• मंगलबार, २३ पौष, २०८१
  • ०१:५३:१४

ललित राजवंशीको घातक बलिङले आर्मी क्लब ध्वस्त

जय एलिट टफ्रीको आइतबारको खेलमा पुलिस क्लबका ललित राजवंशीले उत्कृस्ट प्रदर्शन गर्दै सात विकेट लिएपछि आर्मी क्लब ध्वस्त भएको छ। पर्साको वीरगञ्जमा पुलिसले टस जितेर आर्मीलाई पहिले ब्याटिङमा बोलाएको थियो। पुलिसका लागि ललितको प्रभावकारी बलिङले आर्मीलाई ३४.४ ओभरमै १२१ रनमा सिमित पारिदिएको छ। अन्य बलर कुशल भुर्तेल, श्रवण यादव, र राशिद खानले पनि एक-एक विकेट लिए।


आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए। केही समयपछि पुलिसले आफ्नो पहिलो इनिङ्स सुरु गर्नेछ। दुई दिवसीय क्रिकेट लामो समयपछि घरेलु मैदानमा फर्किएको हो, तर नेपाली ब्याटरहरू रेड बल क्रिकेटमा स्थिर देखिएनन्। पुलिसका ओपनर कुशल भुर्तेल पहिलो बलमै गोल्डेन डक आउट भए, जसलाई सोमपाल कामीले पेभिलियन पठाए। पुलिसले २१ रनमै तीन विकेट गुमाइसकेको छ।

त्यसैगरि, अर्को खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीचको प्रतिस्पर्धा जारी छ। टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले ९८ रनमा सात विकेट गुमाइसकेको छ, जसमा कप्तान सन्दीप लामिछानेले चार विकेट लिएका छन्।