• बुधबार, १८ असार, २०८२
  • ०९:४५:४२

कस्ता हुन्छन अन्तर्मुखी स्वभावका मानिस ?

  • Netizen Nepal
  • बुधबार, ३० चैत, २०७८- १०:१०:००/ Wednesday 04-13-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३० चैत। मानिसअनुसारको स्वभाव र प्रकृति फरक हुन्छ। कोहि बढी बोल्न मन पराउने खालका त कोहि कम बोल्न। कम बोल्नु कमजोरी होइन, यो उनीहरुको स्वभाव हो। तर समाजमा बढी बोल्ने भन्दा कम बोल्ने मानिसलाई गरिने व्यवहार अलि फरक हुन्छ। उखानै छ नि 'बढी बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन'।  आज हामी कम बोल्ने अर्थात अन्तरमुखी स्वभाव भएका व्यक्ति कस्ता हुन्छन भन्नेबारे जानकारी दिँदै छौं, आउनुहोस 

-अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू भिडमा पनि एक्लो महसुस गर्छन, उनीहरुलाई होहल्ला र भिडभाड मन पर्दैन। 

-यस्ता व्यक्तिहरु केही काम गर्नुअगाडि हजार पटक सोचेरमात्र काम गर्ने गर्छन। 

-अन्तर्मुखी भएकाहरू प्रायः गरी लेखनमा रुची राख्ने खाले हुन्छन्। धेरैजसो अन्तर्मुखी व्यक्तिहरू आफ्ना सोच र भावनाहरू अरू व्यक्तिसँग पोख्नुभन्दा कलम र कापीको माध्यमबाट बाहिरी दुनियामा ल्याउन रुचाउँछन्। उनीहरू लेखन कार्य माएक्लो भएको अवस्थामा अरू बेलाभन्दा बढी सक्रीय रहन्छन्।

-समाजमा खासै घुलमिल नहुने भएकाले उनीहरुलाई समाजले केही न केही रुपमा खराव दृष्टीले हेरिरहेको हुन्छ।

-उनीहरू कुनैपनि कुरालाई हत्तपत्त बाहिर प्रकट गर्न चाहँदैनन्। काम गर्नुभन्दा पहिला धेरैपटक सोचेरमात्र गर्ने भएकाले कामको ध्येय पुरा नहुन्जेल सो कुरा आफ्नै मनमा खेलाइरहन्छन्।

-अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू फोनमा तथा अन्य मानिसहरुसँग बोलिरहन रुचाउँदैनन्। 

-उनीहरु कुनै समारोहमा जाँदा पनि रमाइलो गर्ने सोचले गएका हुँदैनन्।

-उनीहरू धेरै सोच्ने तर थोरै बोल्न् प्रकृतिका हुन्छन्।

-अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरूलाई बहिर्मुखी स्वभाव भएका व्यक्तिहरू अरुभन्दा आकर्षक लाग्ने गर्छ।

-उनीहरूमा कुनै सुक्ष्म वस्तुमा एकाग्र भएर हेरिरहने स्वभाव हुँदैन। त्यसैले उनीहरू सुक्ष्म कुरामा भन्दा स्थुल कुरामा बढी ध्यान दिन्छन्।

-यस्ता व्यक्तिहरु लजालु हुन्छन।