पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
नेटिजन संवाददाता
- आइतबार, ३ चैत, २०८१- १०:५५:००/ Sunday 03-16-25

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार (चैत ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।