• शुक्रबार, १४ बैशाख, २०८१
  • ०४:१०:२७

एक हजारले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

  • Netizen Nepal
  • बुधबार, २८ बैशाख, २०७९- ११:५८:००/ Wednesday 05-11-22

नेटिजन संवाददाता 
काठमाडौँ, २८ बैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।  
   
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ।