• शुक्रबार, १४ बैशाख, २०८१
  • ०७:१२:४४

चार बर्षे बालकले कार चलाए !

  • Netizen Nepal
  • सोमबार, १९ बैशाख, २०७९- १७:०३:००/ Monday 05-02-22

नेटिजन संवाददाता 
काठमाडौँ, १९ वैशाख। द नेदरल्यान्ड्समा चार वर्षीय बालकले कार चलाएका छन। बालकले आफ्नी आमाको कार सुटुक्क चलाएर सडकमा पुर्‍याएपछि उक्त घटनाको देशभर चर्चा भएको छ।

युट्रेक्ट सहरमा शनिवार बिहानै ती बालकले चलाएको कार पार्क गरेर राखिएका अन्य दुई सवारीसाधनमा ठोकिएको थियो। त्यसपछि पाइजामा लगाएका ती बालक कारको ढोका खोकेर खाली खुट्टा बाहिर निस्किएका थिए। चिसोमा एउटा बालक एक्लै हिँडिरहेको देखेपछि प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेका थिए।

उक्त दुर्घटनामा कोही पनि घाइते भएन। प्रहरीले आफ्नो इन्स्टाग्राममा घटनाबारे जानकारी दिँदै ठट्यौलो पारामा "नयाँ माक्स भेर्स्टापेन" फेला परेको लेखेको छ। भेर्स्टापेन फर्म्युला वनका विश्वविजेता हुन्।

बालककी आमाले आफ्नो बच्चा 'निकै टाठो' भएको बताएकी छन्। उक्त घटनापछि प्रहरीले बच्चाले नभेट्ने ठाउँमा गाडीको साँचो राख्न उनका आमाबाबुलाई भनेको छ।