• आइतबार, १६ बैशाख, २०८१
  • ०६:३५:३६

भूमिका बढाउदै 'भूमिका'

१६ वर्षकै उमेरमा दलित युवासंग विवाह गरेपछि भूमिका थापा परियारलाई माइतीको ढोका सधैंका लागि बन्द भयो । उनिहरुको सम्बन्ध आफन्तले अस्विकार मात्र गरेनन् समाजले समेत हेयको दृष्टिले हेर्न थाले । समाजमा विद्यमान कुप्रथाहरुको अन्त्य हुनुपर्ने विचारबाट प्रेरित उनलाई कुनै न कुनै माध्यामबाट परिवर्तनका लागि सचेतना फैलाउने ईच्छा थियो । तर यो कसरी गर्ने भन्नेमा जानकारी थिएन ।    

वि.स.२०७८ सालमा उनको भेट ‘सिकाइ परियोजना’की स्वेयंसेविका ठुल्दिदी ममता थापा मगरसंग भयो । उनि भुमिकाकै छोराहरु पढ्ने नारायणी माध्यमिक विद्यालयमा स्वयंसेवाको काम गर्थिन् । आफ्नो काम र परियोजनाका बारेमा भुमिकालाई वृस्तित रुपमा बताइन् । साथै उनले समुदायका लागि १० जना युवा स्वयंसेवक सञ्जाल गठनको तयारी रहेको कुरा पनि जानकारी दिइन् । त्यतिबेला भुमिका पनि दिनभरी फुर्सदमै थिइन् । उनलाई खाली समय आफ्नो र समाजको लागि समेत उपयोगी काम गरेर बिताउने इच्छा थियो ।

ठुल्दिदी ममताको कुरा सुनेपछि भुमिकाले पनि सिकाइ परियोजनाको स्वयंसेवकका रुपमा काम गर्न इच्छा भएको कुरा बताइन् । र उनले भुमिकालाई  सञ्जालमा आवद्ध हुने तरिकाहरु बताइन् । भुमिका युवा स्वयंसेवकको संयोजकका रुपमा परियोजनामा आवद्ध भइन् । परियोजनामार्फत उनले क्षमता विकासलगायतका तालिम पाइन् । भूमिका भन्छिन्, ‘तालिमले घर भित्र सिमित मलाई आत्मविश्वासी, नेतृत्व गर्न सक्ने बनायो ।   

भुमिका ठुल्दिदीको नेतृत्वमा शिक्षाको महत्वका बारेमा बुझाउन सञ्जालका अन्य सदश्यसहित गाउँगाउँमा पुग्न थालिन् । सञ्जालले समुदायमा शिक्षाको महत्वबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न थाले । भूमिका भन्छिन्, हाम्रो यो प्रयासले धेरै अभिभावकहरुले छोराछोरीलाई नियमित विद्यालय पठाउन थालेका छन् । 

उनको यो प्रयासको सबैतिर प्रसंशा हुन थाल्यो र भूमिलाई थप काम गर्न उर्जा मिल्यो । गाउँ–गाउँमा पुग्दा उनको सम्बन्ध समुदायसंग अझै विस्तार हुन पुग्यो । फलस्वरुप २०७९ को स्थानिय चुनावमा बागलुङ्ग जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ को वडा सदस्यका रुपमा उठेकी उनि सबैभन्दा बढि मतसहित निर्वाचित भइन् । आफ्नो आवाज उठाउने माध्याम खोजिरहेकी भुमिकालाई अब भने निकै सजिलो भयो । स्वयंसेवकको काम नै राजनिति प्रवेशको ढोका भएको बताउँदै उनि भन्छिन ‘स्वयंसेवक भएर काम गरेकै कारण मलाई धेरैले विश्वास गरे र सबैभन्दा धेरै मतले निर्वाचित गराइदिए ।’

अहिले उनि जनप्रतिनिधि र स्वयंसेवी दुवै भुमिकामा काम गर्छिन् । तर दुवै कामका उद्धेश्यहरु मिल्दाजुल्दा भएका कारण उनि शिक्षा र सचेतनाको कामलाई संगसंगै लाने गरेको बताउँछिन् । समाजमा विद्यमान कुरीति, कुसंस्कारहरुलाई चिर्दै मानिसहरुलाई सचेत बनाउनका लागि ¥याली, सडक नाटक तथा छलफलको आयोजना ग¥यौं । साथै बालबालिकालाई विद्यालयमा नियमितताका लागि ती काममार्फत अभिभावकलाई बुझायौं’, उनले भनिन् ।, उनले भनिन् ।

उनले विद्यालयमा विपन्न तथा गरिब बालबालिकाका लागि छात्रवृत्ति, विद्यालय पोशाक र कापी किताब उपलब्ध गराउन पहल समेत गर्दै आएकी छिन् । ‘म स्वयमसेवक भएको समयमा नारायणी माध्यमिक विद्यालयमा विपन्न, दलित बालबालिकाको छात्रवृत्ति रोकिएको थियो । दिवा खाजा नियमित थिएन, खानेपानीको समस्या थियो । यो कुरा वडाध्यक्षलाई जानकारी गराएपछि तुरुन्तै समाधान भयो’, उनले भनिन् । त्यसैगरी उनले समाजमा रहेको लैङ्गिक विभेद, हिंसा, छुवाछुतजस्ता कुप्रथा न्यूनीकरण गर्न बेलाबेलामा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएकी छिन् । 

परियोजना सुरु भएको एक वर्षमै उनको जिवनमा धेरै परिवर्तन आएभने समाज र विद्यालयमा समेत सुधारका कामहरु भए । उनि घरभित्र सिमित थिइन्, परियोजनासंग जोडिएपछि स्वयंसेवक सञ्जालको संयोजक बनिन् । समाजसंग प्रत्यक्ष रुपमा जोडिने मौका पाइन् । जसका कारण उनलाई वडा सदस्य निर्वाचित हुन समेत सहयोग पुग्यो । उनि आगामी दिनमा आफ्नो गाउँठाउँका समस्याहरुलाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि अब स्थानीय सरकारको नीतिगत क्षेत्रमा समेत काम गर्न लागि पर्ने बताउँछिन् ।