भूकम्पपछिको पुननिर्माणमार्फत् उत्थानशीलतालाई प्रबद्र्धन
- Netizen Nepal
- सोमबार, १२ बैशाख, २०७९- १८:२१:००/ Monday 04-25-22
नेटिजन संवाददाता
काठमाडौँ, १२ वैशाख। नेपालमा वि.स. २०७२ मा गएको भूकम्प पछिको पुनर्निर्माणले उत्थालनशीलतालाई प्रबद्र्धन गरेको सरोकारवालाहरुले बताएका छन् । विपद जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमंचको आयोजनामा पुनर्निर्माण मार्फत उत्थानशिलता र गोरखा भूकम्पको सातौ वर्षको स्मरण विषयक कार्यक्रममा उक्त कुरा बताइएको हो । २०७२ सालमा गएको विनासकारी भूकम्पको स्मरणमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
ललितपुरमा आयोजना गरिएको सो कार्यक्रममा स्वास्थ्य मन्त्रालय, सहरी मन्त्रालय, शिक्षा मन्त्रालय तथा अन्य सरोकारवाला निकाय तथा विज्ञहरुले नेपालको पुनर्निर्माणका विभिन्न पक्षहरुको चर्चा गरेका थिए ।
भुकम्पपछि भएका पुनर्निर्माण उल्लेखनीय नमूना उपलब्धिको रुपमा रहेको उपस्थित सरोकारवालाहरुको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्म भएका पुनर्निर्माण राम्रो भएको र बाँकि रहेका पुनर्निर्माणलाई पनि अझै व्यवस्थित तरिकाले अगाडी बढाईने जानकारी दिनुभयो।
त्यस्तै, तत्कालिन राष्ट्रि पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्पपछिका पुनर्निर्माण विश्वकै नमुना रहेको धारणा राख्नुभयो। यसले नेपालको बिकासमा निकै ठुलो फड्को मारेको पनि उहाँले बताउनुभयो।
पूर्व मन्त्री तथा विपद् विज्ञ गंगालाल तुलाधरले नेपालले विपद्को क्षेत्रमा राम्रो शुरुवाती काम गरेको तर यसलाई अझ स्पष्ट आकृति दिन आवश्यक रहेको बताउनुभयो । भुकम्प पछिको पुनर्निर्माण विश्वले नै सिक्न लायक रहेको भन्दै सहभागिहरुले नयाँ बन्ने संरचनामा यो सिकाइलाई आत्मसाथ गरी उत्थानशिल समाज निर्माण का लागि काम गर्न विज्ञहरुको सुझाव थियो।
गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परि झन्डै नौ हजार मानिसको ज्यान गएको थियो ।