• बुधबार, ५ बैशाख, २०८१
  • १२:१४:२४

स्थानीय तहको प्रमुखमा कांग्रेसले कति स्थानमा जित्यो ?

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- १०:४९:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ। नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । 

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । 

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । 

मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।