• शनिबार, ८ बैशाख, २०८१
  • ०२:४५:४३

इतिहासकै खुंखार महिला सिरियल किलर , जसले आफ्नो सुन्दरताको लागि ६०० बालिकाको हत्या गरिन् !

  • Netizen Nepal
  • बुधबार, १४ बैशाख, २०७९- १५:३५:००/ Wednesday 04-27-22

नेटिजन संवाददाता

काठमाडौँ, १४ बैशाख । इतिहासको पछाडी केहि यस्ता कहानीहरु लुकेका हुन्छन जुन कहानीले हाम्रो शरीर नै जिरिङ्ग पारिदिन्छ । यस्तै एक महारानीको कहानी, जसको कर्मका कारण धेरै मानिस उनीसंग डराउने गर्थे। उनि महारानी मात्र नभई एक खुंखार सिरियल किलर पनि थिइन्। उसो त तपाईहरुले शिलशिलेवर ढंगबाट धेरै मानिसको हत्या गरेका सिरियल किलरहरुको बारेमा सुन्नुभएको होला । तर, यी महिला सिरियल किलर भने कुमारी केटिलाई मारेर उनीहरुको रगतले नुहाउने गर्थिन। आउनुहोस जानिराखौं यसको पछाडिको रहस्य र कारण।

हंगेरीकी यी महारानीको नाम एलिजाबेथ बाथरी थियो। उनलाई इतिहासको सबैभन्दा खतरनाक महिला सिरियल किलरको रुपमा चिनिन्छ। उनले १५८५ देखि १६१० सम्मको अवधिमा ६०० भन्दा बढी महिलाको हत्या गरि उनीहरुको रगतले स्नान गरेकी थिइन्।

कसैले उनलाई सदाबहार सुन्दर रहिरहनका निमित्त कुमारी केटीको रगतले नुहाउने सल्लाह दिएका थिए, सोहि अनुरुप आफ्नो सुन्दरतालाई कायम राख्नका लागि उनले आफ्नो क्रुरताको हद नै पार गरेकी थिइन।

सिरियल किलर एलिजाबेथले केटिहरुलाई मारिसके पछि पनि उनीहरुको शरीरको मासु आफ्नो दाँतले टोकर खाने गर्थिन। जसका लागि उनका अन्य ३ जना नोकरहरुले पनि उनलाई साथ दिने गरेको बताइन्छ।

वास्तवमा एलिजाबेथ बाथरी हंगेरी राज घरानाकी हुन्। उनको बिवाह फेरेंक नैडेस्डी नामक व्यक्तिसंग भएको थियो, जो तुर्कोसंगको युद्धमा हंगेरीका राष्ट्रिय हिरो थिए। एलिजाबेथ केटिहरुलाई आफ्नो जालमा फसाउन अनेक किसिमका जाल बुन्ने गर्थिन। ठुलो परिवारको महिला भएको कारण उनि वरपरका गाउँका केटिहरुलाई टन्न पैसा दिन्छु मेरो घरमा काम गर्न आउ भनेर लालच देखाउने गर्थिन। परिणामस्वरुप कोहि उनको घरमा गयो कि उनि उसलाई आफ्नो शिकार बनाई हाल्थिन।

यसै शिलशिलामा जब गाउँका केटिहरु कम हुँदै गए तब उनले ठुला घरका छोरीचेलीहरुलाई आफ्नो शिकार बनाउन थालिन। हंगेरीको राजालाई जब यसको कुराको बारेमा थाहा भयो तब उनले तुरुन्तै यस सम्बन्धी खोजी तलासी गर्न थाले। खोजी गर्ने क्रममा जब उनीहरु एलिजाबेथको महलमा पुगे तब त्यहाको हाल देखेर सबैजना चकित भए। चेकजाँचको क्रममा एलिजाबेथको महलबाट केहि केटीहरुको कंकाल र सुनचाँदीका गहना समेत बरामद गरिएको थियो ।

सन् १६६० मा एलिजाबेथलाई उनको आपराधिक कार्यको सजायस्वरुप पक्राउ गरियो। उनले गरेको कुकर्मका बाबजुत पनि उनलाई फांसीको सजाय त दिईएन तथापी उनलाई महलको एक कोठामा कैदी सरह थुनेर राखियो। त्यसको ४ वर्षपछि अगस्ट २१ , १६१४ मा उनको मृत्यु भयो ।