• बिहीबार, २९ फाल्गुण, २०८१
  • ०५:४५:४४

होली पर्व सुरु:वसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ। हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको छ र यसले होली पर्वको आधिकारिक शुरुआत भएको जनाउँछ।

शुक्रबार बिहान ८:३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर एक अर्कालाई अबिर लगाइ होली सुरु भएको घोषणा गरेका हुन्।

यस दिनमा पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होलीको आगमनको जनाउ दिने परम्परा रहेको छ।

यो वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र चैत १ गते परेको छ। २९ गते हिमाली र पहाडी जिल्लामा र १ गते तराई क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ।