मनसुन आगमनसंगै भित्रिएको आश र त्रास
एक दशकको अवधिमा २९९८ जनाले ज्यान गुमाएका छन्, ४५८ जना बेपत्ता भएका छन्।
-
ओम प्रकाश घिमिरे
- आइतबार, १८ जेठ, २०८२- ११:०५:००/ Sunday 06-01-25

काठमाडौं । नेपालमा अब मनसुन भित्रने समय नजिकिँदै गर्दा एकातर्फ खुसी बढ्ने गरेको छ भने अर्कोतर्फ यसले निम्त्याउन सक्ने दुर्घटना र क्षतिको बारेमा चिन्ता समेत थप्ने गरेको छ। खासगरी हाम्रो खेती प्रणाली विशेषगरी बर्खे खेती प्रणाली आकाशे पानीमा आधारित भएका कारण मनसुन समयमै भित्रिएमा किसानहरूले समयमै धान रोप्न पाउँछन्।
यो जनक्षति मनसुनजन्य विपदका कारण अर्थात् ठूलो वर्षा, त्यसबाट हुने बाढी र पहिरोका कारण भएको हो। योसँगै ४४८३ जना घाइते भएको र ६०,१२८ परिवार प्रभावित भएको पाइन्छ भने ३७ हजार ५४४ व्यक्तिगत घरमा क्षति समेत पुगेको छ।
धान नेपालको प्रमुख बाली भएका कारणले गर्दा धानको उत्पादन बढ्नु भनेको हाम्रो राष्ट्रिय अर्थतन्त्रमा नै वृद्धि पनि हुनु हो। त्यसकारणले गर्दाखेरि समयमै मनसुन भित्रिनु खुसीको कुरा हो भने यो राष्ट्रिय लाभको कुरा पनि हो। तर पछिल्लो समयमा मनसुन भित्रिएसँगै वर्षाको जुन प्रवृत्ति छ त्यो प्रवृत्तिले ठूलो मात्रामा धनजनको क्षति गर्ने भएका कारण कहाँ, कतिखेर, कसरी नोक्सानी पुर्याउँछ भन्ने बारेमा चिन्ता समेत बढ्ने गरेको छ।
नेपालमा हुने कुल वर्षाको ८०% वर्षा मनसुन भित्रिएपछि ३-४ महिनाको अवधिभित्र हुने गर्दछ। त्यस अवधिमा सन्तुलित ढंगले वर्षा भएको खण्डमा त्यसले सकारात्मक प्रभाव पार्छ। तर वर्षाको प्रवृत्ति बदलिदाखेरि अतिवृष्टि हुने र त्यसबाट ठूलो धनजनको क्षति हुने क्रम पछिल्लो समयमा बढ्दै गएको छ। विसं २०७१ सालदेखि २०८१ सालसम्मको आँकडालाई केलाउने हो भने यो एक दशकको अवधिमा झन्डै ३ हजार (२९९८) जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी ४५८ जना बेपत्ता भएका छन्। यो जनक्षति मनसुनजन्य विपदका कारण अर्थात् ठूलो वर्षा, त्यसबाट हुने बाढी र पहिरोका कारण भएको हो। योसँगै ४४८३ जना घाइते भएको र ६०,१२८ परिवार प्रभावित भएको पाइन्छ भने ३७ हजार ५४४ व्यक्तिगत घरमा क्षति समेत पुगेको छ।
यसरी यो सङ्ख्या बढ्दै जानुमा वर्षाको तौर तरिकामा भएको परिवर्तन हो । जुन परिवर्तनको मूल कारण जलवायु परिवर्तनलाई मानिएको छ। जस्तो कि उदाहरणको रुपमा विसं २०८१ साल को असोज ११ र १२ गते काठमाडौँ आसपासका क्षेत्रमा र काठमाडौँ उपत्यकामा जुन किसिमले वर्षा भयो त्यो वर्षाले निकै ठूलो क्षति पुर्यायो। नेपालमा वार्षिक औस त १३५८ मिलिटर वर्षा हुनुपर्नेमा गतवर्षको मनसुनमा देशभर १६९१ मिलिमिटर भन्दा बढी वर्षा भयो।
२०८१ सालको मनसुनमा मात्र ३९९ वटा यस्ता घटनाहरु भएका थिए जबकि २०७२ सालमा १५ वटा मात्र डुबानका घटनाहरु भएको तथ्यांक देखिन्छ।
उक्त वर्षका कारण सृजित बाढी पहिरो जस्ता विपदमा परी ४९५ जनाले ज्यान गुमाए भने ६६ जना बेपत्ता भए । त्यसैगरी १० हजार ८२३ परिवार प्रभावित भए । निकै ठूलो भौतिक संरचनामा समेत क्षति पुर्यायो। जस्तो कि विक्रम सम्वत २०८० र ८१ सालको मनसुन अवधिमा देशका २४४ वटा पक्की र झोलुङ्गे पुलमा क्षति पुगेको छ। १८९ वटा शैक्षिक संस्था, १५० वटा सरकारी कार्यालय र ८५ वटा जलविद्युत आयोजनामा क्षति व्यहोर्नु परेको छ।
यदि हामीले वि.सं २०७८ सालको मनसुनजन्य घटनालाई हेर्यौ भने मेलम्ची खोलामा आएको लेदोसहितको बाढी अनि वि.सं २०७९ सालमा दार्चुलामा आएको बाढी र २०८० सालको संखुवासभा ताप्लेजुङ तथा पाँचथरमा आएको बाढी, २०८१ सालको सोलुखुम्बुको थामेमा भएको हिमताल विस्फोटका घटनाहरु पनि औसत घटनाभन्दा फरक र ठूलो क्षति निम्त्याउने खालका थिए।
गत वर्षको असोजमा काठमाडौँ उपत्यकाभित्र २४ घण्टामा २४० मिलिटर वर्षा हुँदा काठमाडौँ उपत्यकाका थुप्रै ठाउँहरू डुबानमा परे भने ३२ जना मानिसले उक्त बाढी तथा डुबानका कारण ज्यान गुमाउनु पर्यो । त्यसैगरी कञ्चनपुरको दोधारा मापन केन्द्रले २४ घण्टामा ६२४ मिलिलिटर वर्षा भएको मापन गर्यो, जुन वर्षका कारण त्यहाँ पनि धेरै ठूलो क्षति भयो।
यो पछिल्लो समयको चार पाँच वर्षको अवधिलाई हामीले हेर्दा मनसुनजन्य विपदमा परी नेपालले धनजनको ठूलो नोक्सानी बेहोर्ने गरेको छ। २०८१ सालको मनसुनमा मात्र ३९९ वटा यस्ता घटनाहरु भएका थिए जबकि २०७२ सालमा १५ वटा मात्र डुबानका घटनाहरु भएको तथ्यांक देखिन्छ। यसरी मनसुनको समयमा वर्षा हुने तौर तरिकामा भएको परिवर्तनबाट सृजित अतिवृष्टिले नेपालमा ठूलो मात्रामा धनजनको नोक्सानी पुर्याउने जोखिम बढिरहेको छ।
नेपाल सरकारले उक्त जोखिमलाई न्यूनीकरण गर्नका लागि पछिल्लो समयमा हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय योजना नै बनाएर अघि बढ्ने गरेको छ।
विगत १० वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा चट्याङका कारण ६५४ जनाले ज्यान गुमाएका छन् भने २६८६ जना घाइते भएका छन्। त्यसबाट ४२९ वटा घरमा क्षति पुगेको छ। गत वर्ष मात्रै मनसुन अवधिमा १५६ वटा चट्याङका घटना हुँदा ३० जनाले ज्यान गुमाएका थिए।
उक्त योजनाले विपदको क्षेत्रमा काम गरिरहेका निजी क्षेत्र, गैरसरकारी क्षेत्र र नेपाल सरकारका सम्पूर्ण निकायहरूलाईसँगै जोडेर एकीकृत ढंगले अघि बढ्ने गरी काम गर्ने योजना पनि बनाउने गरेको छ। तर ती योजनाले जति प्रभावकारी ढंगले काम गर्नुपर्ने हो त्यो मात्रामा काम गर्न सकेको पनि पाइँदैन।
यो कुरा नेपाल सरकारकै सम्बन्धित निकायले समेत स्वीकार गर्ने गरेका छन्। तर यसो हुनुको कारण के हो र कहाँ निर रिक्तता छ यस बारेमा गहन बहस छलफल गरेर सवालहरूको पहिचान पनि गर्ने प्रयास भएको छ। यद्यपि त्यसको कार्यान्वयनका लागि कार्यमूलक नतिजा आउने गरी काम भएको पाइँदैन।
मनसुन सिजनमा जोखिम निम्त्याउने विपतको घटना पहिलो रहेको देखिन्छ। तथ्याङ्कहरूलाई विश्लेषण गर्दा नेपालमा भूकम्पपछि सबैभन्दा बढी मानवीय क्षति निम्त्याउने विपदको रुपमा पहिरो रहेको छ। पछिल्लो १० वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा विसं २०७२ देखि २०८१ सालसम्म ३९०० वटा पहिरोका घटना घटेका छन् । जसबाट १५०८ जनाको मृत्यु भएको छ। गत वर्ष मात्र मनसुनमा ९४२ वटा पहिरोका घटना भए जसले ३९२ जनाको ज्यान लियो भने ६४८ परिवारलाई विस्थापित गर्यो।
पछिल्लो समयमा मनसुनजन्य पहिरो सँगसँगै हिमपैरो र हिमताल विस्फोटका घटनासमेत बढिरहेका छन्। गतवर्षको थामेमा गएको हिमताल विस्फोटको बाढी तथा पहिरो र पछिल्लो समय जेठ १ गते हुम्लामा आएको हिमपैरो र बाढीले पुर्याएको क्षति यसको उदाहरण हो।
बाढी र पहिरो जस्तै चट्याङ पनि धनजनको क्षति गर्ने ठूलो विपतको रुपमा देखिँदै आएको छ। विगत १० वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा चट्याङका कारण ६५४ जनाले ज्यान गुमाएका छन् भने २६८६ जना घाइते भएका छन्। त्यसबाट ४२९ वटा घरमा क्षति पुगेको छ। गत वर्ष मात्रै मनसुन अवधिमा १५६ वटा चट्याङका घटना हुँदा ३० जनाले ज्यान गुमाएका थिए।
विसं २०७८ साल असार २४ गते जुम्लामा चट्याङबाट भेडा मरेका थिए त्यसैगरी सोही वर्ष सर्लाहीमा चट्याङबाट १२०० कुखुराका चल्ला नष्ट भएका थिए यसरी विभिन्न खालका घटना मनसुन जान्ने विपदका घटना बढ्दै जाँदा यसले हाम्रो आर्थिक, भौतिक संरचना र मानवीय क्षेत्रमा धेरै ठूलो नोक्सानी पुर्याएको छ।
यो नोक्सानीलाई न्यूनीकरण गर्नका लागि नेपालले धेरै मेहनत गर्नुपर्ने देखिएको छ। तर कतिपय घटनाहरू नेपाल एक्लैले काम गरेर समाधान गर्न सकिने खालका पनि छैनन् भने कतिपय घटनाहरु नेपालले आफ्नो तयारीलाई बलियो बनाएको खण्डमा क्षतिलाई न्यूनीकरण गर्न सक्ने देखिन्छ ।
खासगरी हिमाली क्षेत्रमा भइरहेका हिमताल विस्फोट, हिमपैरो जस्ता घटनाहरु जलवायु परिवर्तनको असरबाट सृजित घटना भएकाले त्यसका लागि नेपाल एक्लैले काम गरेर सम्भव छैन। तर त्यस्ता जोखिमबाट हुनसक्ने मानवीय क्षति र पूर्वाधारको नोक्सानीलाई न्यूनीकरण गर्ने गरी आफ्नो तयारीलाई विस्तार गर्नुपर्ने आवश्यकता भने बढेको छ।
त्यसैले अबका दिनमा नेपालले तयारी गर्ने मनसुन प्रतिकार्य योजनालाई विस्तार गर्दै हिमाली क्षेत्रमा हुनसक्ने हिमताल विस्फोट, हिम पहिरो र त्यसबाट आउने बाढी तथा पहिरो जस्ता घटनालाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता बढेको छ यस वर्षको मनसुन प्रतिकार्य योजना बनाउँदै गर्दा सरकार सरकार तथा विपदको क्षेत्रमा काम गरिरहेका संस्थाहरूले यतातर्फ ध्यान दिनु आवश्यक छ।
यस किसिमका विपदबाट हुनसक्ने जोखिम न्यून गर्न सरकारले विभिन्न प्रयासहरु पनि गर्ने गरेको छ। जस्तो कि एनसेल तथा एनटिसीका मोबाइल बाट बाढी सम्बन्धीको पूर्व सूचना देशभर पठाउने कार्यलाई तीव्रताका साथ अभ्यास गरिएको पाइन्छ । त्यसैगरी जल तथा मौसम विज्ञान विभागले ठूलो र अनपेक्षित वा अस्वभाविक बाढी वर्षा हुने सम्भावना भएको खण्डमा मौसम सम्बन्धीको विशेष बुलेटिन जारी गर्दै सचेत रहनका लागि जानकारी तथा सूचना समेत दिने गरेको छ।
हाम्रो भूगोल अनुसार विपदका तौर तरिका र त्यसको प्रतिकार्यका लागि गरिने अभ्यास तथा लागत पनि फरक पर्ने भएकाले सो कुरालाई ध्यानमा राख्दै हिमाल पहाड र तराईका लागि फरक फरक खालको तयारी गर्नुपर्ने भएकाले सोही अनुसारको तयारी गरी सक्षम चुस्त र शीघ्र उद्धार कार्य गर्न सक्ने गरी हाम्रो संयन्त्रलाई तयार राख्नु आवश्यक छ।
उक्त बुलेटिन पनि निकै प्रभावकारी हुन थालेको छ। त्यसैगरी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान पछिल्लो समयमा यथार्थपक हुन थालेको छ। र मानिसहरुले त्यसमा विश्वास गरी उक्त पूर्व अनुमानलाई आत्मसाथ गर्दै सचेतना समेत अपनाउने गरेका छन्। त्यसबाहेक सरकारले हेलिकप्टर मार्फत अप्ठ्यारोमा परेका मानिसहरूको उद्धारका लागि प्रयास गर्ने गरेको छ। जस्तो कि गतवर्ष मनसुन अवधिमा नेपाली सेना र निजी हवाई हेलिकप्टर मार्फत ९९४ जनाको उद्धार गरिएको थियो।
त्यसैगरी विपत भइसकेपछिको परिस्थिति हेरेर सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने र त्यस्ता क्षेत्रमा विशेष व्यवस्था मार्फत उद्धार राहत र प्रतिकार्यलाई एकीकृत ढंगले अगाडि बढाउने पनि गरेको छ। यस्ता कार्यक्रमहरु प्रभावकारी भएका पनि छन् तर यी कार्यक्रम आवश्यकता अनुसारको मात्रामा र समयमै गर्न नसक्दाखेरि कतिपय अवस्थामा ज्यान बचाउन सकिने मानिसहरुले समेत ज्यान गुमाउनु परेको छ।
विगतका यी घटनाबाट पाठ सिक्दै अबको मौसम प्रतिकार्य योजनाले एकातर्फ मौसम तथा जलवायुजन्य जोखिमको विस्तारित क्षेत्रलाई समेट्दै सोहीअनुसारको तयारीलाई सशक्त बनाउनुपर्ने छ भने अर्कोतर्फ विगतमा जस्तै भइरहेका घटनालाई तत्काल सम्बोधन गर्ने गरी यसको व्यावहारिक पाटोलाई सशक्त र सुनिश्चित गर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ।
हाम्रो भूगोल अनुसार विपदका तौर तरिका र त्यसको प्रतिकार्यका लागि गरिने अभ्यास तथा लागत पनि फरक पर्ने भएकाले सो कुरालाई ध्यानमा राख्दै हिमाल पहाड र तराईका लागि फरक फरक खालको तयारी गर्नुपर्ने भएकाले सोही अनुसारको तयारी गरी सक्षम चुस्त र शीघ्र उद्धार कार्य गर्न सक्ने गरी हाम्रो संयन्त्रलाई तयार राख्नु आवश्यक छ।