• शुक्रबार, २० असार, २०८२
  • ०९:४७:४१

लाइसेन्सको आवेदन: एकजनाले एकपटक मात्र भर्न मिल्ने 

  • Netizen Nepal
  • बुधबार, ८ असार, २०७९- १७:२८:००/ Wednesday 06-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ असार। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन खुला गरेको छ । एउटै आवेदनकर्ताले फरक मोबाइल नम्बर र प्रोफाइलबाट आवेदन दिएको पाइएपछि विभागले पुनः नयाँ आवेदन खुलाएको हो ।

विभागले बुधबार एक सूचना जारी गर्दै एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एक पटक मात्र आवेदन दिने सकिने व्यवस्था गरिएको जनाएको छ। 

‘अनलाइन प्रोफाइल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रलगायत विवरण भर्दा त्रुटी भएमा आफूले आवेदन गरेको÷गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाउन लगाई पुनः आफ्नो विवरण भर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ ।