• शनिबार, १५ बैशाख, २०८१
  • ०९:५८:२१

कृषि कर्जाले भरेको भरोसा 

पार्वती अधिकारी 

काठमाडौँ, ६ चैत । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ८ का कृषक श्रीकृष्ण बन्जारालाई केहि समय अघिसम्म हातमुख जोड्नै धौधौ पर्थ्यो । आफ्नो ३ रोपनी जग्गामा लगाएको बालीबाट उहाँलाई ६ महिना गुजारा टार्न पनि मुस्किल हुन्थ्यो । आर्थिक उपार्जनको माध्याम केहि नहुँदा उहाँ एक हजार रुपैयाँका लागि पनि अरुको खेतबारीमा काम गर्न बाध्य हुनुहुन्थ्यो ।  तर अहिले बन्जाराको जीवनशैली फेरिएको छ । उहाँलाई आर्थिक अभाव छैन । दुई जना छोरालाई राम्रो विद्यालयमा पढाउँनुभएको छ । घरको तला पनि थप्नुभएको छ । त्यति मात्र होइन गाउँघरमा सानोतिनो रकमको अभााव भएमा प्रयाजासो श्रीकृष्णकै सहयोग लिन्छन् । आजभन्दा तीन वर्ष अघि  नबिल बैंकको पनौति शाखाबाट उहाँले नबिल दीगो बैंकिंग ’कृषि कर्जा’ लिएर टनेल खेति र दुध संकलन केन्द्र शुरु गुर्नभयो । यसैले उहाँको जीवन कायापलट भयो ।

बन्जरा आफ्नो सफलताको यात्रा सुनाउदै भन्नुहुन्छ, '५ वर्षअघिसम्म एउटा सानो डेरी  चलाउथें । त्यसबाट खासै उपलब्धि नभएपछि  सहकारीबाट महंगो ब्याजमा ऋण लिएर टनेल खेति सुरु गरे । 'सहकारीबाट ऋण त पाइन्थ्यो तर जति कमायो त्यति ब्याज तिर्दै ठिक्क हुन्थ्यो ।  नबिल बैंकले आफ्नो शाखा पनौतीमा बिस्तार गरेपछि  बैंकले दिने कृषि ऋणको बारेमा जानकारी भयो । त्यसपछि नबिलबाट ३ प्रतिशत ब्याजदरमा १० लाख ऋण लिएर व्यवसाय बिस्तार  गरें । त्यतिले पनि नपुगेपछि पुनः बैंकसंग अनुरोध गरी फेरी १५ लाख थपे ।  यो सस्तो ब्याजदरको कर्जाले नै आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्यायो ।'  

अहिले उहाँले ११ ओटा टनेलमा गोलभेंडा, अकबरे खुर्सानी, मुला, काउली लगायत तरकारी  लगाउनुहुन्छ । एउटा टनेलबाट ५० हजारभन्दा बढी आम्दानी हुन्छ । आफ्नो खर्च कटाएर कम्तिमा ३ लाख टनेल खेतिबाटै बचत गर्न सकिने उहाँको भनाइ छ ।  उहाँ ११ ओटा टनेल बढाएर २२ ओटा बनाउने  तयारीमा हुनुहुन्छ ।     

बन्जारा तराकारी खेति संगै दुध संकलन केन्द्रसमेत संचालन गर्नुहुन्छ । हरेकदिन उहाँ दुध संकलन गर्नुहुन्छ र जावलाखेलमा ल्याएर बेच्नुहुन्छ ।  उहाँ भन्नुहुन्छ, '१९ लिटरबाट डेरी व्यवसाय सुरु गरेकामा हाल ३ सय लिटरभन्दा माथि दुध संकलन हुन्छ । टनेल खेतिबाट सबै खर्च कटाएर वार्षिक ३ लाख आम्दानी हुन्छ । 

डेरीबाट किसानको चित्त बुझाएर पनि म एउटा अधिकृत तहको आम्दानी गर्न सक्छु’,आफु किसान भएको नाताले उहाँले आफ्नो डेरीमा दुध बेच्ने किसानलाई अन्य डेरीमा भन्दा  धेरै मूल्य दिने गरेको बताउनुहुन्छ । आफ्नो मेहनत कटाएर र किसानहरुलाई खुशी पारेर पनि राम्रो आम्दानी हुने गरेको उहाँको भनाइ छ ।  डेरीबाट पनि मासिक कम्तिमा पनि ५० हजार कमाइ हुने गरेको उहाँको भनाइ छ ।  

बन्जारा डेरी र टनेल खेतिबाहेक  डेढ लाख बराबरको आलु उत्पादन गरेर बेच्नुहुन्छ । उहाँको सम्पूर्ण खर्च कृषि पेशाले नै धानेको छ । अहिले  २ जना छोरालाई राम्रो स्कुलमा पढाउनुहुन्छ । पहिला गाउँलेले नै १ हजार पत्याउँदिनथे, अहिले उहाँ गाउँकै गन्य मान्य किसानका रुपमा चिनिनुहुन्छ । बन्जारा केहि वर्षको अन्तरालमा नै यसरी जीवन कायापलट हुनुको श्रेय नबिल बैंकलाई नै दिनुहुन्छ ।  

'नबिल बैंकले कृषकलाई एकदमै प्रोत्साहन गर्छ । त्यसैले नै हामीजस्ता युवालाई कृषि कर्ममा रमाउन प्रेरणा मिलेको छ’, उहाँले भन्नुभयो ।  कुनै बेला कृषिबाट निराशा मात्रै बटुल्नुभएका बन्जारा युवाहरुले जापान कोरिया गएर कमाउने पैसा नेपालमै मेहनत गरेर कमाउन सकिने बताउनुहुन्छ । 'एक किरेट गोलभेंडा बेच्दा २ हजार आउँछ । एउटा गोलभेडाको बोटले सरदरमा १० किलो गोलभेंडा दिन्छ', उहाँले भन्नुभयो ।  

पनौती नगरपालिकामा अहिले बन्जाराले जस्तै कृषि अनुदान कर्जा लिएर आफ्नो व्यवसाय संचालन गर्ने किसान ५० जनाभन्दा बढी छन् । नबिल बैंक आफ्नो घर जस्तै भएको समेत उहाँको भनाइ छ । 'नबिल बैंकले हामीलाई आवश्यक परेको बेला तुरुन्तै ऋण दिन्छ । यसबाट कारोबार गर्न पनि निकै सजिलो छ’, बन्जाराले आफ्नो अनुभव साट्दै भन्नुभयो । 

उहँको डेरी (संयुक्त डेरी) मा सबैभन्दा धेरै दुध बिक्रि गर्ने किसान भीमसेन फुँयाल पनि आफुले दुध बिक्रि गरेर ठगिनु नपरेको बताउनुहुन्छ । फुँयाल दिनमा ४० लिटर दुध बिक्रि गर्नुहुन्छ । बन्जारा निकै मेहनती किसान भएको र उहाँ सबै किसानका लागि प्रेरणाको स्रोत भएको समेत फुँयालको भनाइ छ ।