• आइतबार, २८ पौष, २०८१
  • ०८:३७:१९

एउटै जिमेलबाट धेरै एड्रेस बनाउने तरिकाहरू सिक्नुहोस्

काठमाडौं। तपाईंले एउटै जिमेल अकाउन्ट प्रयोग गरेर अनगिन्ती एड्रेस बनाउन सक्नुहुन्छ। यसले तपाईंलाई स्पाम फिल्टर गर्नदेखि विभिन्न प्लेटफर्ममा साइनअप गर्नका लागि सजिलो बनाउँछ। यसका लागि दुई सहज तरिकाहरू छन्।


पहिलो तरिका: प्लस (+) एड्रेसिङ
यो विधिलाई "प्लस एड्रेसिङ" भनिन्छ। यसका लागि तपाईंले आफ्नो जिमेल ठेगानामा @ चिन्हअघि प्लस (+) चिन्हसहित कुनै पनि शब्द थप्न सक्नुहुन्छ। 
उदाहरणका लागि: यदि तपाईंको जिमेल एड्रेस [email protected] छ भने, तपाईंले [email protected] वा [email protected] जस्ता एड्रेस प्रयोग गर्न सक्नुहुन्छ। यस्तो एड्रेस प्रयोग गर्दा कुनै नयाँ वेबसाइट वा सेवाले यसलाई नयाँ एड्रेस मान्छ, तर ईमेल भने तपाईंको मूल इनबक्समा नै आइपुग्छ।

प्लस एड्रेसिङका फाइदाहरू
स्पाम ट्र्याकिङ: तपाईंले प्लस एड्रेस प्रयोग गरेर कुन प्लेटफर्मले तपाईंको ईमेल ठेगाना तेस्रो पक्षलाई बाँडेको छ भनेर थाहा पाउन सक्नुहुन्छ। उदाहरण: [email protected] बाट स्पाम मेसेज आयो भने त्यो शपिङ वेबसाइटले तपाईंको इमेल ठेगाना बाँडेको पुष्टि हुन्छ।

ट्रायल अकाउन्टहरू:
विभिन्न सेवाहरूको निःशुल्क ट्रायलको लागि हरेक पटक नयाँ अकाउन्ट खोल्नु पर्दैन। [email protected][email protected] जस्ता एड्रेस बनाएर प्रयोग गर्न सकिन्छ।

दोस्रो तरिका: डट (.) प्रयोग
जिमेलले @ चिन्हअघि डट (.) लाई बेवास्ता गर्ने हुँदा तपाईंले एउटै एड्रेसलाई विभिन्न ढंगले प्रयोग गर्न सक्नुहुन्छ।
उदाहरण: [email protected], [email protected], [email protected] यी सबै ईमेल एड्रेसले एउटै इनबक्समा काम गर्छन्।

तेस्रो तरिका: Googlemail.com प्रयोग
यदि प्लस एड्रेसिङ वा डट प्रयोग गर्न नमिल्ने स्थिति आयो भने, तपाईंले gmail.com को सट्टा googlemail.com प्रयोग गर्न सक्नुहुन्छ 
उदाहरण: [email protected] लाई [email protected] मा परिवर्तन गरेर नयाँ एड्रेसका रूपमा प्रयोग गर्न सकिन्छ।

किन प्रयोग गर्ने?
यो तरिका सजिलो, व्यावहारिक र निःशुल्क छ। यसले तपाईंलाई ईमेल व्यवस्थापन गर्न सहयोगमात्रै गर्दैन, तपाईंको गोपनीयता पनि सुरक्षित राख्छ। 
अबदेखि नयाँ जिमेल अकाउन्ट खोल्ने झन्झट झेल्नु पर्दैन। एउटैअकाउन्टबाट यी तरिकाहरू अपनाएर अनगिन्ती एड्रेस बनाएर आफ्नो काम सजिलै गर्नुहोस्।