• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:१३:२५

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले गरे राष्ट्रका नाममा सम्बोधन

  • Netizen Nepal
  • बिहीबार, २९ बैशाख, २०७९- ०८:१४:००/ Thursday 05-12-22

नेटिजन संवाददाता
काठमाडौँ, २९ वैशाख। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले एक साताभित्रै नयाँ मन्त्रिपरिषद् नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

श्रीलंकामा भएको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ मन्त्रिपरिषदमा आफ्ना दाइ महिन्दा राजापाक्षेको साटो अरु कसैलाई स्थान दिइने बताइएको छ ।

उनले सरकारसमर्थक र सरकारविरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको पनि भर्त्सना गरेका छन्। केही दिनदेखि जारी यस्ता झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । एजेन्सी