• बुधबार, १५ जेठ, २०८२
  • १२:३३:२२

जेठ १५ गते देखि राष्ट्रिय कला प्रदर्शनी, ६ सय कलाकारका कृति अवलोकन गर्न सकिने  

काठमाडौँ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुने  भएको छ । प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीका बारेमा जानकारी दिन सोमवार काठमाडौको नक्सालस्थित नापाm हलमा आयोजित पत्रकार सम्मेलनमा लामाले उक्त जानकारी दिनुभएको हो । प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर जेठ १५ गतेबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ गर्न लागेको छ ।प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर जेठ १५ गतेबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ गर्न लागेको  हो  

राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका ५ सय  कलाकृति र आमन्त्रित कलाकारका गरी ६ सय हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले  जानकारी दिनुभयो । 

प्रदर्शनीमा समसामयिक पक्षलाई उठाइएका आधुनिक पक्षलाई उठाइका लोककला, परम्परागत कला, शिल्प हस्तकला, विश्वमा चलेका न्यू मिडियासँग सम्बधित बहुआयामिक तथा सिर्जनात्मक वास्तुकलालगायत प्रदर्शनीमा राखिनेछ ।  नेपाल ललितकलालाई समावेशी बनाउँदै जनसाधारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानको तत्कालको गतिविधिसँगै आफ्नो ४ बर्से कार्यकालको मध्यावधि भएकाले आगामी दिनको रणनीति तय गर्दै गरेको बताउनुभयो । उहाँले यस प्रदर्शनीसँगै तेस्रो वर्षमा अनुसन्धानलाई जोड दिँदै कलाकारको सर्वेक्षण र प्रोफाइल तयार गर्ने र विविध कला अभियानलाई अघि बढाउने रणनीतिक योजना रहेको धारणा राख्नुभयो ।

 उहाँले भोक, सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि तयार हुनु पर्ने,  कलाको पहिचान स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय पहुँचमा पु¥याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्यमा सचेत हुनु पर्ने  कुरालाई ध्यान दिदै  विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गरी प्रदर्शनी भइरहेको  र त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको  दाबी गर्नुभयो । 

नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी  गर्ने पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुने भएको छ ।  यसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिने आयोजकको भनाइ छ ।  प्रदर्शनीमा करिब ६ सय  कलाकारका ६ सय ५० हाराहारीका कलाकृतिहरु समावेश गरिनेछ । 

राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका ५ सय  कलाकृति र आमन्त्रित कलाकारका गरी ६ सय हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले  जानकारी दिनुभयो । 

सातै प्रदेशममा अभ्यासमा रहेका विविध मौलिक कलाकृतिको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको जानकारी दिदै उहाँले ‘लोककला, हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रका हिसाबले पनि विविधता झल्किने गरी व्यवस्थापन  गरिएको बताउनु भयो । प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने सामान रहने  भएकाले यसलाई  आयोजकले पुनर्जागरणको चरण भनेको काफ्लेको भनाइ थियो । नेपालका लोपोन्मुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरू यहाँ देख्न पाइने छ ।  राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरू यस प्रदर्शनीमा समावेश हुनेछन् ।

ललितकला प्रदर्शनी २०८२’ मा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने छ । जसअन्तर्गत कोसी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रदर्शनीमा रहने छन् । प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि समावेश हुने छन् ।

प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मूल समिति र अन्य सातवटा उपसमिति गठन गरिएको छ ।  यसपालि प्रदर्शनीअन्तर्गत सांस्कृतिक संस्थानसँगको सहकार्यमा साङ्गीतिक प्रस्तुति, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक प्रस्तुतिसमेत रहने गरी कार्यक्रम तयार पारिएको छ । 

प्रदर्शनीअन्तर्गत गत वर्ष जस्तै राष्ट्रिय, प्रादेशिक तथा नवप्रतिभा र विधागत पुरस्कारसमेत प्रदान गरिने  बताइएको छ ।  दुई जनालाई विशेष सम्मानका रूपमा अरनिको सम्मान, कला प्रवर्द्धक तथा सहिदको स्मरणमा पुरस्कार तथा सम्मान, कला लेखक तथा पत्रकार र सहयोगी संस्थाहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिने  छ ।  

प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले २०८० र २०८१ को प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भावमा समर्पित रहेको र अहिलेको प्रदर्शनी पनि सो भावनालाई आत्मसाथ गर्दै गरिन लागिएको बताउनुभयो । उहाँले सामाजिक रूपान्तरणमा कलाकारको भूमिका के हुन सक्छ र समाज रूपान्तरण हुँदै गर्दा के साँच्चै कलाकार पनि परिवर्तन हुन सके त भन्ने प्रश्नको जबाफ खोज्ने थिममा रहेर यो प्रदर्शनीको क्युरेटिङ गरिएको धारणा राख्नुभयो ।

प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८१ पुस ०७ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो । यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने छ ।

जसअन्तर्गत कोसी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रदर्शनीमा रहने छन् । प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि समावेश हुने छन् ।

विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक÷आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन् ।

विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक÷आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन् ।

फागुन ०४ गतेदेखि चैत ०१ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ कर्णालीको जन नमूना मावि (फागुन ०६–१० गतेसम्म सुर्खेत), कोसीको नेपाल तमु गुरुङ गुम्बा, बेलबारी (फागुन १६– फागुन २० गतेसम्म मोरङ), मधेसको मैथिली विकास कोष ( फागुन २०– फागुन २४ गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ( फागुन २६– चैत १ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन ०४–०८ गतेसम्म पोखरा), लुम्बिनीको रुपन्देही उद्योग सङ्घ (फागुन १०–१४ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन ०८–१२ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।

यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिने छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर बिकलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।

त्यस्तै, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर, परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा रहनुभएको छ ।

त्यसैगरी  मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट शुर्प नारायण शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाल रहनुभएको छ ।

 वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।