• सोमबार, ८ बैशाख, २०८२
  • १२:५०:२४

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन गरिएको छ । प्रदर्शनलाई ५० राज्य, ५० विरोध, एक आन्दोलनको नाम दिइएको छ ।

विरोधका लागि देशभर हजारौं मानिस सडकमा उत्रिएका छन् । ह्वाइट हाउस र टेस्ला डिलरशिप बाहिर र धेरै शहरका केन्द्रहरूमा प्रदर्शनकारी भेला भएर राष्ट्रपतिका पछिल्ला निर्णयहरुको विरोध गरेका हुन् ।

प्रदर्शनकारीहरुले एल साल्भाडोरमा निर्वासित गरिएका किल्मार आब्रेगो गार्सियालाई फिर्ताका लागि आह्वान गरेका छन् । अमेरिकामा राजनीतिक विरोध प्रदर्शनहरू सामान्य हुँदै गएका छन् । सर्वेक्षणहरूले ट्रम्पको लोकप्रियता घट्दै गएको संकेत गरेको छ ।बीबीसी ।