कम्प्युटरको किबोर्ड लक् गर्ने सजिलो तरिका
-
नेटिजन संवाददाता
- शुक्रबार, ५ बैशाख, २०८२- २०:०५:००/ Friday 04-18-25

काठमाडौं। कहिलेकाहीं ल्यापटप वा कम्प्युटरमा काम गरिरहेको बेला स्क्रिन खुला छाड्नुपर्ने परिस्थिति आउन सक्छ। यस्तो अवस्थामा स्क्रिन अफ गर्दा काम रोकिने डर, स्क्रिन खुला छाड्दा अरूले अनावश्यक रूपमा प्रयोग गर्नसक्ने डरले तपाईंलाई पिरोल्न सक्छ। यस्तै अवस्थामा "किबोर्ड लक" फिचर निकै उपयोगी हुन सक्छ। किबोर्ड लक फिचरले किबोर्डलाई अस्थायी रूपमा निष्क्रिय बनाउँछ। यसले गर्दा तपाईंको किबोर्डले कुनै पनि इनपुट लिन्न। यसलाई फिर्ता सामान्य अवस्थामा फिर्ता ल्याउन अनलक गर्नुपर्ने हुन्छ।
तपाईंले इनबिल्ट किबोर्ड होस् वा बाह्य किबोर्ड, दुबै प्रकारका किबोर्ड लक/अनलक गर्न सक्नुहुन्छ। यसको लागि इनबिल्ट सेटिङ वा थर्ड-पार्टी एपहरू प्रयोग गर्न सकिन्छ।