• शनिबार, १३ बैशाख, २०८२
  • ०४:५३:४८

सामूहिकतामा विश्वास गर्ने चेपाङ

काठमाडौं ।अतिसीमान्तकृत आदिवासी जनजातिका रूपमा सूचीकृत चेपाङको मूल थातथलो धादिङ, चितवन, मकवानपुर र गोरखा जिल्लामा छ । तथापि बसाइँसराइका कारण २६ भन्दा बढी जिल्लामा चेपाङ जातिको बसोबास फैलिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले सूचीकृत गरेका ५९ जातिमा चेपाङलाई अतिसीमान्तकृत सूचीमा राखेको छ ।

२०६८ सालको जनगणना अनुसार उनीहरूको जनसङ्ख्या ६८ हजार नौ सय रहेको थियो । २०७८ सालको जनगणनामा चेपाङको जनसङ्ख्या ८४ हजार ३६४ पुगेको छ । यसमा महिला ४१ हजार ६०६ र पुरुष ४२ हजार ७५८ रहेका छन् । यस तथ्याङ्कले उनीहरूको जनसङ्ख्या बढ्दो अङ्कमा रहेको देखाउँछ ।   

 मानवशास्त्री डोरबहादुर विष्ट (२०३०) ले चेपाङहरू मङ्गोल वर्णका भएको हुँदा पूर्वका राई र लिम्बूसँग नजिक सम्बन्ध भएको बताएका छन् । बेलायती नागरिक हड्सन् (१९४८) ले चेपाङलाई भग्न जाति र भाषिक आधारमा भुटानका ल्होपाज जस्तै हुन् भनेको देखिन्छ । तथापि केही चेपाङ आफूलाई राम लक्ष्मणका सन्तान भएको किंवदन्ती सुनाउँछन् । 

 

त्रिभुवन विश्वविद्यालयद्वारा ‘चेपाङ संस्कृति’ का बारेमा जुन १९७१ मा प्रकाशित  लेखलाई आधार मान्दै सूचना विभागद्वारा २०३१ सालमा प्रकाशित मेची महाकाली (भाग २) मा चेपाङ जातिबारे चर्चा गरिएको छ । सो लेखमा ‘चेपाङ जाति तन्त्र–मन्त्रमा पूरा विश्वास राख्छन्’ भनिएको छ ।

चेपाङ जाति पाएसम्म जडीबुटी, कन्दमूल खाई गुजारा गर्ने र पहाडी भिरालो जग्गामा बस्न रुचाउने भनेर सो पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा लेखिएको छ,  मासु खुबै रुचाउने चेपाङ जाति मकवानपुर जिल्लाको कटुञ्जे, राक्सीराङ, काकडा र डाँडाखर्कमा बसोबास रहेको छ । 

सूर्यमणि अधिकारीले ‘चितवन जिल्लाका चेपाङहरू र उनीहरूको स्थानीय नेतृत्वको स्वरूपबारे एक अध्ययन (२०३४)’ मा “हेर्नमा साह्रै सरल, सोझा, साधारण र बोल्नमा रसिला यी जाति आफूलाई आर्य सम्झन्छन् तर आकृतिको दृष्टिले मङ्गोल जस्ता देखिन्छन्,” भनिएको छ । उनले सो अध्ययनमा “चेप्टो अनुहार, नेप्टो नाक, छोटो कद र अन्य मङ्गोलभन्दा केही काला देखिन्छन् । कसैको मगरसँग र कसैको थारूसँग अनुहार मिल्दोजुल्दो भेटिन्छ,” भनी लेखिएको छ ।  

भोजराज थपलियाले ‘चेपाङ जाति एक परिचय’ (२०४४) मा “आफूलाई चेपाङ भन्नुभन्दा प्रजा शब्दले पुकारेको सुन्न यिनीहरू रुचाउँछन्,” भनी उल्लेख गरेका छन् । उनले पुस्तकमा मिकाइलोभस्की र मजौवनका अनुसार सन् १९२४ मा दास प्रथा उन्मूलन भएपछि पहिले दास सरह व्यवहार गरिएका अति पिछडिएका अल्पसङ्ख्यक जनजातिलाई प्रजा शब्द प्रयोग गरिएको थियो । जस अनुसार चेपाङलगायत कुसुन्डा, दरै, कुमाल, माझी र थामीलाई पनि प्रजा शब्द प्रयोग गरिन्छ, भनेर किटान गरेको पाइन्छ । 

राममणि ढुङ्गेलले ‘चेपाङ समुदाय र संस्कृति’ (२०५१) पुस्तकमा, “धेरै समयको अन्तरालपछि मात्र खेती थालेकाले अन्य टाठाबाठा जातिले उब्जाउ जग्गा आफ्नो अधीनमा पारिसकेपछि भिर, पाखा र खोरिया जग्गा मात्र यिनीहरूको हातमा परेको जस्तो देखिन्छ, जसले गर्दा यिनीहरूमा गरिबी व्याप्त छ,” भनेका छन् । 

आदिवासी जनजाति अध्ययन (२०७९) मा कुमार यात्रु तामाङले ‘जैविक खाद्यस्रोतमा निर्भर आदिवासी चेपाङ ज्ञान’ शीर्षक लेखमा, “चेपाङहरूको जीविका र उनीहरूको संस्कृतिका आधारमा कृषि युगमा प्रवेश गर्दै गरेका मानव समुदाय मान्न सकिन्छ । वनमा उत्पादन हुने वनजन्य खाद्यस्रोतमा निर्भरता हुने विशेषता चेपाङ समुदायमा पाइन्छ,” भनेका छन् । 

उनका अनुसार चेपाङले वनजन्य सागसब्जीमा सिस्नु (नेलाउ), वनमकै (मालकागुनो), बेथुको साग (युन्छा), कागुनो (आइम), सामा (साङ) आदि वनस्पतिलाई खाद्यका रूपमा प्रयोग गर्ने गरेका छन् । निगुरो टाँकीको साग पनि चेपाङ सागपातमा पर्छन् । खोला, नदी तथा खोल्सामा पाइने जलचरको शिकार गर्ने उनीहरूको अर्को परम्परा हो । उनीहरू गङ्गटा, माछा, चेपा आदि जलचरको शिकार गरेर खाने गर्छन् ।  

को हुन् चेपाङ ?

मानवशास्त्री डोरबहादुर विष्ट (२०३०) ले चेपाङहरू मङ्गोल वर्णका भएको हुँदा पूर्वका राई र लिम्बूसँग नजिक सम्बन्ध भएको बताएका छन् । बेलायती नागरिक हड्सन् (१९४८) ले चेपाङलाई भग्न जाति र भाषिक आधारमा भुटानका ल्होपाज जस्तै हुन् भनेको देखिन्छ । तथापि केही चेपाङ आफूलाई राम लक्ष्मणका सन्तान भएको किंवदन्ती सुनाउँछन् ।   

 छोनाममा भोज खाने, रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ । प्रकृति पूजक चेपाङले सिमेभूमे पूजासमेत गर्छन् । खेतीबाली लगाउनुअघि भूमिपूजा र मकैबाली पाकिसकेपछि सबैभन्दा पहिलो नजिकैको थानीभूमिलाई चढाउने चलन छ । ज्येष्ठ पूर्णिमालाई चेपाङ जातिले विशेष रूपमा मनाएको पाइन्छ । 

 

रामायणमा राम र सीताका दुई छोरा लव र कुशमध्ये लवको सन्तान लहरी हुँदै चेपाङ भएको र कुशको सन्तान कुसुन्डा भएको मान्यता केही चेपाङमा रहेको छ । यस धारणाप्रति मानवशास्त्री सहमत छैनन् । तथापि चेपाङ को हुन् र कहाँबाट आए भन्ने सन्दर्भमा अझै निक्र्योल हुन नसकेको विषय बनेको छ । 

चेपाङ जातिमा मुख्य गरी कछारे र पुकुन्थली दुई थरी जातथर पाइन्छ । कछारेहरू आफूलाई सुन प्रजा भन्न मन पराउँछन् । चेपाङमा ‘च’ को अर्थ कुकुर र ‘पाङ’ को अर्थ धनुकाँण हुन्छ । चेपाङका घर घरमा कुकुर पाल्ने र धनुकाँणले शिकार खेल्ने हुनाले चेपाङ थर रहन गएको मान्यतासमेत रहेको छ ।

केहीले चेपाङ नाम ‘च्योवाङ’ शब्दबाट आएको भन्ने पनि छन् । ‘च्यो’ भन्नाले टुप्पा वा माथि र ‘वाङ’ भन्नाले ढुङ्गा या चट्टान भन्ने अर्थ दिन्छ । यसरी चेपाङ या च्योवाङ शब्दले चट्टान वा पहाडमाथि बसोबास गर्ने जातीय समूह हो भनी बुझिने तर्कसमेत पाइन्छ । 

चेपाङ कि प्रजा

२०३४ सालमा तत्कालीन राजा वीरेन्द्रले प्रजा विकास कार्यक्रम घोषणा गरेपछि चेपाङका रूपमा चिनिएका जाति ‘प्रजा’ का रूपमा चिनिन थालिए । यो कार्यक्रम आर्थिक वर्ष २०३५/३६ देखि मकवानपुर जिल्लामा सुरु भएको थियो । त्यसपछि चितवन, धादिङ र गोरखा जिल्लामा कार्यक्रम लागू गरिएको पाइन्छ । यस कार्यक्रमले चेपाङ जातिलाई ‘प्रजा’ का रूपमा चिनिन थालियो । 

नेपाल आदिवासी जनजाति महासङ्घको स्थापना (२०४७) पछि २०५५ सालमा नेपाल चेपाङ सङ्घ गठन हुन पुग्यो । सङ्घको स्थापनापछि ‘प्रजा’ भनिँदै आएकाहरू ‘चेपाङ’ जातिका रूपमा परिचय दिन थाले । नेपाल सरकारले पनि नागरिकतामा प्रजा भए चेपाङ लेख्न सकिने गरी नागरिकता दिन परिपत्र गरेको थियो । 

केही चेपाङ अगुवाको धारणा के छ भने वनकरिया पनि चेपाङ हुन् । तथापि वनकरिया जातिले यो तर्क स्वीकार गर्दैनन् । वनकरिया भनिनेले यस पहिचानलाई अस्वीकार गरेको पाइन्छ । उनीहरू आफूलाई ‘च्योवङ’ भएको दाबी गर्न थालेका छन् । २०७९ साल कात्तिक २६ गते हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा ‘च्योवङ राष्ट्रिय परिषद्’ गठन भएको जानकारी दिइएको थियो ।

छोनाममा रमाउने

चेपाङ जातिले छोनाम (न्वाँगी) पर्व विशेष रूपमा मनाउँछन् । राममणि ढुङ्गेलले ‘चेपाङ समुदाय र संस्कृति’ पुस्तकमा ‘चोनाम’ भनेका छन् ।

हरेक वर्ष भदौ २२ गते मनाइने छोनाममा सार्वजनिक बिदा दिने गरिएको छ । बागमती प्रदेश सरकारको २०७८ साल चैत ९ गतेको निर्णय अनुसार चेपाङ बाहुल्य मकवानपुर, चितवन र धादिङ तीन जिल्लामा बिदा दिने गरिएको छ । भदौ पूर्णिमाका दिन चेपाङ समुदायले घर घरमा न्वाँगी मनाउने गरिएको थियो । 

नयाँ अन्नपात र फलफूल पितृलाई नचढाई खान हुन्न भन्ने धार्मिक मान्यता चेपाङ समुदायमा छ । त्यसरी नयाँ अन्नपात र फलफूल पितृलाई चढाउने र नयाँ अन्न खाने दिन नै छोनाम हो । छोनाम पर्वमा घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ ।

छोनाममा भोज खाने, रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ । प्रकृति पूजक चेपाङले सिमेभूमे पूजासमेत गर्छन् । खेतीबाली लगाउनुअघि भूमिपूजा र मकैबाली पाकिसकेपछि सबैभन्दा पहिलो नजिकैको थानीभूमिलाई चढाउने चलन छ । ज्येष्ठ पूर्णिमालाई चेपाङ जातिले विशेष रूपमा मनाएको पाइन्छ ।     

आदिवासी जनजाति अध्ययन (२०७९) मा कुमार यात्रु तामाङले लेखेका छन्, “सामान्यतयाः चिउरीको रुखमा बास बस्ने चमेराको शिकार गर्ने चेपाङ ज्ञान रहेको छ । यसलाई पासोमा पार्ने विशेष सिप उनीहरूले प्रदर्शन गरेका छन् । यसैले चेपाङ, चिउरी र चमेराको विशेष सम्बन्ध रहेको भनाइ चेपाङ समाजमा प्रचलित छ ।”

 

राममणि ढुङ्गेल (चेपाङ समुदाय र संस्कृति, २०५१) का अनुसार ज्येष्ठ पूर्णिमा पर्वका लागि कुखुराको पनि व्यवस्था गर्नु पर्दछ किनकि यस पर्वको महìव विशेषगरी कुखुराको भोग लगाएर देवीदेवता पुज्नु वा खुसी पार्नुमा रहेको देखिन्छ । पूर्णिमाको दिन यिनीहरू कालिका, मालिका आदि देवी र गैडुको स्थानमा कुखुरा बलि दिने गर्छन् । यसै सिलसिलामा आफ्नो गच्छे अनुसार देवीको मन्दिरमा कुखुरा लगेर काट्ने समेत गरिन्छ । 

यसका साथै कोठसाइ र गैडुलाई पनि कुखुराको भोग दिनु पर्दछ । यसबाहेक यिनीहरूले आफ्ना आइपरेका विभिन्न समस्या निवारणार्थ देवदेवीमा भोग चढाउँला भनी भाकलसमेत गरेका हुन्छन् सो अनुसार उक्त स्थानमा समेत अनिवार्य रूपमा भोग चढाउनुपर्ने हुन्छ र चढाउँछन् पनि ।

अन्य जातिको सम्पर्क र प्रभावले दशैँ, तिहारमा पनि रमाउने चेपाङले साउने सङ्क्रान्तिलाई महत्वसाथ मनाउँछन् । अनिकालका दिन सकिएर सहकालको दिन आगमनको शुभारम्भको चाडका रूपमा चेपाङले साउने सङ्क्रान्ति मनाउँछन् । त्यस्तै माघेसङ्क्रान्तिलाई चेपाङ जातिले निराशाको पर्वका रूपमा मनाउने गरेको राममणि ढुङ्गेलले ‘चेपाङ समुदाय र संस्कृति’ (२०५१) मा उल्लेख गरेका छन् । 

उनका अनुसार अभाव, अनिकाल र विभिन विपन्नताले ग्रसित चेपाङमा यो चाड मनाउने प्रक्रिया आफ्नै छ । विशेष गरी फागुनदेखि असारसम्म यिनीहरूलाई अनिकालले 

अँचेट्छ । एक किसिमले माघेसङ्क्रान्ति यिनीहरूका लागि अभाव र दुःखको सुरुवातको सङ्केत हो । यसैले यिनीहरू यो पर्व दुःखका रूपमा अर्थात् साउने सङ्क्रान्तिको ठिकविपरीत रूपमा मनाउँछन् । 

विशेष गरी कान्द्राङखोला र ताल्तीखोलाका चेपाङमा यो पर्व मनाउँदा उत्साह र उमङ्ग होइन निराशा र हतोत्साहको भावना सलबलाएको पाइन्छ । आफ्ना छोरीबेटी र दिदीबहिनीलाई डाकेर विशेष भोज खान्छन् र खुवाउँछन् । चेपाङ जातिले देउकुल मान्ने पनि गर्छन् । उनीहरूको देउकुलमा सुँगुर बलि दिने गर्छन् ।

चेपाङ र चिउरी

चेपाङ बस्तीमा चिउरीका बोट प्रशस्त पाइन्छ । चिउरी बहुउपयोगी पनि छ । यसको घाँस गाईवस्तुलाई खुवाउन उपयोगी मानिन्छ । चिउरी फल खान र यसको गेडाबाट घिउ निकाल्न सकिन्छ । चिउरीको जङ्गल क्षेत्रमा माहुरीसमेत रमाउने भएकाले चेपाङका घरमा माहुरीका घारसमेत देखिन्छन् । त्यसैले चेपाङले बिहेमा छोरीलाई चिउरीको बिरुवा दाइजो दिने चलनसमेत रहेको छ । 

आदिवासी जनजाति अध्ययन (२०७९) मा कुमार यात्रु तामाङले लेखेका छन्, “सामान्यतयाः चिउरीको रुखमा बास बस्ने चमेराको शिकार गर्ने चेपाङ ज्ञान रहेको छ । यसलाई पासोमा पार्ने विशेष सिप उनीहरूले प्रदर्शन गरेका छन् । यसैले चेपाङ, चिउरी र चमेराको विशेष सम्बन्ध रहेको भनाइ चेपाङ समाजमा प्रचलित छ ।”

चेपाङ भाषामा चिउरीलाई ‘योसी’ भनिन्छ । चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० समेत तयार पारिएको छ ।   

 चेपाङ समुदायमा लोकसाहित्य र लोकसङ्गीतको प्रभाव ज्यादै छ । उनीहरू चाडपर्व, मेलापातमा आफ्नै शैलीका लोकलयका भाका हाल्छन् । युवकयुवतीबीच ठट्टामस्की र प्रेममय दोहोरी गाउने चलन पनि यो समुदायमा छ । मागेर र मन मिलेपछि भागेर बिहेवारी गर्ने चलन यो समुदायमा छ ।

 

भाषा, धर्म र संस्कृति

चेपाङ जातिको आफ्नै भाषा, वेशभूषा, संस्कृति र चालचलन छन् । उनीहरूसँग परम्परागत ज्ञान र सिप छ । तथापि उनीहरूको लिपी पाइएको छैन । ध्रुव अधिकारीले सङ्कलन तथा सम्पादन गरेको ‘चेपाङ सङ्क्षिप्त शब्दकोश आधारभूत व्याकरण’ (२०७३) प्रकाशित छ । आर्थिक, सामाजिक, राजनीतिक रूपमा पिछडिएको चेपाङ जाति धर्म परिवर्तनको डरलाग्दो चपेटामा परेको छ । 

चेपाङ जातिमा सामूहिक रूपमा माछा मार्न जाने ‘बाहाबिस’ संस्कृति पनि छ  । त्यसका लागि स्थानीय वनस्पतिको प्रयोग गरी विषसमेत बनाउँछन् । उनीहरूले माछा मार्ने कार्यलाई एउटा उत्सवकै रूपमा मनाउने गरिएको पाइन्छ । माछा मार्न जाने दिनको टुङ्गो गरिएपछि महिला, पुरुष, बालबालिका सबै रमाइलो गर्दै खोलामा पुग्छन् । 

तथापि व्यक्तिगत रूपमा पनि चेपाङले हथौडी, बल्छी, जाल र ढडिया प्रयोग गरी माछा मार्ने गर्छन् । त्यसै गरी उनीहरूमा सामूहिक शिकारमा जाने संस्कृतिसमेत छ । सामूहिक शिकारमा जानुअघि गुरुले विधिपूर्वक तयारी गर्छन् । शिकार गरेपछि पनि गुरुले देवीदेवतासँग क्षमा माग्दै आगामी दिनमा पनि सजिलै यसै गरी शिकार परोस् भनेर पूजाप्रार्थना ‘सेवामरु’ गर्छन् । 

चेपाङ समुदायमा लोकसाहित्य र लोकसङ्गीतको प्रभाव ज्यादै छ । उनीहरू चाडपर्व, मेलापातमा आफ्नै शैलीका लोकलयका भाका हाल्छन् । युवकयुवतीबीच ठट्टामस्की र प्रेममय दोहोरी गाउने चलन पनि यो समुदायमा छ । मागेर र मन मिलेपछि भागेर बिहेवारी गर्ने चलन यो समुदायमा छ । मेलापर्व वा मेलापात जाँदा केटाले केटीलाई फकाउँदै यसरी लोक भाका गाउँछन्,

आहमै भूमि दिङ् आहमै सिमै दिङ्

नाङको राजा काई नाङको रानी काइ

नौलाङ गाम्बैची भूमि गाम्बैची दिङ्

आहमै देवी दिङ सात देवीइ

मन भूङको भूङ चित्त भूङको भूङ

देवी भूबैची पठै भूबैची ।  युवामञ्चबाट