• शुक्रबार, २७ असार, २०८२
  • ०२:५१:५८

अफगानिस्तानमा शक्तिशाली भुकम्प: २५० जनाको मृत्यु, सयौं घाइते 

  • Netizen Nepal
  • बुधबार, ८ असार, २०७९- १२:००:००/ Wednesday 06-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ असार। अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परि कम्तिमा २५० जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन। 

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर गएको थियो।

भूकम्पको धक्का केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म पुगेको बताइएको छ। त्यस्तै अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको छ। एजेन्सी