• शनिबार, १५ बैशाख, २०८१
  • ०६:०८:२६

धान दिवसको दिन सार्वजनिक विदा 

  • Netizen Nepal
  • सोमबार, १३ असार, २०७९- १२:०७:००/ Monday 06-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ असार। कर्णाली सरकारले असार १५ गते प्रदेशका नौ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

धान दिवसको अवसरमा जुम्लाबाहेकका जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को गत चैत २९ गतेको निर्णयानुसार बिदा दिइएको हो ।