• मंगलबार, १ माघ, २०८१
  • ०४:२३:५१

भैरव अर्यालले भानुभक्त आचार्यलाई लेखेको रोचक चिठ्ठी

 


 

श्री कविवर भानुभक्त आचार्य ,
नेपाली टोल, मृतात्मा एभेन्यु
अल्कापुरी १८७१/१९२६ स्वर्ग
                     

श्रद्धेय कविबाजे,

उप्रान्त त्यहाँ वाजेलाई आरामै होला। बाँच्नुका दुःखले हाल तपाईलाई पिरोलेका नहोलान् भन्ने आशा राखेको छु । तपाईसंग धेरै कुरा गर्नु थियो, धेरै सल्लाह माग्नु थियो, धेरै अर्ती लिनु थियो, तर तपाई मेरा बाजे पनि नजन्मदै यो दुःखसागर पार तरिसक्नुभएछ । रामगीता लेखेबापत स्वर्गै पुग्नुहोला र अलकापुरी खूब मन पर्ने हुनाले सोही सहरमा डेरा लिनुभयो होला भन्ने अड्कलले  चेखभको वांकाले आफ्ना बाजेलाई लेखेझै बाजे ! म पनि तपाईलाई चिठी लेख्न थालेको छु ।

होच्याउने नै नियत हुँदो हो त कविवाजे मात्रै होइन, कविकाठा पनि भनिदिन्थे, तर सत्य होइन । अब त बुझ्नुभयो होला वास्तवमा मैले वाजे भन्नाको मतलब तपाई हाम्रा पक्का साहित्यिक बाजे हुनुहुन्छ, कविवाजे हुनुहुन्छ ।

‘बाजे’ भनी सम्बोधन गरेबापत यल्ले जिस्कायो भनी नठान्नुहोला । यहां बाहुनलाई शंख घण्टको बाजा बजाउन छाडे पनि बाजे भन्न छाडिएको छैन । गुरुज्यूबाजे, मन्त्रीवाजे, सरदारबाजे, सम्पादकबाजे, ड्राइभरबाजे इत्यादिको कुरै छाड्दिनोस् कुनै बाहुनले पसल थापेको छ भने उसलाई साहूबाजे र कसैले भट्टी थापेको छ भने भट्टीवालबाजे भन्न पनि यहां हिचकिचाउनु पर्दैन ।

त्यसैले बाबुबाजेदेखि खाईपाई आएको सम्मान तपाईको किन कटाइदिऊं? काठमाडौंको डेरामा कहिलेकाहीं खसीको भनी झुक्किएर तपाईले रांगाको या वनेलको भित्र्यांस खानुभएको थियो कि भन्ने उपशङ्गामा तपाईलाई म कसरी वाजे भन्नै छाडिदिऊं तर कविबाजे मैले यो ठट्टा गरेको मात्रै हो है, कारण तपाई ठट्यौला व्यक्ति हनुहुन्थ्यो, व्यङ्ग्यविनोद निकै मन पराउनुहुन्थ्यो ।

तपाईले तारापतिसित बन्दुकवारे ठट्टा गरेको, जेलमा प्रदर्शित उडुस, उपियांको नाचगानबारे  विनोद गरेको कहिल्यै नविर्सने गरी मैले पनि पढेको छु । होच्याउने नै नियत हुँदो हो त कविवाजे मात्रै होइन, कविकाठा पनि भनिदिन्थे, तर सत्य होइन । अब त बुझ्नुभयो होला वास्तवमा मैले वाजे भन्नाको मतलब तपाई हाम्रा पक्का साहित्यिक बाजे हुनुहुन्छ, कविवाजे हुनुहुन्छ ।

अझ यो पत्रमा मैले बाजे भनेको खास किनभने तपाई व्यङ्ग्यवाजे पनि हुनुहुन्छ । मेरा साक्खे कुप्रावा शक्तिवल्लभ अज्यालले हास्यकदम्ब लेखेर तत्कालीन राजनीतिक–सामाजिक स्थितिहरूमाथि जुन व्यङ्ग्य गरे, त्यो पढ्न पाउनुभएको थियो कि थिएन कुन्नि तर तपाईले थोरैमा पनि उनको भन्दा महत्त्वपूर्ण देन दिनुभयो।

कुरा के भने शक्तिवल्लभ कुप्राबाले हास्यकदम्ब लेख्न पहिले नेपाली भाषालाई पत्याएनन्, संस्कृतमा लेखे, नेपालीमा त उल्था गरे भन्छन् । तर तपाईले ‘मान्माथि पनि भुक्तमान्’ थपिदिएका व्यङ्ग्यकविताहरू नेपालीमै दन्काइदिनुभयो। चाकरी र चाप्लुसी नै गायत्री र दीक्षा भएको त्यो चर्तिकलाले राणाशासनमा पनि चाकरीलाई व्यङ्ग्य गर्दै जुन कविता लेख्नुभयो, त्यो मनमोहक र मुटुछेदक छ, नपत्याए आफै सम्झी हेर्नोस। 

एक् मन् चित्त लगाइ चाकरि गर्यां 

खुसी भया छन् हरि ।

मान्माथी पनि भुक्तमान् थपिदिया

कैल्यै नछुन्या गरी ।

तपाईले खानैको निम्ति चाकरी गर्नुभएको त थिएन। धनी नभए पनि ‘कुदालो खनी खान त सक्नुहुन्थ्यो ' तर ‘मान पाउँला कि भनी चाकरी गर्नुभयो ', तपाईजस्ता सीधासाधा पर्वते बाजेको चाकरी कसले वास्ता गर्छ उल्टो भुक्तमान पाउनुभयो चाप्लुसी र चुक्लीबिना, चाकरी मात्र गर्दैमा कहां हुन्छ र ?

थाङ्ग्नो गुन्द्रीबाट बुदुक्क उफ्रेका उडुसहरू बडेबडे कुर्सीमा विराजमान हुन पुग्छन्, खाल्टाबाट उम्केका लामखुट्टेहरू हंकंग  र बैंक हुँदै केही दिनमै जगरसेठ भैसक्छन् । त्यसैले म एक्लै भयो कि तपाईको त्यही रमाइलो व्यङ्ग्यवितोद सम्झन्छु।

अं बाजे, म त चिठी पो लेख्न लागेको, तपाईका कविताको अर्थ गर्न लागेको कहाँ हो र ?  उप्रान्त तपाईका आशीर्वादले यहा मलाई सन्चै छ। म अचेल तपाईको उही अल्कापुरी कान्तिपुरीका नालभरि गल्लीमा मान्छे कुकुर ,कुखुरा, सुंगुर, हांस, साढ़े सबैको संयुक्त विष्ठा–मूत्रले अभिसिन्चित षड्सुवास सुँघ्दै बाँचिरहेको छु।

मान पाउला कि भनी एक मन लगाई चाकरी गर्दा भूक्तमान पाइने तपाईको पालाको प्रवृत्ति अहिलेसम्म झन्डै उस्तै छ। अहिले त एक मन चित लगाई नोकरी गर्यो भने त्यसलाई बेकुफ भन्छन् । सके त्यस्ता धोक्रेसुत्ती लागी खोसिएलान्, नखोसिए पनि भुक्तमान बप्ताखप्तै ती धुज्रिञ्छन, मर्छन् ।

त्यसैले त मैले तपाईसित कुरा गर्न खोजेको ‘एक मन चित्त लगाई काम गर्दा भुक्तमान’ पाइने तपाईंका पालाको प्रशासनिक स्थिति र हाम्रा पालाको प्रशासनिक स्थिति झन्डैझन्डै उस्तै छ बाजे ! चार पंक्तिमा सय वर्ष नाघिसक्ता पनि घोच्न नछाड्ने कविता लेख्नु तपाईको व्यङ्ग्यशक्तिको चमत्कार होइन त ? ल भन्नोस् ।

लौ यति मीठो र मार्मिक व्यङ्ग्यविनोद कसैले लेखोस् देखीदेखी नदेखेझै गर्ने र बुझीबुझी नबुझेझै गर्ने ‘बडा’ हरूको दया–विवेकलाई मिति पुर्याएर  हान्दै फोहर र अव्यवस्थाले नारकीय लाग्ने जेलनिवासको बीभत्सता र करुणतालाई तपाईले हास्यरसमा बडो चमत्कारसाथ उतारिदिनुभएको छ ।

फेरि चिठी बाङ्गियो, कुरा के भने कविबाजे । मेरो हालखबर बेसै छ । म पनि ‘ठूलो चयनमा’ छु। तपाईले जेलमा भोगेको भनी उडुस, उपियांका नाचगानको जुन बयान गर्नुभएको थियो नि, जे त्यो नाचगान घरैमा प्रत्येक रात हेर्न पाएको छु। कारण, अचेल कान्तिपुरीको आर्थिक स्थिति अत्यन्त विकट छ– फूल किन्यो तन्ना किन्न सकिन्न, तन्ना किन्यो तकियाको खोल हाल्न सकिन्न ।

त्यसैले लामखुट्टे र उपियाँको नाचगान बिनाटिकट बर्खाभरि कोठैमा देखिन्छ । अझ कहिलेकाहीं त के पनि देखिन्छ भने बाजे !  थाङ्ग्नो गुन्द्रीबाट बुदुक्क उफ्रेका उडुसहरू बडेबडे कुर्सीमा विराजमान हुन पुग्छन्, खाल्टाबाट उम्केका लामखुट्टेहरू हंकंग  र बैंक हुँदै केही दिनमै जगरसेठ भैसक्छन् । त्यसैले म एक्लै भयो कि तपाईको त्यही रमाइलो व्यङ्ग्यवितोद सम्झन्छु। 

रोज् रोज् दर्शन पाउँछु चरणको

ताप् छैन मनमा कछु ।

रात् भर् नाच् पनि हेर्छु खर्च नगरी

ठूला चयन्मा म छु ।

लाम्खुट्टे उपियाँ उडुस् इ सँगि छन्

इन्कै लहड्मा बसी ।

लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ

नाच्छन् म हेर्छु बसी ।।

त्यस्तो ‘ठूलो चयनमा बसेर त्यस्तो नाचगान हेर्ने तपाईलाई मैले व्यङ्ग्यवाजे भने त के बिराएं ! लौ यति मीठो र मार्मिक व्यङ्ग्यविनोद कसैले लेखोस् देखीदेखी नदेखेझै गर्ने र बुझीबुझी नबुझेझै गर्ने ‘बडा’ हरूको दया–विवेकलाई मिति पुर्याएर  हान्दै फोहर र अव्यवस्थाले नारकीय लाग्ने जेलनिवासको बीभत्सता र करुणतालाई तपाईले हास्यरसमा बडो चमत्कारसाथ उतारिदिनुभएको छ ।

व्यङ्ग्य गरिनेले पनि क्रोधको सट्टा विनोदकै अनुभव गर्नुपर्ने यो कवितामा तपाईमा निहित व्यङ्ग्यकारको कुशल क्षमता राम्ररी प्रदर्शित छ । ‘सुग्रीव् हो कुन साख् म हूँ कुन कुसाख ’ भनी बालिको मुखबाट विशुद्ध नेपाली शैलीमा मर्मभेदी अभिव्यक्ति दिएको त हामीले रामायणमा पनि बराबर पढेकै हौं।

‘ज्यूदै मरेको भनि नाम कस्को ?’ भन्ने प्रश्नमा ‘उद्योग बिना बित्तछ काल जस्को ?” भन्ने उत्तर जडेर निरुद्योगीलाई जीवित मुर्दाको दर्जा दिन नडराउने तपाईको व्यङ्ग्यकारीय निर्भीकता प्रश्नोत्तरमा पनि नदेखिएको होइन तापनि ‘रोज् रोज् दर्शन पाउँछु’ को जस्तो चार पङ्क्तिमा चार पाथी व्याख्या र विवेचना गर्न सकिने हास्यव्यङ्ग्य अन्त विरलै पाइएला ।

व्यङ्ग्यबाजे । फेरि चिठी अर्कैतिर अलमलिएकोमा नझर्किनुहोला । आफूलाई व्यङ्ग्यबाजे भन्यो भनी अर्धेलो नभन्नुहोला, यो मैले मात्र भनेको होइन । नेपाली हास्यव्यङ्ग्यको नालीबेली जंगाउँदै छपाकनको भूमिकामा कृष्णचन्द्रसिहले पनि भन्नुभएको छ ‘साहित्यको संज्ञा पाई व्यक्तिएको हास्यव्यङ्ग्य आदिकविजत्तिकै प्राचीन छ।

साहित्यका आदिस्रस्टा  पनि भानुभक्त नै। यसरी भानुभक्तलाई माइलस्टोन मान्दछु यही दूरीले नाप्ता हास्यव्यङ्ग्यको इतिहास नेपाली साहित्यको पृष्ठभूमिमा नौलो होइन । प्रथम प्रयोक्ताको दृष्टिले भानुभक्तलाई सराउनु त छदै छ, सुरुमै यति मीठो, छोइने र वस्तुस्थिति उदङ्ग्याई मायाले थपथपाएको व्यङ्ग्यपरिहास मानवीय छ। भानुभक्तले व्यावहारिक जीवनमा अनुभव गरेको कटुतालाई सामाजिक परिधान दिए।“

अरूले सय वर्ष लगाई गरेको काम हामीले दस वर्षमा गर्नुपर्छ भन्ने बुझ्दाबुझ्दै पनि बुझ पचाएर अरूले दस वर्षमा गरेका कामको लागि हामी सय वर्ष खर्चदै छौं। डिट्ठा, विचारीसित मात्रै होइन, खरदार, सुब्बासित, शाखा अधिकृत र निर्देशकसित, सचिव र मन्त्रीसित सबैसित तपाई भएको भए आज सोधिदिनुहुन्थ्यो क्यान भन्छौ नि भोलि यही देखेर मैले पनि उहिल्यै एउटा ‘जय भोलि’ लेखेको थिएँ, कसले सुनिदिने ?

साँच्चै, बाजे तपाईले व्यावहारिक जीवनमा भोगेको निजी अनुभवलाई परकीय बोधता दिई साधारणीकृत गर्नुभयो, सहज संवेद्य पार्नुभयो, नपत्याए तपाईको अर्को एउटा टुक्रा केलाऊं न !

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ

चुप रहन्छन् नवोली

बोल्छन् ता ख्याल गर्या झैं  अनि पछि दिनदिन्

भन्दछन भोलि भोली

की ता सक्तीनँ भन्नु कि तब छिनदिनु

क्यान भन्छन् यि भोलि

भोली भोली हुँदैमा सब घर बितिगो

बक्सियोस् आज झोली

यो तपाईको उस बेलाको निजी अनुभव मात्र नभई लाखौँलाखौं सीधासाधा नेपालीको अड्डाखानामा भोलिका सहस्र–धावन्ती र पर्खन्तमा अल्किंदा वाक्क भएर वैरागिएको आजसम्मको अनुभवको अभिव्यक्ति हो। हुन्छ वा हुन्नको निर्णयात्मक जवाफ नदिई जनता भुलाउने कर्मचारीहरूको चाकरीवादी र दीर्घसूत्री प्रवृत्तिको जुन झलक तपाईले दिनुभएको थियो, त्यो सय वर्ष बितिसक्दा पनि सिनित्तै निखारिएको छैन। ‘क्यान क्यान यि भोलि’ भन्दै छन् ' ।

अरूले सय वर्ष लगाई गरेको काम हामीले दस वर्षमा गर्नुपर्छ भन्ने बुझ्दाबुझ्दै पनि बुझ पचाएर अरूले दस वर्षमा गरेका कामको लागि हामी सय वर्ष खर्चदै छौं। डिट्ठा, विचारीसित मात्रै होइन, खरदार, सुब्बासित, शाखा अधिकृत र निर्देशकसित, सचिव र मन्त्रीसित सबैसित तपाई भएको भए आज सोधिदिनुहुन्थ्यो क्यान भन्छौ नि भोलि यही देखेर मैले पनि उहिल्यै एउटा ‘जय भोलि’ लेखेको थिएँ, कसले सुनिदिने ?

यसरी तपाईले प्रशासनिक ढिलासुस्तिलाइ व्यङ्ग्य गर्नुभएथ्यो, यसरी तपाईले एक मन चित्त लगाई काम गर्दा जसको सट्टा अपजस पाइने प्रथापट्टि व्यङ्ग्य गर्नुभएथ्यो। यसरी तपाईले उडुस, उपियाँले घेरेको सर्वसाधारणको कष्टपूर्ण जीवनप्रति जर्म चुहाउनुभयो, बुझीबुझी बुझ पचाउने ठूलाबडाको प्रबृतिप्रती व्यङ्ग्य गर्नुभयो।

अब म पनि उही लामखुट्टे र उपियाँको सांस्कृतिक कार्यक्रम हेर्न कोठानामक दुलाभित्र पस्छुः नमरुन्जेल बाजेको बिर्के टोपी र छड्के पछ्यौरासहितको एउटा काल्पनिक अनुहार सम्झेर बस्छु ।

दरिद्र घरको घांसीले जनसेवाको निम्ति कुवा खनाएको देखाउँदै ‘धनी मैकन’ पैसा ध्याम्पामा कुहाएर पनि जनसेवार्थ सत्तल, पार्टीसम्म बनाउन नसक्ने कन्जुसहरूप्रति व्यङ्ग्य गर्नुभयो, त्यसैले तपाई धेरै वर्ष बाचेको भए नेपाली समाजका धेरै अड्मिल्दा पक्षहरूमा व्यङ्ग्यवाण चलाइदिन सक्नुहुन्थ्यो। तर बांच्न सक्नुभएन। सके यस्तै खस्रा कुरा गर्ने बानीले तपाईले जिन्दगीमा धेरै भुक्तमान खप्नुपन्यो ।

छिटै मर्नुपन्यो। जे होस्, भानुभक्त बाजे, तपाईले लगाइदिएको हास्यव्यङ्ग्यको डोरेटो क्रमशः अलि फराकिंदै गएको छ भन्ने समाचार मात्र तपाईलाई सुनाउन  पाएकोमा पनि मलाई आज तीन मुरी  भात खाएजस्तो खुसी लागेको छ। धेरै गन्थन गरियो, अब म पनि उही लामखुट्टे र उपियाँको सांस्कृतिक कार्यक्रम हेर्न कोठानामक दुलाभित्र पस्छुः नमरुन्जेल बाजेको बिर्के टोपी र छड्के पछ्यौरासहितको एउटा काल्पनिक अनुहार सम्झेर बस्छु । अन्त्यमा मेरो साथी कुलमणि देवकोटाले तपाईलाई सोधी पठाएको सन्देश पनि सुनाइदिइहालू ! 

“हे युगयुगका उडुसहरूले निशेषरक्त
नमस्कार भानुभक्त !”
लौ त, विज्ञेषु किमधिकम् ।
तपाईंको उही नाति
भैरव अर्याल

 

                                                                                                                                                   

लुतो मिल्काउने सङ्क्रान्ति

२०२८ साल

घिमिरे बाजेको गोठ, हाँडीगाउँ,

मर्त्यमंडल, नेपाल

(‘भानु’ भानुबिशेसाङ्क, वर्ष ८, किरण १८, २०२८ को "व्यङ्ग्यबाजेलाई एउटा खुला पत्र" बाट साभार।)