• बुधबार, १८ असार, २०८२
  • ०८:१४:४८

मतदाता बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु 

  • Netizen Nepal
  • शुक्रबार, ३० बैशाख, २०७९- १३:३५:००/ Friday 05-13-22

नेटिजन संवाददाता 

काठमाडौँ, ३० वैशाख। स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । 

वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो । 

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलवासका ६३ बर्षीय माया पुन, ९ वर्षका प्रबिण पुन, ५० वर्षका कुदिप कुँवर, ५० वर्षका डेमकुमारी कुँवर, ८६ वर्षकी हरिकला कुँवर, ५० वर्षका टेककला कुँवर, २५ वर्षकी भिमकला कुँवर, ७० की मुवा कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर, ४३ कै जानुकार कुँवर, ४२ की ज्ञानदली कुँवर, ५० की मीना कुँवर, उमेर नखुलेकी फुलदेवी कुँवर रहेका छन् । 

यस्तै, ११ जना घाईतेहरुको पोखरामा र एक जना घाईतेको वालिङमा उपचार भइरहेको छ । जसमध्ये पोखरा पठाइएको सबैको अवस्था राम्रो नरहेको प्रहरीको भनाइ छ । उनीहरु तिवारी पसलस्थित मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको स्थानीयको भनाइ छ ।