१६ वर्षपछि मुआब्जा वितरण
-
नेटिजन संवाददाता
- बुधबार, ३० माघ, २०८१- ११:२५:००/ Wednesday 02-12-25
![](https://netizennepal.com/uploads/news/images/arun-tesro2022-04-01-10-35-06.jpeg)
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग ९छ्याङ्कुटी–दिदिङ० सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको ९२४।५ किलोमिटर० अन्तर्गत ४ सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म रु ४ करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताउनुभयो । खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए । वि सं २०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।
छ्याङकुटी–दिदिङ सडक खण्डको ९२४।५ किलोमिटर० जग्गाको मुआब्जा २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन् । गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग (छयाङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो । अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख छ । अरुण तेस्रो परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित ४ हजार कामदार कार्यरत छन् ।रासस।