• शनिबार, ८ बैशाख, २०८१
  • ११:५०:५३

बढ्यो सुनचाँदीको मूल्य-

  • Netizen Nepal
  • सोमबार, १३ असार, २०७९- ११:२६:००/ Monday 06-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ असार। नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैंयामा कारोबार भएको छापावाला सुन सोमबार ४ सयले बढेर प्रतितोला ९७ हजार ७ सय पुगेको छ। 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार २ सय रुपैंया तोकिएको छ। 

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार भएको चाँदी आज १० रुपैंयाले बढेर प्रतितोला १२ सय ५५ पुगेको महासंघले जनाएको छ।