यी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना
-
नेटिजन संवाददाता
- आइतबार, ८ असार, २०८२- ११:०४:००/ Sunday 06-22-25

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।१२
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागको धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।