• बिहीबार, १३ बैशाख, २०८१
  • ०८:१७:३३

मोवाइल कम्प्युटर धेरै चलाउँदा आँखामा आउने समस्याबाट कसरी बच्ने ?

  • Netizen Nepal
  • सोमबार, २६ बैशाख, २०७९- १७:०५:००/ Monday 05-09-22


नेटिजन नेपाल
काठमाडौँ, २६ वैशाख । आँखामा पीडा हुने, घोच्ने, पोल्ने, रातो हुने र थकान महसुस हुनुलाई ‘ड्राइ आइ’ को समस्या भन्ने गरिन्छ । अप्टोमेट्रिस्ट डा. स्याम बर्नका अनुसार आँखामा यस्तो समस्या आउनुको पछाडि दुईवटा कारण रहेका छन् । पहिलो कारण आँखा सुन्निनु र अर्को डिजिटल आई स्ट्रेन हो ।

अमेरिकी स्वास्थ्य एजेन्सी (CDC ) ले कम्प्युटर, मोबाइल र ल्यापटपमा बस्दा ६६ प्रतिशत कम झिम्क्याइन्छ । पछिल्लो समय मानिसहरु अधिकांश समय ल्यापटप या मोबाइलमा बिताउने गर्छन। यसले आँखासम्बन्धि अनेकन समस्याहरु निम्त्याईरझेको छ।  

विशेषज्ञका अनुसार यस्तो समयमा २०–२०–२० को सूत्र अपनाउनुपर्छ । स्क्रिनमा हेरेको हरेक २० मिनेटमा २० सेकेन्डसम्म २० फिट टाढा हेर्ने गर्नुपर्छ ।

स्क्रिनमा बस्दा के गर्ने ?
–कम्प्युटर, ल्यापटप वा मोबाइलको स्क्रिनमा हेर्दा आँखाभन्दा तल २० इन्च तलको दूरीमा आफ्नो हातको बराबरको दुरीमा राख्नुस् ।

–स्क्रीनमा हेर्दा चस्मा लगाउने ।

–स्क्रीनमा हेर्ने समयमा आँखा झिम्क्याउन भुल्नुहुँदैन । यसले सुख्खा हुने र धमिलो देख्ने समस्याबाट बचाउँछ ।

–स्क्रीन वा आसपास पर्याप्त मात्रामा उज्यालो हुन आवश्यक हुन्छ । ग्याजेटको लाइट पनि धेरै उज्यालो वा कम उज्यालो बनाउन हुँदैन ।

–आँखा थाकेको समयमा रगड्ने गर्नुहुँदैन । यसले आँखामा संक्रमण गराउँछ ।

–स्क्रीनको फन्ट साइज ठूलो बनाउनुपर्छ । जसका लागि स्पष्ट देखिने फन्टको प्रयोग उचित मानिन्छ ।

–पर्याप्त मात्रा निन्द्रा र पर्याप्त मात्रामा पानी पिउने गर्दा आँखामा सुख्खापन आउन पाउँदैन ।

के–के खाने ?

आँखालाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्नका लागि हरिया सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ । यसका साथै, ओखर, काजु, बदाम जस्ता ओमेगा–३ पाइने खानेकुरा, भिटामिन इ पाइने खानेकुरा खाने गर्नुपर्छ ।

यस्तै, चिया सिड्स पनि खाने गर्दा आँखालाई फाइदा पुग्छ । साथै, फाइबर, प्रोटिन र जिंकयुक्त खानेकुराको सेवनले आँखालाई धेरै फाइदा पुग्छ । यति मात्र होइन स्वस्थ आँखाको लागि समय समयमा डाक्टरको सल्लाह लिन पनि आवश्यक छ ।