• सोमबार, २२ पौष, २०८१
  • ०४:२६:४०

बर्गर हाउसबाट वासना छर्दै बिमला

काठमाडौं । मेरो बुझाईमा जिवन एक फूल जस्तै रहेछ । ऋतु संगै फुलिदिने, केहि समय पश्चात ओईलिएर झरिदिने तर फूलको सुगन्ध, सौन्दर्यताले वरिपरीको वातावरणमा सौन्दर्यता दिने। मेरो जिवनका पानाहरु पनि फूल जस्तै प्रकृतिको पाउंछु । म एक मध्यम वर्गको परिवारमा नुवाकोट जिल्लाको विदुर भन्ने स्थानमा परिवारको दोश्रो सन्तानको रुपमा जन्मिएको हुं।


मेरो परिवार प्रहरी पृष्ठभूमीको तथा जिल्लामा परिचित परिवार भएकोले बाल्यकाल अन्य सामान्य परिवारका सदस्यको भन्दा सुखद भयो भन्ने लाग्छ । हाम्रो परिवारमा दिदी पश्चात मेरो जन्म भएकोले छोरानै पाउनु पर्छ भन्ने हाम्रो समाजको धारणा रहेता पनि माता पिताले हामी दुई छोरीलाई छोराको रुपमा लिनु भएको पक्ष पनि निकै सुन्दर पक्ष हो भन्ने लाग्छ। 

 सन् २०१० मा ईन्छन विमानस्थलमा टेक्दै गर्दा सफा सुग्घर, रमणिय स्थान देखेर विकसित देशलाई यस्तो विकास गर्नका लागि कति समय लगाए होलान रु भन्ने जिज्ञासाहरु मनमा आए। ठूला गगनचुम्बी महलहरु, व्यवसस्थित बाटो, सफा र हराभरा खेतबारी देख्दा स्वर्ग यस्लाई नै भन्छनकी जस्तो लागेको थियो।

 

समाजमा म सरहका अन्य बालबालिकाले अध्ययनको अवसर प्राप्त गरे जसरिनै गृह जिल्लाबाट माध्यमिक तह सम्मको अध्ययन पूरा गरें। त्यस पश्चात विश्वविद्यालयको अध्ययनका लागि राजधानी काठ्‌माण्डौमा बसेर स्नातक सम्मको अध्ययन पूरा गरेँ। म जस्ता धेरै छोरिहरुले पढ्न नपाएका गुनासाहरु समाजमा सुन्ने गरेको थिएं तर मेरा लागि माता पिताको अपार माया र सहयोगले कहिल्यै गुनासो गर्नु परेन्।

अध्ययन पश्चात निजीक्षेत्रमा केहि समय रोजगार गर्दा गर्दै सन् २००८ मा कोरिया र नेपाल सरकारबीच श्रम सम्झौता मार्फत वैधानिक रुपमा कोरिया जाने योजना बनाएर कोरियाली भाषा अध्ययन गरें र परीक्षामा सफल हुने भाग्य मिल्यो।

कोरिया जाने प्रक्रियानै मेरो जिवनको नयां अध्यायको शुरुवात भएको भन्ने लाग्छ । मलाई जिन्दगीमा भोग्नु पर्ने संघर्ष, मेहनेत, लगनशिलता, अनुशासन समावेस भएक जिवन कस्तो हुन्छ भनेर बुझ्ने अवसर मिल्यो। मानिसहरुले भन्ने गरेको सपनाको देश सफा सुन्दर सहरमा रोजगारीका लागि जाने सौभाग्य मिल्नुलाई ठूलो उपलब्धीको रुपमा लिए। कोरिया प्रवेश गर्दै गर्दा ममा अनेकौं सुन्दर सपनाहरु साकार पार्ने विश्वास थियो।

सन् २०१० मा ईन्छन विमानस्थलमा टेक्दै गर्दा सफा सुग्घर, रमणिय स्थान देखेर विकसित देशलाई यस्तो विकास गर्नका लागि कति समय लगाए होलान रु भन्ने जिज्ञासाहरु मनमा आए। ठूला गगनचुम्बी महलहरु, व्यवसस्थित बाटो, सफा र हराभरा खेतबारी देख्दा स्वर्ग यस्लाई नै भन्छनकी जस्तो लागेको थियो।  

समय सापेक्ष चल्ने देशहरुलेनै प्रगती गर्न सक्दा रहेछन भन्ने थाहा भयो। त्यसैगरी कोरियामा रहंदा मेहनेत गर्न ईच्छुकहरु सबैका लागि रोजगार स्थान रहेछ, सबैले रोजगारको अवसर पाएमा देश प्रतिको मायां बढ्ने रहेछ भन्ने लाग्यो। मैले काम गरेको स्थानमा ६० देखि ७० वर्षका आमाहरुले पनि काम गर्नुहुन्थ्यो। 

 

कोरियाको ख्वाङजु सहर नजिकै रहेको एउटा कम्पनीमा पुगे पश्चात भने मेरो केहि समय अगाडीको सोचाईमा परिवर्तन आयो । कोरियामा शुरुका दिनहरु खानपान, रहनसहन, सांस्कृतिक भिन्नता, कहिल्यै अनुभव नगरेको काम आदि पार लगाउन निकै कठिन भएको सम्झना आज पनि ताजै रहेको छ। परिवारको सदस्यसँग पहिलो पटक घरै टाढा हुनु परेकोमा मन केहि खिन्न थियो।

त्यति बोला मलाई पहिलो पटक देशको माया र देश भक्तिले छोयो र सोच्थें मेरो देशमा यस्तै रोजगारी भएको भए परिवारबाट टाढा रहेर पसिना बगाउनु पर्ने थिएन भन्ने लाग्यो। शुरुका दिनमा धुलो धुवां भएता पनि पालनै राम्रो लाग्यो, निजि क्षेत्रको जागिरको पनि खुवै याद आयो र परिवारका सदस्यहरुको यादले धेरै नै सतायो।

कोरिया जानु भन्दा अगाडी बनाएका योजनाहरु सफल बनाउनका लागि कोरियामा बसेर भविष्यमा व्यवसाय गर्ने, संस्कार सिक्ने, व्यवसायीक ज्ञान हाँसिल गर्ने तथा नेपाल फर्किएर उद्योग गर्ने उद्धेश्यलाई सार्थक पार्नका लागि सहनसिल भएर मेहनेत गर्दै दिनहरु विताएं। मैले विगत देखिनै सोच्दै आएको विषय देशमा उद्योग गर्ने, रोजगारी सृजना गरेर नेपालको अर्थतन्त्रमा थोरै भए पनि योगदान गर्ने ईच्छा थियो।

कोरियामा रहंदा धेरै कुराहरु सिक्ने अवसर मिल्यो, समय कति मूल्यवान हुन्छ भन्ने कुरा बुझें र समयको मूल्य बुझेर अगाडी बढ्‌ने व्यक्तिहरु जुनसुकै क्षेत्रमा सफलता हांसिल गर्न सक्ने बारेमा ज्ञान मिल्यो। समय सापेक्ष चल्ने देशहरुलेनै प्रगती गर्न सक्दा रहेछन भन्ने थाहा भयो। त्यसैगरी कोरियामा रहंदा मेहनेत गर्न ईच्छुकहरु सबैका लागि रोजगार स्थान रहेछ, सबैले रोजगारको अवसर पाएमा देश प्रतिको मायां बढ्ने रहेछ भन्ने लाग्यो। मैले काम गरेको स्थानमा ६० देखि ७० वर्षका आमाहरुले पनि काम गर्नुहुन्थ्यो।   

 अन्त्यमा, वैदेशिक रोजगारीमा रहेका महिला दिदी बहिनीहरुलाई नेपाल फर्किए पश्चात ससाना व्यवसाय सञ्चालन गर्न तथा रोजगारी गरेर सक्षम हुनका लागि आग्रह गर्दछु। युवापूस्ताले मन पराउने बर्गर सम्वन्धि तालिम, सल्लाह आवश्यक परेमा मलाई सम्झनु हुन पनि अनुरोध गर्दछु। जिन्दगी फूल हो वरिपरीको वातावरणमा सुगन्ध छर्नका लागि सबै लागी परौं।

 

उहांहरुको लगनशिलता, मेहनेत देश भक्तिबाट म निकै प्रभावित भए। त्यसैगरी सामुहिकतामा शक्ति देखे कोरियाली समाज, उरी नारा, उरी खाजोग भनेको सून्दा निकै खुशी मिल्थ्यो। हामी नेपालीले पनि म र मेरो परिवार भन्दा हामी, हाम्रो परिवार र हाम्रो देशलाई माया गर्ने संस्कारको विकास भएमा देश विकासका लागि थोरै भने पनि टेवा पुग्छ भन्ने लाग्छ ।

सन् २०१४मा कोरियाको बसाईलाई बीट मार्दै नेपाल फर्किए र बैबाहिक जिवनमा बाँधिए, २ सन्तानको आमा हुने सुवर्ण अवसर प्राप्त गरें। यिनै सन्तानलाई पालन पोषण तथा विगत देखिको व्यवसाय गर्ने योजना अनुसार बजार अध्ययन पश्चात लगानी क्षेत्रको पहिचान गरेर महिला उद्यमीको रुपमा व्यवसाय अगाडी बढाएकी छु।

काठमाण्डौंमा "द बर्गर हाउस" स्थापना गरेर महिला दिदी बहिनीहरुलाई रोजगारीमा प्राथमिकता दिएकी छु। हाल मेरो व्यवसायमा २० जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन्। यस व्यवसायमा ८० लाख रुपैयां भन्दा बढी लगानी भएको छ। आगामी दिनमा धेरै व्यक्तिलाई रोजगारी दिने योजनाका साथ अगाडी बढेको छु।

अन्त्यमा, वैदेशिक रोजगारीमा रहेका महिला दिदी बहिनीहरुलाई नेपाल फर्किए पश्चात ससाना व्यवसाय सञ्चालन गर्न तथा रोजगारी गरेर सक्षम हुनका लागि आग्रह गर्दछु। युवापूस्ताले मन पराउने बर्गर सम्वन्धि तालिम, सल्लाह आवश्यक परेमा मलाई सम्झनु हुन पनि अनुरोध गर्दछु। जिन्दगी फूल हो वरिपरीको वातावरणमा सुगन्ध छर्नका लागि सबै लागी परौं।(शिव पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।