• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०२:१३:१८

'मनको शान्ति नै सबैभन्दा ठुलो सुख हो' 

काठमाडौँ। हरेक मानिसको बुद्धिको स्तर अलग अलग हुन्छ। फलस्वरूप उनीहरुको निर्णय लिने क्षमतामा पनि भिन्नता पाइन्छ। केहि मानिस बुद्धिमान हुन्छन र समयमै सफलता पाउँछन् भने कोही सही समयमा उचित निर्णय गर्न नसक्दा हरेक क्षेत्रमा असफल हुन्छन् । गीतामा भगवानले बुद्धिको आधारमा मानव जातिको तीन वर्ग दिएका छन् । 


उच्च स्तरको सात्विक बुद्धि भएका मानिसहरूले कर्तव्य-अकर्तव्य, बन्धन-मुक्ति, भय-निर्भय, प्रवृत्ति मार्ग-निवृत्ति मार्ग आदि राम्ररी बुझेका हुन्छन। यस्तो सन्तुलित व्यक्तित्व भएको मानिसको जीवन निकै व्यवस्थित हुन्छ । निर्णायक बुद्धि भएको हुनाले उनीहरुको निर्णय गर्ने क्षमताले लक्ष्य हासिल गर्न सहयोगी भूमिका खेल्छ। उनी आफ्नो अगाडि कुनै बाधा पर्यो भने धैर्यताका साथ सामना गर्छन्, डराएर भाग्दैनन् ।

वर्तमानमा गर्नुपर्ने काममा सधैं आफ्नो पूर्ण ध्यान दिन्छन् । विगतका घटनाहरूको बारेमा बारम्बार सोचेर र अरूलाई वर्णन गरेर आफ्नो समय र अरूको समय बर्बाद गर्दैनन्, न त भविष्यका घटनाहरूको बारेमा चिन्ता लिन्छन। वर्तमान सुधार्ने व्यक्तिको भविष्य पनि राम्रो हुन्छ भन्ने उनीहरु मान्दछन।

मध्यम श्रेणीको राजसी बुद्धी भएका मानिसहरु कर्तव्य-अकर्तव्य, धर्म-अधर्म आदिलाई वास्तविक रूपमा जान्दैनन्। यस्ता व्यक्तिहरु आफ्नो हितका लागि काम गर्ने प्रवृत्ति हुन्छ । जसका कारण उनीहरुमा स्वार्थ र लोभको प्रवृत्ति बढ्दै जान्छ। उनीहरु आफ्नो स्वार्थ पूरा गर्नको लागि कुनै न कुनै काममा लागेका हुन्छन् । भित्रभित्रै बेचैन हुन थाल्छन् ।

भोग र सङ्कलनमा लगावका कारण यस्ता व्यक्तिहरूको बुद्धि दृढताको सट्टा असीमित रूपमा शाखायुक्त हुन्छ। स्वाभाविक रूपमा तिनीहरू एकैसाथ धेरै लक्ष्यहरू प्राप्त गर्न चाहन्छन्। यस्तो अवस्थामा बुद्धि एकाग्र हुन सक्दैन र उनीहरुको जीवन अव्यवस्थित हुन थाल्छ। उनीहरुको व्यवहारमा असमानता, पक्षपात, आसक्ति–द्वेष जस्ता कुराहरु आउन थाल्छन। जसरी पानीमा माटो पग्लिँदा त्यसमा स्वच्छता र शुद्धता हुँदैन, त्यसैगरी राजसी बुद्धि भएका व्यक्तिहरूको बुद्धि पनि प्रदूषित हुन्छ जसले गर्दा उनीहरूले उचित निर्णय लिन सक्दैनन्।

तेस्रो श्रेणीका तामसिक बुद्धि भएका मानिसहरू अधर्मलाई पनि धर्म मान्छन्। त्यसैगरी, उनीहरू अन्य सबै कुरालाई विपरीत मान्छन्। जुन गर्न नहुने, शास्त्रमा निषेध गरिएको कर्म छ ती कर्म उनीहरु पूर्ण तत्परताका साथ गर्ने र शास्त्रले बताएको कर्म नगर्ने प्रवृत्तिका हुन्छन। अज्ञानताले गर्दा शास्त्रविपरीत सबै काम गर्छन्। फलस्वरूप, उनीहरुको जीवनमा विभिन्न प्रकारका दुःखहरू आइपर्छन। उनिहरूको व्यवहार बुद्धिमान मानिसहरूको ठीक विपरीत छ। उनि आफ्नो संगसंगै समाजको अहित हुने काममा गर्छन।

यस अर्थमा, जीवनमा सुख पाउनका लागि हाम्रो बुद्धि राम्रो हुनुपर्छ। यसका लागि शास्त्रहरूले हाम्रो सहायकको भूमिका खेल्छन् र हामीलाई उचित मार्गदर्शन दिन्छ। शास्त्रको नियमित आत्म-अध्ययनले हाम्रो अज्ञानता हट्छ र हामीले आफ्नो कर्तव्य र गर्ने विधि आदिको ज्ञान प्राप्त गर्छौं। हाम्रो विवेक जाग्छ, बुद्धि दृढ हुन्छ।