• मंगलबार, २३ पौष, २०८१
  • ०२:०७:१२

सन्दीप लामिछानेको घातक स्पीन, मधेश अलआउट

जय एलिट टफ्रीमा आइतबार बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएपछि मधेश प्रदेश सस्तैमा अलआउट भएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको मधेश लामिछानेको स्पीन बलिङको अगाडि टिक्न नसक्दा ३५.२ ओभरमा १०२ रनमै सिमित भएको हो। मधेशका लागि मयन यादवले सर्वाधिक २१ रन योगदान गरे।


उता, पर्साको वीरगञ्जमा भएको अर्को खेलमा पुलिस क्लबका ललित राजवंशीले सात विकेट लिँदै आर्मीलाई १२१ रनमै रोके। पुलिसले टस जितेर आर्मीलाई पहिला ब्याटिङमा बोलाएको थियो, र ललितको घातक बलिङले आर्मीलाई ३४.४ ओभरमै अलआउट गरायो। अन्य बलर कुशल भुर्तेल, श्रवण यादव, र राशिद खानले एक-एक विकेट लिए। आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन बनाए।

पुलिसले अब केही समयपछि आफ्नो पहिलो इनिङ्स सुरु गर्दैछ। दुई दिवसीय क्रिकेट लामो समयपछि घरेलु मैदानमा फर्किएको छ, तर नेपाली ब्याटरहरू रेड बल क्रिकेटमा स्थिर देखिएनन्। पुलिसका ओपनर कुशल भुर्तेल पहिलो बलमै गोल्डेन डक आउट भए, जसलाई सोमपाल कामीले पेभिलियन पठाए। पुलिसले २१ रनमा तीन विकेट गुमाइसकेको छ।