महिनाभरी चल्ने प्रादेशिक ललितकला प्रदर्शनी: राउटेले पनि देखाए कला
-
नेटिजन संवाददाता
- बिहीबार, ८ फाल्गुण, २०८१- १०:४६:००/ Thursday 02-20-25

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अगुवाइनमा सातै प्रदेशमा आयोजना हुने महिनाव्यापी ललितकला प्रदर्शनी सुरू भएको छ।
गत वर्षदेखि सङ्घीय संरचनाअनुसार प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरू भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो।
ती प्रदेशका ललितकलासँग सम्बद्ध संस्थाको सहकार्यमा कार्यक्रम भइरहेको हो। कर्णाली प्रदेशमा यसपाली राउटेको कला पनि समावेश भएको छ। उनीहरूका घरेलु सामग्री प्रदर्शनी मात्रै नभइ उनीहरूले प्रत्यक्षरूपमा आफ्ना सामग्री बनाएर कार्यक्रमस्थलमै देखाएका प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिका संयोजक, एवं प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामाले जानकारी दिनुभयो।
कुलपति हार्तम्छालीले भन्नुभयो, “गण्डकी र कर्णाली प्रदेशमा प्रदर्शनी जारी छ र भोलि सुदूरपश्चिम प्रदेशमा पनि सुरू हुँदैछ, अन्य प्रदेशमा प्रदर्शनीको तयारी अन्तिममा पुगेको छ, यसपाली महिनाव्यापी हुने प्रादेशिक ललितकला प्रदर्शनीले सबै प्रदेशमा उत्साह थपेको पाइयो।”
नेपाली ललितकला क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रम (महाउत्सव) मानिने ललितकला प्रदर्शनीमा देशभर एक हजारभन्दा बढी कलाकृति प्रदर्शनी हुँदैछ। यही फागुन ४ गते गण्डकी प्रदेशको पोखराबाट सुरू भएको प्रदर्शनी आउँदो चैत १ गतेसम्म चल्ने छ। प्रतिष्ठानको गण्डकी प्रदेश संयोजक तथा प्राज्ञ परिषद सदस्य सौरगंगा दर्शनधारीले यसपाली गुणस्तरका कलाकृति आएको र स्थानीयले पनि अपनत्व लिन थालिएको बताउनुभयो।
ती प्रादेशिक प्रदर्शनीबाट छनोट भएका कलाकृतिमध्ये उत्कृष्ट कलाकृति गणतन्त्र दिवस (जेठ १५ गते) काठमाडौँमा हुने राष्ट्रिय कला प्रदर्शनीमा समावेश हुने प्रतिष्ठानले जनाएको छ।
छनोट गरिएको कलाकृतिलाई गणतन्त्र दिवसका अवसरमा आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गराइनेछ। महिनाव्यापी कार्यक्रमअन्तरगत गण्डकी प्रदेशमा यही ८ गतेसम्म र कर्णाली प्रदेशमा फागुन १० गतेसम्म प्रदर्शनी हुनेछ।
त्यसपछि सुदूरपश्चिम प्रदेशमा यही फागुन ८ देखि १२ गतेसम्म, लुम्बिनी प्रदेशमा फागुन १० देखि १४ गतेसम्म, कोशी प्रदेशमा फागुन १६ देखि २० गतेसम्म, मधेश प्रदेशमा फागुन २० देखि २५ गतेसम्म र बागमती प्रदेशमा फागुन २७ देखि चैत १ गतेसम्म प्रादेशिक कला प्रदर्शनी हुँदैछ।
उक्त प्रदर्शनीका लागि प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवालाई कोशी, अरूणा हिङ्माङलाई मधेश प्रदेश, उपकुलपति लालकाजी लामालाई बागमती, प्राज्ञ परिषद् सदस्यहरू दिनेश्वर महतोलाई लुम्बिनी, सौरगङ्गा दर्शनधारीलाई गण्डकी, पाल्साङ्मो लामालाई कणाली र प्रदीप अधिकारीलाई सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीको समन्वय समितिको संयोजनको जिम्मेवारी तोकिएको छ।
ती प्रदेशका ललितकलासँग सम्बद्ध संस्थाको सहकार्यमा कार्यक्रम भइरहेको हो। कर्णाली प्रदेशमा यसपाली राउटेको कला पनि समावेश भएको छ। उनीहरूका घरेलु सामग्री प्रदर्शनी मात्रै नभइ उनीहरूले प्रत्यक्षरूपमा आफ्ना सामग्री बनाएर कार्यक्रमस्थलमै देखाएका प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिका संयोजक, एवं प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामाले जानकारी दिनुभयो।
त्यसैगरी भोलिदेखि सुरू हुने सुदूरपश्चिम प्रादेशिक कला प्रदर्शनीमा थारू समुदायका ललितकलासमेत समावेश भएको उक्त प्रदर्शनीका संयोजक प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारीले जानकारी दिनुभयो।
उनले सुदूरपश्चिममा एक सय २० कलाकारका दुई सय बढी कलाकृति प्रदर्शन गर्न लागिएको र सबै तयारी पूरा भएको बताउनुभयो।
विगतमा यसरी प्रदेशमा गएर कला प्रदर्शनीको चलन थिएन। गत वर्षदेखि यो कार्यक्रम सुरू गरिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो । यसले हरेक जिल्लामा कला र कलाकारमा खुसी थपिएको उहाँले बताउनुभयो।
प्रदेशगत रूपमा ५० हजार राशिको सबै प्रदेशबाट उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै ३० हजार राशिको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिकरआधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला, तथा अन्य सिर्जनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ।
जिल्लामा लुकेर रहेका कलालाई उजागर गर्दैमाथि उठाउन र रूपान्तरणका लागि कला महत्त्वपूर्ण भएकाले प्रदेश प्रदेशमा कला प्रदर्शनी थालिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले बताउनुभयो।
यसपाली राष्ट्रिय प्रदर्शनीमा एक लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ।
ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिकरआधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिकरआधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कलामा कलाकारलाई पुरस्कृति गरिनेछ।
यस्तै प्रदेशगत रूपमा ५० हजार राशिको सबै प्रदेशबाट उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै ३० हजार राशिको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिकरआधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला, तथा अन्य सिर्जनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ।रासस।