• शुक्रबार, ४ माघ, २०८१
  • ०५:४६:१४

तपाईको माघ महिनाको राशिफल कस्तो छ ?

मेष: उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता समेत अनुकूल रहने छ । सोचेका क्रमशः बन्दै जाने छन् । प्रतिस्पर्धामा सफलता विवादमा विजयश्री मिल्ने छ । नयाँ कामको थालनी हुन सक्ने ग्रहयोग रहेको छ । कर्मचारी वर्गका लागि पदोन्नतिको सम्भावना छ । पढाइमा मन्द प्रगतिको योग रहेको छ । महिनाको पूर्वार्धमा सामान्य बाधाअड्चन आइपरे पनि उत्तरार्धमा हटेर जाने छन् । इष्टमित्रको सहयोग मिल्नुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।


वृष: शारीरिक परिश्रमका साथ मानसिक ताप केही बढेर जाला । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छ । धार्मिक एवं सामाजिक काममा मन लाग्ने देखिन्छ । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । भाग्यले राम्रै साथ दिनाले मनले सोचेका आँटेको काम बन्ने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ । सन्तान एवं परिवारको सुखसन्तोष अनुकूल रहला । घरायसी खर्चको मात्रा केही बढेर जाने छ ।

मिथुम: सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । यात्रा एवं सवारी चलाउँदा सावधानी अपनाउनुपर्ने छ । अनावश्यक दौडधुप एवं कार्यव्यस्तता केही बढेर जाला । घरायसी खर्चको मात्रा बढेर जाने छ । आँटेको काममा सामान्य बाधा अड्चन एवं ढिलासुस्तीको समेत सम्भावना देखिन्छ । घरायसी विषयलाई लिएर दम्पतीमा सामान्य असमझदारी बढ्ने योग रहेको छ । बौद्धिक क्रियाकलापका साथै अध्ययन अध्यापनमा समेत अनावश्यक बाधाअड्चन देखापर्ने छन् । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

कर्कट: स्थान परिवर्तन एवं आकस्मिक यात्राको योग रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला । पठनपाठनमा सफलताको योग रहेको छ । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता समेत अनुकूल रहने छ । मनोरञ्जनका अवसर प्रशस्त रहेका छन् । सामान्य अस्वस्थताको योग देखिएकाले खानपिनमा विचार पुरÞ्याउनुपर्ने छ । इष्टमित्र एवं पारिवारिक सुख सम्बन्ध राम्रो देखिन्छ । किनमेल एवं मनोरञ्जनमा सञ्चित धनराशिको खर्च हुने देखिन्छ । महिनाको उत्तरार्धमा परिवारको चिन्ताले पिरोल्ने देखिन्छ ।

सिंह: शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । प्रतिस्पर्धामा सफलताको योग रहेको छ । आर्थिक क्षेत्रका काममा मध्यम सफलताको योग छ । महिनाको पूर्वार्धमा रमाइलो यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । व्यर्थको विवादमा पार्न सक्ने ग्रहयोग रहेकाले बोलीचालीमा विचार पुरÞ्याउनुपर्ने छ । पठनपाठनमा मन्द प्रगतिको योग रहेको छ ।

कन्या: रोकिएका काम क्रमशः बन्दैजाने छन् । मनमा हर्ष आनन्दको उदय हुने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत अभिरुचि बढेर जाला । गर्न आँटेका काममा सामान्य बाधाअड्चन आइपर्ने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत बढेर जाने छ । विवाद एवं प्रतिस्पर्धामा सफलताको योग छ । धार्मिक एवं सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

तुला: घरायसी चिन्ता केही बढेर जाला । मानसिक अस्थिरता एवं दुबिधा केही बढेर जाला । सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ । आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विशेष विचार पुरÞ्याउनुपर्ने छ । नयाँ लगानी एवं लेनदेनसम्बन्धी आर्थिक कारोबार नगर्दा नै राम्रो होला । महिनाको उत्तरार्धमा स्थान परिवर्तन एवं यात्राको सम्भावना रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा अभिरुचि लाग्ने छ ।

वृश्चिक: शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत प्रगति भएर जाने छ । आम्दानीका नयाँ नयाँ अवसर मिल्ने छन् । प्रतिस्पर्धामा महत्त्वपूर्ण सफलता मिल्ने छ । रमाइलो यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागिता जनाउनुपर्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न सक्ने देखिन्छ । अध्ययन अध्यापन सन्तोषजनक रहने देखिन्छ भने रमाइलो पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

धनु: खर्चको मात्रा बढेर जाला । लेनदेनसम्बन्धी आर्थिक कारोबार नगर्दा नै बेस होला । जमानी बस्ने तथा साझेदारीसम्बन्धी काम समेत नगर्दा राम्रो हुने छ । आँटेका काममा अनावश्यक बाधाअड्चन आइपरे पनि आत्मबल बढेर जानाले सफलता हात पर्ने छ । पारिवारिक सुख एवं इष्टमित्रको सहयोग अनुकूल रहने छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन देखा पर्नेछन् । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाने छ । शारीरिक आरोग्यता अनुकूल रहला । महिनाको उत्तरार्धमा धार्मिक कार्यमा सहभागिताका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

मकर: मनले सोचेका योजनामा अनायासै बाधा अड्चन आइपर्ने छन् । गरेको काममा अपजससमेत आउन सक्ने, सम्भावना रहेको छ । दैनिक स्वास्थ्यमा उतारचढावको स्थिति आउने देखिन्छ । अध्ययन अध्यापनमा लागेको अभिरुचि यथावत् रहने छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । महिनाको प्रारम्भमा सामान्य विवादको सम्भावना देखिन्छ । महिनाको उत्तरार्धमा रोकिएका काम बन्दै जानुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

कुम्भ: कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने छ । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पुरÞ्याउनुपर्ने छ । पठनपाठनका साथै बौद्धिक कार्यमा ढिलासुस्ती गराउने देखिन्छ । घरायसी खर्चको मात्रा केही बढेर जाला । महिनाको उत्तरार्धमा भाग्यले साथ दिनाले काम बन्नुका साथै धनागमसमेत गराउने देखिन्छ । इष्टमित्र एवं पारिवारिक भेटघाटले मन रमाउने छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ ।

मीन: शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । आर्थिक पक्षका कामबाट राम्रै सफलता मिल्ने छ । मनले सोचेका योजना क्रमशः बन्दैजाने छन् । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ । युवामा प्रेम तथा मनोरञ्जनमा रमाउने देखिन्छ । साथीसँगको रमाइलो भेटघाटको अवसर मिल्ने छ । मसान्तमा रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ ।