• सोमबार, १३ असार, २०७९
  • १०:५३:४७

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु 

  • Netizen Nepal
  • बिहीबार, २६ जेठ, २०७९- १३:२७:००/ Thursday 06-09-22

नेटिजन संवाददाता


काठमाडौँ, २६ जेठ। पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । 

इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।