• शनिबार, १३ बैशाख, २०८२
  • ०४:५२:१८

वेद शब्दको अर्थ र उत्पत्ति

काठमाडौं। वेद शब्दको शाब्दिक अर्थ वेद्यते धर्मादिपुरुषार्था अनेन इति वेदु अर्थात् जसबाट धर्मादि पुरुषार्थलाई राम्रोसङ्ग जान्न, बुझ्न र केलाउन सकिन्छ, त्यसैलाई वेद भनिन्छ भन्ने हुन्छ । त्यसै गरी वेदको शाब्दिक विश्लेषण गरी हेर्दा वंईंद हुन्छ र यसको अर्थ वस्य या लक्ष्या ददाति इति वेद अर्थात् जसले बल र कान्ति दिन्छ, त्यसैलाई वेद भनिन्छ भन्ने हुन्छ ।

अर्को शब्दमा भन्नुपर्दा अज्ञानरूपी, आलस्यरूपी र पौरुषहीन निन्द्राबाट जसले ब्यूँझ, उठ, जाग भनेर जगाउँछ, त्यसैलाई नै वेद भनिन्छ भन्ने हुन्छ । वेदलाई वे अभिलाष यस्य स शिव, तस्य द वेद अर्थात् जसले हिमालय पर्वतमा बस्न इच्छा गर्ने शिवलाई प्राप्त गर्दछ, त्यसैलाई वेद भनिन्छ । त्यसैकारणले ईश्वरसङ्ग साक्षात् भेट गर्ने प्रमुख साधनको नाम नै वेदलाई मानिएको हो।   

आगम, यामल र मुख्य भाग गरी तीन भागमा विभाजित तन्त्रशास्त्रलाई मूलरूपमा यामल भनिन्छ । भगवान् शिवद्वारा रचना गरिएको तन्त्रशास्त्रमा सृष्टि, प्रलय, देवताको पूजा, सत्कर्मको साधन, पुरश्चरण, षटकर्म साधन र चार प्रकारको ध्यानयोगको समेत वर्णन भएको तन्त्र शास्त्रलाई आगम भनिन्छ भने सृष्टि तत्व, ज्योतिषी, नित्यकर्म, सूत्र, वर्णभेद र युग धर्मको वर्णनलाई यामल भनिन्छ ।

 

यसै गरी वेदको अर्को अर्थ वस्य= राहो, इम्= अमृत पानस्याभिलाषम्, द = द्यति खण्डयतीति वेद अर्थात् राहु नामक दानवको अमृतपान गर्ने इच्छालाई खण्डन गर्ने विष्णुलाई वेद भनिन्छ । यसैकारण वेदको स्वरूप नै विष्णुलाई मानिएको छ । फेरि धर्म, अर्थ र कामलाई खण्डन गरेर मोक्षमा पुऱ्याइदिने ज्ञानलाई पनि वेद भनिन्छ । श्वेताश्वैतरोपनिषद्मा उल्लेख भएअनुसार सृष्टिको सुरुबाटै ब्रह्माबाट बोलिएका अर्तिमय वाणीहरूलाई वेद भनिएको हो ।

वंईंदबाट विद् धातु बन्न जान्छ र यही विद् धातुबाट वेद शब्द बनेको हो । वेद विश्वकै पहिलो पुरानो लिखित ग्रन्थ हो भने वेदपछिको दोस्रो लिखित ग्रन्थ उपनिषद् हो र उपनिषद्‌को लेखन काल इसापूर्व ३००० देखि २०० वर्षसम्म रहेको छ । उपनिषद्‌को अर्थ सङ्गै बस्नु हो । प्राचीन समयमा जङ्गलमा रहेका गुरुकूलहरूमा गुरुले शिष्यहरूलाई पढाएका कुराहरूको उपदेशको सङ्ग्रह नै उपनिषद् हो । वेद शब्दको शाब्दिक अर्थ ज्ञान प्राप्त गर्नु हुन्छ । यसैले ज्ञान प्राप्त गर्नु नै वेदत्व प्राप्त गर्नु हो ।

यसै गरी वेदको अर्थ लाभ प्राप्त गर्न पनि हुन्छ । किनभने धर्म, अर्थ काम, मोक्षसम्बन्धी लाभ जसबाट प्राप्त हुन्छ, त्यसैलाई वेद भनिन्छ । सत र असत्को विचार प्राप्त हुनुलाई पनि वेद भनिन्छ । यसैकारणले आजभन्दा तीन लाख वर्ष पहिले नै वेदको उत्पत्ति भएको मानिएकाले जसरी पृथ्वीमा मानव उत्पत्तिपछि सर्वप्रथम स्वरको रूपमा ॐकार प्रस्फुटन भएको थियो त्यसै गरी सम्पूर्ण पृथ्वीवासीको पहिलो वाङ्मयरूपी वाणी नै वेद हो, पहिलो शब्द नै वेद हो र पहिलो साहित्य पनि वेद नै हो भनेर मानिएको छ ।

वेदलाई आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूलस्रोत मानिएको छ । सृष्टिको सुरुबाटै एक पुस्ताबाट अर्को पुस्ता हुँदै श्रुति परम्पराबाट वेद आएको हो अर्थात् गुरुबाट चेलाहुँदै श्रवणको आधारमा यो श्रुति शास्त्र चलिरह्यो । यसरी सुन्ने र सुनाउने परम्पराबाट सर्दै आएकोले वेदलाई श्रुति भनिएको हो ।

श्रुति-स्मृतिपरम्पर मा आधारित वेदलाई भगवान् विष्णुका २४ अवतारमध्ये सत्रौं अवतार लिएर जन्मेका (पिता ऋषि पराशर र माता सत्यवतीका पुत्र) महर्षि व्यासले चार भागमा विभाजन गरी लिखित रूपमा वर्तमान ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको रूप दिएका हुन् । ऋग्वेदमा इतिहासबारे, सामवेदमा सङगीतबारे, यजुर्वेदमा पूजाआजाबारे र अथर्ववेदमा औषधिबारे बताइएको छ ।

हरिवंश पुराणअनुसार ब्रह्माको आँखाबाट ऋग्वेद र यजुर्वेद, जिब्राबाट सामवेद र निधारबाट अथर्ववेद प्रकट भएको मानिए तापनि व्यासभन्दा पहिला वेदको रूप एउटै थियो । यी वेदहरू प्रकट हुनासाथ आ(आफ्ना क्षेत्रको प्रतिनिधित्व र उपलब्धि गरेका हुनाले यिनलाई वेद भनिएको हो । 

 स्वामी दयानन्द सरस्वतीले ऋग्वेदादिभाष्य ग्रन्थको भूमिकामा बताएअनुसार जसबाट सम्पूर्ण मानवले सत्य विद्या अर्थात् ईश्वरीय ज्ञान जान्दछन्, प्राप्त गर्दछन्, विचार गर्दछन् अथवा विद्वान् हुन्छन् अथवा ईश्वरीय ज्ञान प्राप्तिका लागि सदा-सर्वदा तल्लीन रहन्छन्, त्यसैलाई वेद भनिन्छ । 

 

आगम, यामल र मुख्य भाग गरी तीन भागमा विभाजित तन्त्रशास्त्रलाई मूलरूपमा यामल भनिन्छ । भगवान् शिवद्वारा रचना गरिएको तन्त्रशास्त्रमा सृष्टि, प्रलय, देवताको पूजा, सत्कर्मको साधन, पुरश्चरण, षटकर्म साधन र चार प्रकारको ध्यानयोगको समेत वर्णन भएको तन्त्र शास्त्रलाई आगम भनिन्छ भने सृष्टि तत्व, ज्योतिषी, नित्यकर्म, सूत्र, वर्णभेद र युग धर्मको वर्णनलाई यामल भनिन्छ ।

यामलतन्त्र पनि ब्रह्मा, विष्णु, रूद्र, लक्ष्मी, उमा, स्कन्द, गणेश, ग्रहपरक गरी आठ प्रकारका हुन्छन् । त्यसै गरी सृष्टि, लय, मन्त्र, निर्णय, तीर्थ, आश्रमधर्म, कल्प, ज्योतिषशास्त्र, व्रतकथा तथा आध्यात्मिक नियमको वर्णनलाई मुख्य तन्त्र भनिन्छ । यामल शब्द यमलबाट बनेको हो । यमलको अर्थ जोडा अथवा जुम्ल्याहा हुन्छ ।

जोडा भन्नाले देवता र उनकी शक्ति (पत्नी) को परस्पर संवाद भन्ने बुझिन्छ । अतः तन्त्रशास्त्रानुसार हिन्दूहरूको प्रमुख धार्मिक ग्रन्थ वेद यामल तन्त्रबाट उत्पन्न भएको हो । यसमध्ये रूद्र यामलबाट ऋग्वेद, विष्णु यामलबाट यजवेद, ब्रह्म यामलबाट सामवेद र शक्ति यामलबाट अथर्ववेदको उत्पत्ति भएको हो ।

चार वेदका चार शक्ति रहेका छन् । ऋग्वेदकी शक्तिको नाम र्इति, यजुर्वेदकी शक्तिको नाम धृति, सामवेदकी शक्तिको नाम शिवा र अथर्ववेदकी शक्तिको नाम शक्ति रहेको छ ।

वेदका मन्त्र संहिता, ब्राह्मण ग्रन्थ, आरण्यक, सूत्र ग्रन्थ, प्रातिशाख्य र अनुक्रमणी गरेर छ भाग छन् । वेद मन्त्रको सबैभन्दा मन्द स्वरलाई प्रथम स्वान् भनिन्छ भने वेद पढ्न विधिपूर्वक आरम्भ गर्नुलाई उपकर्म भनिन्छ । यसै गरी वेद पढ्दा मुखवाट निस्केको छिटालाई ब्रह्मविन्दु भनिन्छ भने भर्खरै वेद पढ्न सुरु गर्नेलाई शैक्ष भनिन्छ । वेदको साङ्गो-पाङ्गो लगाएर पढ्नेलाई अनुचान भनिन्छ भने वेदको साङ्गो-पाङ्गो लगाएर पढाउने गुरुलाई आचार्य भनिन्छ ।

स्वामी दयानन्द सरस्वतीले ऋग्वेदादिभाष्य ग्रन्थको भूमिकामा बताएअनुसार जसबाट सम्पूर्ण मानवले सत्य विद्या अर्थात् ईश्वरीय ज्ञान जान्दछन्, प्राप्त गर्दछन्, विचार गर्दछन् अथवा विद्वान् हुन्छन् अथवा ईश्वरीय ज्ञान प्राप्तिका लागि सदा-सर्वदा तल्लीन रहन्छन्, त्यसैलाई वेद भनिन्छ । 

 सतपथ ब्राह्मण ग्रन्थमा उल्लेख भएअनुसार ऋग्वेद अग्निबाट, यजुर्वेद वायुबाट र सामवेद सूर्यबाट प्रकट भएका हुन् । मुण्डकोपनिषद्मा उल्लेख भएअनुसार ऋग्वेदसमेतका चारै वेद तथा इतिहास, पुराणसमेतलाई अपरा विद्या अर्थात् लौकिक विद्या अर्थात् व्यवहारिक विद्या भनिन्छ । यो ज्ञानरूपी वेद प्रलयकालको समयमा पनि ॐकार रूपमा रहिरहन्छ ।

 

मानव जीवनको प्रारम्भमा ऋषिहरूले आफ्ना इन्दियहरूद्वारा प्रत्यक्ष रूपमा ईश्वरीय ज्ञान अर्थात् साक्षात्कार प्राप्त गदर्थे । जुन व्यक्तिले आफ्नो योगबल तथा तपोबलद्वारा ईश्वरीय ज्ञान प्राप्त गर्दथे, त्यस्तो ज्ञानलाई वैदिक ज्ञान भनिंदै आइएको छ र त्यस्तो वैदिक ज्ञान प्राप्त गर्ने व्यक्तिहरू ऋषि-मुनि कहलाएका हुन् । यस्तो वैदिक ज्ञान भएको ऋचा वा वाक्यलाई मन्त्र भनिन्छ ।

ज्ञानार्थक, विचारार्थक र सत्कारार्थक गरी तीन प्रकारका मन्त्र हुन्छन् । यी तीनप्रकारका मन्त्रहरूको समष्टिगत रूप नै वेद हो। यसैले वेदले ईश्वरीय ज्ञानको अभिव्यक्ति गदर्छ । ऋग्वेदको अर्थ प्रार्थना गर्नु हुन्छ भने यजुर्वेदको अर्थ यज्ञ-यागादि गर्नु हुन्छ । यसै गरी सामवेदको अर्थ शान्ति स्थापित गर्नु हुन्छ । मनु संहितामा उल्लेख भएअनुसार ऋग्वेद, यजुर्वेद र सामवेदलाई संयुक्त रूपमा वेदत्रयी भनिन्छ ।

यी वेदत्रयीको अतिरिक्त जादु-टुनामुनाजस्ता लौकिक कार्य समावेश भएको अर्को वेदलाई अथर्ववेद भनिन्छ । यो अथर्ववेदसमेतको चारवटै वेदलाई मिलाएर चतुर्विध अर्थात चतुर्वेद भनिन्छ । प्रत्येक वेदमा संहिता, ब्राह्मण, आरण्यक र उपनिषद गरी चार वाङ्मय रहेका छन ।

संहितामा वैदिक स्मृतिको, ब्राह्मणमा मन्त्रको, आरण्यकमा वानप्रस्थको र उपनिषदमा दार्शनिक व्याख्याको प्रस्तुति गरिएको छ । चारै वेदका कैयौ शाखाहरू रहेका छन् । ऋग्वेदका शाकल, वाष्कल, आस्वलायन, शाङ्खायन र माण्डूक्य गरी पाँच शाखा रहेका छन् ।

यजुर्वेदलाई शुक्ल यजुर्वेद र कृष्ण यजुर्वेद गरी दुई मुख्य भागमा विभाजन गरिएको छ । शुद्ध पद्यात्मक अर्थात् छन्दोवद्ध शैलीमा लेखिएको मन्त्रलाई शुक्ल यजुर्वेद र मिश्रित शैलीमा लेखिएको मन्त्रलाई कृष्ण यजुर्वेद भनिन्छ । यिनीहरूमध्ये शुक्ल यजुर्वेदमा माध्यन्दिन र कण्य गरी दुई शाखा रहेका छन् भने कृष्ण यजुर्वेदमा तैत्तरीय, मैत्रायणी, काठक र कठ गरी चार शाखा रहेका छन् । त्यसै गरी सामवेदमा कौथुमी र राणायनीय गरी दुई शाखा रहेका छन् भने अथर्ववेदमा पनि पैप्पलाद र शौनक गरी दुई शाखा रहेका छन् ।

यज्ञको कार्यलाई ध्यानमा राखेर महर्षि व्यासले वेदलाई चार भागमा विभाजित गरेका हुन् । किनभने यज्ञका लागि होता, अध्वर्यु, उद्गाता र ब्रह्मा गरी ४ प्रकारका पुरोहितको आवश्यकता पर्दछ । होता पुरोहितले यज्ञगर्दा ऋग्वेदमा भएका मन्त्रको उच्चारण गर्दै विशिष्ट देवतालाई आह्वान गर्छन् भने अध्वर्यु पुरोहितले यज्ञगर्दा यजुर्वेदमा भएका मन्त्रको उच्चारण गरेर यज्ञको सम्पादन गर्दछन् ।

त्यसै गरी उद्‌गाता पुरोहितले यज्ञगर्दा सामवेदमा भएका मन्त्रद्वारा उच्च स्वरले पाठ गर्दछन् भने ब्रह्मा पुरोहितलाई चारै वेदका ज्ञाता भनिन्छ र उनले यज्ञगर्दा चारै वेदको ज्ञाता भएकाले सम्पूर्ण यज्ञको निरीक्षण गर्दै अथर्ववेदमा भएका मन्त्रद्वारा यज्ञ गर्दछन् । अथर्ववेदलाई ब्रह्मा भगवान्‌को विशिष्ट वेद भनिएको छ ।

सतपथ ब्राह्मण ग्रन्थमा उल्लेख भएअनुसार ऋग्वेद अग्निबाट, यजुर्वेद वायुबाट र सामवेद सूर्यबाट प्रकट भएका हुन् । मुण्डकोपनिषद्मा उल्लेख भएअनुसार ऋग्वेदसमेतका चारै वेद तथा इतिहास, पुराणसमेतलाई अपरा विद्या अर्थात् लौकिक विद्या अर्थात् व्यवहारिक विद्या भनिन्छ । यो ज्ञानरूपी वेद प्रलयकालको समयमा पनि ॐकार रूपमा रहिरहन्छ । 

 वास्तवमा जीव र ब्रहम एउटै स्वरूप हुन्, तर ईश्वरीय ज्ञानको अभावले जीवले सांसारिक माया जालमा भुलेर ब्रहमभन्दा टाढा रहन पन्यो भने ब्रहमले चाहिं ईश्वरीय ज्ञान प्राप्तिको कारणले परमात्मासङ्ग सापेक्ष भई जीवभन्दा धेरैमाथि रहन गए । जसले समाधिस्थको माध्यमद्वारा ईश्वरीय ज्ञान प्राप्त गर्दछ, उसले ब्रहमले झैं गरी अपौरुषेय वेदत्वको ज्ञान प्राप्त गर्दछ ।

 

ॐकार शब्दजस्तै वेद पनि सुष्टिको प्रथम अवस्थामा रचित आदि विद्या मानिएको छ । मानवद्वारा रचना गरिएको नभई ईश्वरकृत भएको हुनाले वेदलाई अपौरुषेय अर्थात अलौकिक विद्या पनि भनिन्छ ।

संसारमा वेदद्वारा नै नित्य ज्ञानको विस्तार भएको हो । किनभने ऋषि-मुनिहरू समाधिस्थ भएर पनि उनीहरूको अन्तस्करणमा वा मनमा वेदको ज्ञान रहिरहेको हुन्छ । ऋषिहरूले गरेको तपस्याबाट प्रभावित भएर ब्रह्माले प्रलय कालपछि पनि उनीहरूलाई वेदको ज्ञान भइरहने आशीर्वाद दिएका थिए ।

वेद ज्ञानरूपी भण्डार भएकाले यसलाई नित्य ज्ञान भनिएको हो । यो ज्ञानरूपी भण्डार प्रलयको समयमा पनि ईश्वरमा रहिरहन्छ । वेदलाई परमात्माको योग निन्द्रा अर्थात् निदाएपछि नब्यूँझेसम्मको अवस्था मानिएको छ ।

परमात्माको जागृत अवस्थालाई सृष्टिकाल भनेजस्तै योग निन्द्राको अवस्थालाई प्रलयकाल भनिन्छ । मनुस्मृतिमा उल्लेख भएअनुसार प्रलय कालपछि ईश्वरले अर्थात् परमात्माले आफ्नो योग निन्द्रा त्यागेर सृष्टिको चाहना गरी सर्वप्रथम जलको सृष्टि गरे । त्यसपछि परमात्मामा ब्रह्माण्ड सृष्टि गर्ने ईश्वरीय शक्ति पैदा भयो र प्रथमतः ब्रह्माजीको उत्पत्ति गरे । ब्रह्माको उक्त सूक्ष्म शरीरमा परमात्माद्वारा सर्वप्रथम ज्ञानरूपी वेदको सञ्चार गरे ।

यसरी परमात्माद्वारा सर्वप्रथम ब्रह्माजीमा वेदको विजारोपण गरेकाले वेदलाई अपौरुषेय अर्थात् अलौकिक ज्ञान अथवा ईश्वरीय ज्ञान भनिएको हो । त्यसपछि ब्रह्माजीले तपस्याद्वारा सम्पूर्ण प्राणीहरूको उत्पत्तिको ठाउँ (भूतयोनि) प्रकट गरे । त्यसपछि अन्नको उत्पत्ति भयो । सम्पूर्ण ब्रह्माण्डको प्राण नै ब्रह्माको सूक्ष्म शरीर मानिन्छ र ब्रह्मारूपी जगत् नै प्राणीहरूको प्राण मानिन्छ ।

प्राणीहरूको मनको भित्री शक्ति वा इच्छा अर्थात् अन्तस्करणलाई नै ब्रह्माको स्वरूप वा प्रतीक मानिन्छ । मन, बुद्धि, चित्त र अहङ्कार गरी चार गुणले युक्त भएकाले ब्रह्माजीलाई चतुर्मुखी भनिएको हो । सम्पूर्ण अन्तस्करणरूपी ब्रह्माको अंश एउटै महर्षि व्यासमा पाइन्छ ।

यसैकारणले ऋषि-मुनिहरू तपस्या र योग साधनाले समाधिस्थ भएर पनि अर्थात् सांसारिक मायाबाट मुक्त भएपछि पनि जीवरूपी शरीर केही पनि होइन, आत्मा नै ब्रह्म तथा परब्रह्म हो भन्दै मनलाई एकाग्र चित्तमा राखेर वेद मन्त्रको साक्षात्कार अर्थात ईश्वरीय ज्ञान प्राप्त गरिरहेका हुन्छन् । यसैले ब्रह्माजीले आफ्नो तपोबलले वेद प्राप्त गरेजस्तै समाधिस्थ भएका ऋषि-मुनिहरूले पनि ईश्वरीय ज्ञानद्वारा वेद प्राप्त गरेका हुन् । यसैकारणले वेदलाई अपौरुषेय अर्थात अलौकिक ज्ञान भनिएको हो ।   

जुन मन्त्रले भगवान्‌को उपासना गरिन्छ, उसैलाई त्यस मन्त्रको देवता मानिन्छ । प्रत्येक मन्त्रको शक्ति अलग-अलग हुनाले मन्त्रको छन्दको पहिचान हुनासाथ त्यस मन्त्रको आधिभौतिक, आधिदैविक र आध्यात्मिक शक्तिको पहिचान तथा ऋषिको ज्ञान पनि हुन्छ । यसरी हिन्दुहरूको प्रमुख र प्राचीन धार्मिक ग्रन्थ वेदको अर्थ र उत्पत्तिको अध्ययन गर्न सकिन्छ ।

 

वास्तवमा जीव र ब्रहम एउटै स्वरूप हुन्, तर ईश्वरीय ज्ञानको अभावले जीवले सांसारिक माया जालमा भुलेर ब्रहमभन्दा टाढा रहन पन्यो भने ब्रहमले चाहिं ईश्वरीय ज्ञान प्राप्तिको कारणले परमात्मासङ्ग सापेक्ष भई जीवभन्दा धेरैमाथि रहन गए । जसले समाधिस्थको माध्यमद्वारा ईश्वरीय ज्ञान प्राप्त गर्दछ, उसले ब्रहमले झैं गरी अपौरुषेय वेदत्वको ज्ञान प्राप्त गर्दछ ।

परमात्मामा आध्यात्म (आत्मा), अधिदैव (देवतासम्बन्धी) र अधिभूत (परमात्मासम्बन्धी) गरी तीन प्रकारका भाव भएजस्तै वेदमा पनि आध्यात्मिक (परमात्मासम्बन्धी) आधिदैविक (यक्ष, राक्षस, भूतप्रेत सम्बन्धी) र आधिभौतिक (बाघ, भालु, सर्प, मानिस, पशुपक्षीसम्बन्धी) गरी तीन प्रकारका गुणहरू समावेश छन् । आध्यात्म, अधिदैव र अधिभूत गरी तीन प्रकारका भावले युक्त परमात्माले ब्रह्म ज्ञानद्वारा प्राप्त हुने अलौकिक आनन्द अर्थात् ब्रह्मानन्दको अनुभूति गरिरहन्छन् ।

वेद पनि उपर्युक्त तीन भाव र तीन गुणहरूले सम्पन्न छ । वेदको पूर्ण ज्ञान हुनका लागि शिक्षा, कल्प, व्याकरण, निरूक्त, छन्द र ज्योतिषशास्त्र गरी छ वटा शास्त्रहरूका साथै वैदिक सप्त दर्शनसमेतको पूर्ण ज्ञान हुनु आवश्यक छ । वेदमा ऋषि, छन्द र देवताको उल्लेख गरिएको हुन्छ र यिनीहरूमा एक अर्काका बीचमा निकटतम सम्बन्ध रहेको हुन्छ । किनभने जुन ऋषिद्वारा जुन मन्त्रको प्रतिपादन गरियो, उनी उसै मन्त्रका संस्थापक ऋषि कहिन्छन् । त्यसै गरी जुन छन्दमा मन्त्र प्रतिपादित गरिएको हुन्छ, उसलाई उसै मन्त्रको छन्द मानिन्छ ।

त्यस्तैप्रकारले जुन मन्त्रले भगवान्‌को उपासना गरिन्छ, उसैलाई त्यस मन्त्रको देवता मानिन्छ । प्रत्येक मन्त्रको शक्ति अलग-अलग हुनाले मन्त्रको छन्दको पहिचान हुनासाथ त्यस मन्त्रको आधिभौतिक, आधिदैविक र आध्यात्मिक शक्तिको पहिचान तथा ऋषिको ज्ञान पनि हुन्छ । यसरी हिन्दुहरूको प्रमुख र प्राचीन धार्मिक ग्रन्थ वेदको अर्थ र उत्पत्तिको अध्ययन गर्न सकिन्छ । (भीमलाल लामिछानेद्वारा लिखित हिन्दुधर्मको उत्पत्ति र विस्तार नामक पुस्तकबाट )।