म जुन स्थानमा उभिएको छु यो सबै देन कोरियालाई दिन चाहन्छु । कोरियामा रोजगारीको अवसर प्राप्त नगरेको भए कर्णाली प्रदेशको शिक्षण व्यवसायमा लाग्ने प्रेरणा मिल्ने थिएन भन्ने लाग्छ । वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय गर्न चाहनु हुने व्यक्तिहरुका लागि आवश्यक परामर्शका लागि भूमिका खेलिरहेको छु र भविष्यमा पनि निरन्तरता दिने विचार लिएको छु ।(शिव पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।