• आइतबार, ७ बैशाख, २०८२
  • ०८:२९:५२

आयामिक बिस्काजात्राका रौनक आख्यान

काठमाडौं ।मध्यकालीन नेपालको सांस्कृतिक सम्पदा बनेको बिस्काजात्राको रौनक युगीन आयाम बोक्छ । सांस्कृतिक सम्पदा रहेका चाडपर्वका धरोहर आफैँ स्थानीय जनजीवन रहे, बनेको हुन्छ । जहाँ युगीन जीवन छ, त्यहाँ युगीन संस्कार हुन्छ । जहाँ युगीन संस्कार हुन्छ, त्यहाँ जीवन्त संस्कारयुक्त संस्कृतिले ठाडे शिर राखेको हुन्छ ।

ठाडो मुन्टो लाउनुको हाम्रो भाषिक संस्कार अनुसार आत्मनिर्भर रहनु-रहन सक्नु हो । आत्मनिर्भर रहन मध्यकालीन संस्कृतिका साजबाजहरूमा स्थानीय साधनहरूकै प्रचुर प्रयोग गरेका थिए । 

 भैरव रथअगाडि एक बाङ्गिएको यामानको काठे अलङ्कार जडिएको हुन्छ । बाङ्गिएर माथि उठेको त्यो काठमा बेताल भैरवको मूर्ति जडानका आधारस्तम्भ नै हुन् । ढलौटको पहेँलो उट्पट्याङ मूर्ति तिनै बाङ्गे मचानमा कसिएको हुन्छ । एक-दुई युवक त्यस बेताल मूर्तिसित रथारोहण भएका हुन्छन् । ती युवाद्वयले भैरव रथ तान्न ‘होस्टे’ गरिरहेका हुन्छन् । 

 

बिस्काजात्रामा प्रयुक्त प्रविधि आफैँ मान्त्रिक, तान्त्रिक थिए । मान्त्रिकको अर्थ मन्त्रमूलक हुनु, गर्नु हो । मन्त्र भन्नु सैद्धान्तिक दर्शन र मान्यता अनुकूल गर्नु, गराउनु हो । अचेल हाम्रो जीवन युगले पाश्चात्य मूल्य अनुसार त्यसलाई सिद्धान्त भन्ने बुझ्ने गर्नु पर्छ । तान्त्रिक भन्नु साधना गर्नु हुन आउँछ ।

साधना गर्नु भनेको हामीले मन्त्र/सिद्धान्तलाई कसरी र कुन तवरले प्रयोग गर्ने विधिविधान तय÷किटान गरी प्रयोगमा ल्याउनु हो । यी कुरालाई बुझ्ने बुझाउने प्रयासमा फितलो भएर हामी हामीसितै लोप हुन थालेका छौँ । आङ्गलीय पद्धतिमा प्रयुक्त गरिएका हाम्रा पाठ्यव्रmम र शैक्षिक सामग्रीमा पूर्वीय वैदिक सिद्धान्तमूलक रत्ति पनि पठनपाठन विषयवस्तु समाहित भएका छैनन् ।

सिक्दै नसिकी यत्रो विसद वैभवशाली ज्ञान, प्रविधि जान्न सकिन्छ र ? यसमा राष्ट्रको तिलभर पनि चासो देखिन्न । भएको भए सांस्कृतिक ह्रास, अवनति हुने थिएन । बिस्काजात्राको आरम्भ भैरव–भद्रकाली रथहरूमा क्रमशः भद्रकाली अनि भैरवका धातु मूर्तिहरू मन्दिरबाट नगरको टौमढीको खुला आँगनमा ल्याई सार्वजनिक गरिन्छ । भैरव मूर्ति भैरवका रथमा भद्रकालीको मूर्ति भद्रकालीमा रथारोहण गरिन्छन् ।

यसमा रथारोहण कार्यका विधि छन् । ती अनेकानेक प्रव्रिmयालाई नै समाजले तान्त्रिक विधि भन्ने गरेका हुन् । प्राचीन शब्द, अर्थ र प्रयोगलाई युगले-हामीले वर्तमानसित रूपान्तरण गर्न नसकेर, नपाएर नेपाली संस्कृतिले आधुनिक समाजलाई बोध गराउन सकिरहेको छैन । दुवै भैरव, भद्रकाली रथ भक्तपुर नगरको मध्य भागमा रहेका खुला ठाउँ टौमढीमा निर्माण गरिन्छन् ठिक साइत–समय निर्धारण गरी । ठिक साइतको निर्धारण दैवज्ञराज/ज्योतिषी/ग्रहगणका चालबाल विज्ञले गर्छन् । ग्रह नक्षत्रका गति खगोलशास्त्रका आधारमा गरिन्छन् । यसलाई नेपाली पारम्परिक शब्दावलीमा साइत भन्ने गरिएको छ ।

बिस्काजात्राको यो आरम्भिक पहल चैत मसान्तका चार दिनअगाडिको गोधूलिपख हुन्छ । टौमढीस्थित भैरवमन्दिरबाट भैरवमूर्ति पारम्परिक मध्यकालीन बाजागाजा–मृदङ्ग, ढोलक, झ्याली, भुछ्या, मुहाली र तालबाजा बजाएर धुमधाम रौनक गरी मूल मन्दिरबाट सार्दै रथारोहण गरिनु अनेकमध्येका एक विधि रहेको छ । भैरव र भद्रकाली रथमा परम्परागत घाजिलं-जामासहितको पटुका, पगरी लगाएका मूल पुरोहित, मूल कर्माचार्य, मूल जोशी, मूल (नाइके) सिकर्मी आदि मात्र चढ्छन् ।

यो एक प्रकारको विधिवत् संस्कार/नियम हो । यो विधि/नियमभित्र केही मूलभूत मन्त्र-सैद्धान्तिक मान्यता छन्, मूल्य छन् । ती हुन्– रथ बिग्रिए भत्किए तत्काल मर्मतसम्भार गर्न सिकर्मी नाइकेका दफ्फा मिलेर तुरुन्त स्थलगत मर्मतसम्भारनिमित्त आवश्यक साजवाज ज्यावलहरू साथमै रथमा राखेका हुन्थे । दैवीशक्ति साधनामाथि आस्थावान् समाजसापेक्ष मूल पुरोहितले दैवीशक्तिप्रति भक्तिभावपूर्वक कुशल–मङ्गल कामना गर्नु उनका मर्यादित संस्कार बनेको हुन्छ । त्यसरी मूल कर्माचार्यले विधिवत् हुनु, गर्नुपर्ने कार्य ठिक दुरुस्त बनाउन निगरानी गर्छ ।

यसरी गरिने कार्यविधिलाई हामी अनुगमन भन्छौँ अचेल । प्राचीन परम्परालाई आधुनिक प्रचलनसित गाँसिएर, दाँजिएर अध्ययन, अवलोकन गर्न सक्दा परम्परागत विधिविधान युगसम्मत हुन आउँछ । विधिलाई आधुनिक प्रविधिसित दाँजी, मिलाई अध्ययन, अवलोकन अनि मूल्याङ्कन गर्दा शाब्दिक प्रयोग र प्रयोजनका मर्म खुल्न आउनु स्वाभाविक बन्छ । यसले परम्परा र वर्तमानबिच तादात्म्य कायम भएर अन्ध परम्परा भनिने गरिएका सोचविचारका बिच हातेमालो हुन सक्ने प्रचुर सम्भावना छन् ।

यसका लागि शिक्षण, अनुशिक्षण हुनु गरिनु अनिवार्य हुन आउँछ र यसको अभावमा सांस्कृतिक स्खलन हुनु स्वाभाविक हुन्छ, रहन्छ । संस्कारमा विकार घुस्न थाल्छन् । संस्कृतिमा विकृति घुसेर परम्परा पालन गर्नु नै हन्ता (प्रहार) बनेको भान पर्न पुग्छ । विकार र विकृति देखा पर्न थाल्छ यसरी । जानकारी, ज्ञान र बुझाइमै सांस्कृतिक प्रवर्धन । नासमझ, अज्ञान र अबुझमै विकार वर्धनका आधार बन्न पुग्छ । यसको दायित्व अब तहगत रूपमा स्थानीय सरकारको काँधमा विकेन्द्रित भए अनुरूप स्थानीय तह भरपूर उद्यत देखिन्छ ।

भैरव रथअगाडि एक बाङ्गिएको यामानको काठे अलङ्कार जडिएको हुन्छ । बाङ्गिएर माथि उठेको त्यो काठमा बेताल भैरवको मूर्ति जडानका आधारस्तम्भ नै हुन् । ढलौटको पहेँलो उट्पट्याङ मूर्ति तिनै बाङ्गे मचानमा कसिएको हुन्छ । एक-दुई युवक त्यस बेताल मूर्तिसित रथारोहण भएका हुन्छन् । ती युवाद्वयले भैरव रथ तान्न ‘होस्टे’ गरिरहेका हुन्छन् ।    

पृथ्वीनारायण शाहले गरेको एकीकरणपश्चात् भक्तपुरवासी अनेक कालखण्डमा राष्ट्रका विभिन्न ठाउँमा बसाइँसराइ भई नै रह्यो । यसको फलस्वरूप उनीहरूले ती ठाउँमा आफ्ना प्रिय जीवनदायिनी संस्कारयुक्त संस्कृति साथै लगी प्रतिष्ठापन गरेर बिस्का मनाउने परम्परा स्थापित गरे । बसाइँ सरेका प्रत्येकमध्ये ललितपुरेले मच्छिन्द्र, कान्तिपुरेले इन्द्रजात्रा मनाई पुख्र्याैली परिचय मासिन, नासिनबाट बचाइराखेका छन् अद्यापि । सांस्कृतिक पहिचान देशभित्र मात्र होइन, अन्तर्राष्ट्रमा पनि उस्तै रहँदा रहेछन् । 

 

मानौँ, तिनीहरू रथचालक हुन् । रथ तान्नेहरूलाई उनीहरू हःपा दिइरहेका हुन्छन् । दर्शक सहभागीहरू होस्टेमा हैँसे गर्दै रथ तान्न थाल्छन् । थकानका सुस्केरा भरी ‘घातु’ लयमा धुन मच्चाउन थाल्छन्... यतिविधि रसरङ्ग कहिले पो हुँदो हे दैव ! अचेलभरि त्यो धुनका भाकाबरी सुन्न पाइन्न । नयाँ पुस्तालाई यी भाका हाल्न आउँदैन । तिनलाई भाकाले माया मारे कि तिनले भाकालाई माया मार्ने धुन मच्चाए या संस्कारले जीवन–समाज सजिन नसकेर या जीवन्त समाजले संस्कृतिको मूल्यमान्यता बोध गर्न पाएर हो, दुवै बिलखबन्दीमा छन् यहाँ... !

भैरव रथ तानी टौमढी चोकमा उमङ्गसाथ । विशाल जनलहरका छाल तरङ्गित रहन्छन् त्यहाँ । पहिले पहिले उहिले जब आफैँ पनि रथ तान्न मदहोस हुन्थेँ । नठान्नुस् ‘मदहोस हुन्थेँ’ ले तेजेश्वरको होसका तेज लट्ठ लट्ठिएको । मदहोस मादक सेवनबिनाकै सांस्कृतिक लट्ठीपन बन्छ । सांस्कृतिक मदहोस त मादक पदार्थलाई पनि लट्ठ्याउने शक्तिशाली तरल तृष्टिका आनन्द सागर हुँदो रहेछ ।

यतिन्जेल आफैँ यहाँ सांस्कृतिक प्रसङ्गका संरचनामा मदहोस बनेर–मनमस्तिष्क प्याला चुसिरहेछु । कुनै एक साहित्यप्रेमी मित्रले फोनमा उद्गार पोखे– छुयाला, कचिला, ऐलाको चाड भैरव, भद्रकाली रथ तानातान, ढुङ्गा हानाहानको बिस्का ! हो यो भैरव भद्रकाली रथ तानातान ढुङ्गा हानाहानको जात्रामा परिणत भएर भक्तपुर नगरकै बदनाम हुन पुगेको छ । नगरको बदनाम भएर नगरवासी सबैको पनि मानसम्मानमा चिरा पारिदिएछ । सञ्चारमाध्यमले यसैतिर प्रसङ्ग जोडेर अन्र्तरक्रिया गर्ने गर्छन् ।   

भक्तपुर नगर र जिल्लै पनि आदि भक्तपुरवासीको मात्र नगर र जिल्ला रहेनन् अहिले नेपाल भरिकै नेपालीका समावेशी भक्तपुर बनेको छ । पुरानो माझिएको अविद्या अर्थवाचक उखान उर्लन्छ स्मृतिमा यो घडी– उठी उठी... गर्नेका सन्तानले घुमी घुमी गर्छ । त्यही भइरहेछ– बिस्काको आरम्भकै बेलुकी ...अब त बिलौना गर्न मन लाग्छ– ‘कस्तो सौहार्द जात्रा के हुन थालेछ, हे दैव !’

विसं २०२५ सम्मै रथ तान्दाका अक्षुण्ण हर्षोल्लास, अब हरे ! प्राणबिनाको लास झैँ हुन पुगेछु । सांस्कृतिक संरचनामा आघात हुनु राष्ट्रको वर्चस्वमै चोट पुग्नु हो । किन बुझ्दैनौँ यी आत्मघाती वितण्डा हामी... ? जनमनसित पुकार गर्न मन लाग्छ । हे जनता जनार्दन ! एक फेर सोधिदेऊ आफैँ अन्तरालसित 

प्रभु ! सांस्कृतिक नगरीको सांस्कृतिक मेलामै त्यस्तो बिभत्स वेदना खेप्नु नपरोस् । वर्चस्वशाली बिस्काजात्रा हेलाजात्रा बन्न नपरोस् ! हे आकाश र नीलवर्ण भैरवनाथ, हजुर त अन्तरीक्षयामिनी प्रभु...! शिवको उन्मत्त अवस्थाजन्य रूप 

भैरव ! उत्तेजक रव भैरव ! रव अर्थात् आवाज, निरव सुनसान– कुनै रव नभएको ! यी उन्मत्त भैरवका डब... डब ध्वनिले विश्रान्ति लिन्छ भैरवका रथ टौमढीबाट गाःहिति (खाल्डोको धारा) मा अडेपछि भैरव विश्रान्त ! सडकबाट अलिकति खाल्डो परेको स्थानमा भएको अजश्र पानी बग्ने ढुङ्गेधारालाई नेपाल भाषामा गाःहिति  भनिन्छ । भैरव रथ गाःहितिबाट चैत्र मसान्तका अपराह्न भेलुखेल–भेलुख्यः (भद्रकालीलाई नेपाल भाषामा भेलु भनिन्छ भने ख्यः चौर) लिङ्ग ठड्याउने स्थलसम्म तानिन्छ ।

भद्रकाली रथ पनि तानिन्छन् । टौमढीबाट भेलुखेलसम्मै उस्तै । गाःहितिदेखि भद्रकाली पीठ, जहाँ ५५ हात लामो यामानको लिङ्ग ठड्याइन्छ । त्यहाँ भिरालो भूबनोट छ । त्यहाँ रथमार्ग निर्मित छ । दुवैतिर दुई रथका पाङ्ग्रा मतापुमा गुडाउन । पानी ढल जस्तो आकारमा निर्मित रथमार्ग नेपालभाषामा खःलाँ (खः अर्थात् रथ, लाँ अर्थात् मार्ग) निर्माण विधि शाश्वत स्थानीय प्रविधि अजम्बरी बने, रहेको छ । भुइँमा बाक्ला ढुङ्गाहरू बिछ्याएर दायाँबायाँ दुवैतिर शिला स्तम्भहरूको किल्ला-गढ हाली बनाइएको रथमार्गलाई खःलाँ संज्ञाले जानिए, चिनिएको छ ।

प्रसङ्ग वार्षिक सांस्कृतिक चाडसित जोडिएको संस्कारमूलक खःलाँ-रथमार्ग बनेको छ । खःलाँ आफैँ पनि शाश्वत स्थानीय प्रविधि र साधनसित जोडिएको संस्कृतिका स्वरूप बनेको छ । सम्भवतः निर्माण प्रविधिका शाश्वत स्थानीय साधन परिचालन प्रसङ्ग रहे बनेको छ । स्थानीय सिप–साधन परिचालित भए, गरेर नै मध्यकालीन संस्कृति आमनेपालीबिच प्रिय र आकर्षण विन्दु बनको छ । वर्तमानसम्म आइपुग्दा मध्यकालीन संस्कृति नेपाली संस्कृतिको अभिन्न र वर्चश्वशाली संस्कृतिमै स्थापित हुन पुगेको छ । 

पृथ्वीनारायण शाहले गरेको एकीकरणपश्चात् भक्तपुरवासी अनेक कालखण्डमा राष्ट्रका विभिन्न ठाउँमा बसाइँसराइ भई नै रह्यो । यसको फलस्वरूप उनीहरूले ती ठाउँमा आफ्ना प्रिय जीवनदायिनी संस्कारयुक्त संस्कृति साथै लगी प्रतिष्ठापन गरेर बिस्का मनाउने परम्परा स्थापित गरे । बसाइँ सरेका प्रत्येकमध्ये ललितपुरेले मच्छिन्द्र, कान्तिपुरेले इन्द्रजात्रा मनाई पुख्र्याैली परिचय मासिन, नासिनबाट बचाइराखेका छन् अद्यापि । सांस्कृतिक पहिचान देशभित्र मात्र होइन, अन्तर्राष्ट्रमा पनि उस्तै रहँदा रहेछन् । 

 अब सहृदय पाठकवृन्द आफैँ अनुमान गर्न सक्षम बन्ने छन्– आकाश भैरवले भद्रकाली मानिएकी धरतीसितको सम्भोग अवस्थामा चित्रण गरिएको लिङ्ग, लिङ्ग गाड्ने दुलो– जलहरी र लिङ्गका शिरका झार अनि हात भनिएका काठे कण्डाका डन्डाका डल्लो झारका गेडाहरू । प्रत्यक्ष अवलोकन गर्न सकिने भएर पनि बुझ्न कठिन, साह्रो रहस्य सांस्कृतिक परिप्रेक्ष्यका अमूर्त पक्ष बन्छ ।

 

झन्डै ३८ वर्षअघि मेसिगन स्टेटका हलैन्ड सहर–बस्तीमा टुलिप्स् चाड हेर्न पुग्दा हलैन्डबाट बसाइँ सरेका हलैन्डर्सले त्यस चाडलाई पनि साथै प्रतिष्ठापन गरेका रहेछन् । संस्कृति सबै मानुष प्राणीका लागि नै प्रिय जीवनदायिनी बन्दो रहेछ ।

भैरव–भद्रकाली रथमा आरोहित जोडीका सार्थक उपस्थितिलाई साक्ष बनाई लिङ्गो ठड्याउने उत्सव मनाइन्छ । लिङ्ग भैरवका पुलिङ्गी प्रतीक बन्छ । लिङ्ग ठड्याउने पृथ्वी-भूमिमाथि जलहरी आकार पारी बनाइएको दुलो भद्रकालीको योनीको प्रतीक रहेको छ । लिङ्ग तान्दै तान्दै ठड्याउने जात्रामा भक्तपुरका युवा, मध्य वयस्कहरू सबै जुटेर ठड्याउँछन् लिङ्ग । लिङ्गको छाती भागमा दुई विशाल ध्वजा गाँसिएका हुन्छन् ।

लिङ्गको सिरानमा प्राकृतिक झार झन्डै कपाल जस्तै आकार पारी गुँठिएको हुन्छ । शिरका झार र हातका डल्ला झार प्रतीकात्मक छन् । यस प्रयोजनमा भैरव आकाशरूपी भैरव बन्छन् । भद्रकाली पृथ्वी बनिदिन्छ । आकाश नै भैरव अनि अवनी भद्रकालीका प्रतिरूप बन्छन् । यिनै प्रतिरूपलाई हामी प्रतीक भन्छौँ । यसरी बिस्काजात्रा मात्र भक्तपुरवासीको मात्र नभई आमनेपालीका साझा–सामूहिक लिङ्गोत्थान पर्व जचिन आउँछ । यथार्थमा यौन सम्भोग मनुष्य प्राणीका मात्र नभई यावत जल, थल नभचरहरूकै शाश्वत प्रवृत्तिमूलक चर्या बनेको छ ।

यिनै यौन सम्भोग क्रियालाई विम्ब दिई लिङ्ग ठड्याउने जात्राको अन्तःस्करणमा गढेको अमूर्त आख्यान बनेको छ । अब सहृदय पाठकवृन्द आफैँ अनुमान गर्न सक्षम बन्ने छन्– आकाश भैरवले भद्रकाली मानिएकी धरतीसितको सम्भोग अवस्थामा चित्रण गरिएको लिङ्ग, लिङ्ग गाड्ने दुलो– जलहरी र लिङ्गका शिरका झार अनि हात भनिएका काठे कण्डाका डन्डाका डल्लो झारका गेडाहरू । प्रत्यक्ष अवलोकन गर्न सकिने भएर पनि बुझ्न कठिन, साह्रो रहस्य सांस्कृतिक परिप्रेक्ष्यका अमूर्त पक्ष बन्छ । शनिवारको गोरखापत्र दैनिकबाट।