• शनिबार, २१ असार, २०८२
  • ११:१२:४०

आधुनिक च्याउ उद्यमको अगुवाइ गर्दै शनिस

गीता अधिकारी 
काठमाडौँ, ३० असार। भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपुलका सनिस लगेजुले च्याउ खेती गर्न थालेको  झण्डै २३ वर्ष भयो । केहि वर्षअघिसम्म पनि उहाँले बाँसले बेरिएको टनेल प्रयोग गरेर परम्परागत तरिकाले च्याउ खेती गर्नुहुन्थ्यो । यसरी काम गर्दा च्याउ नै नउम्रिने लगायतका धेरै समस्याहरु आइपर्थे । तर दुई वर्षअघि क्लाइमेट कन्ट्रोल रुम जडान गरेपछि उहाँको कृषि प्रणली र उत्पादनमा समेत सुधार आएको छ । 

लगेजुले वि सं २०५५ सालमा आफ्नै लगानीमा ४० पोका बिउबाट च्याउ खेती सुरु गर्नुभयो । काम गर्ने क्रममा उत्पादनको गुणस्तर बढाउँदै लैजाने सोच बनाउनुभएका उहाँलाई समयमा आवश्यकताअनुसार बिउबिजन नपाउँदानिकै समस्या पर्यो । त्यसपछि २०६९ सालबाट उहाँले बिउ उत्पादन गर्ने सीड ल्याण्ड नेपाल प्रालि नामक संस्था स्थापना गरेर बिउ पनि आफैं उत्पादन गर्न थाल्नुभयो । 

झण्डै २१ वर्षसम्म आफ्नै तरिकाले च्याउ खेती गरिरहनुभएका लगेजुले चौधरी फाउन्डेसनसंगको सहकार्यमा नयाँ तरिकाले च्याउ खेतीको शुरुवात गर्नुभयो। यो सहकार्य अन्तर्गत चौधरी फाउण्डेसनले ५ वर्षको लागि सहुलियत दरमा २५ लाख ऋण दिएपछि फार्ममा हाईटेक प्रविधि जडान गर्नुभयो। त्यस्तै क्लाइमेट चेन्जिङ रुम जडान पनि भयो । यो प्रविधि जडान गरेपछि उत्पादनमासमेत परिवर्तन आएको छ । ‘पहिला लगानी कसरी गर्ने भन्ने चिन्ता थियो । आधुनिक प्रविधि जडान गर्न थप लगानी गर्नु पर्ने भएकाले आर्थिक भार पर्छ भन्ने डरले परम्परागत तरिकाले नै खेती गर्दै आइरहेको थिएँ । तर यो नयाँ तरिकाबाट खेती शुरु गरेपछि १५÷२० प्रतिशत उत्पादकत्वमा बृद्धि भएको छ, उहाँले भन्नुभयो । 

उहाँले विदेश भ्रमण गर्ने क्रममा प्राविधिक यन्त्र जडान गरि च्याउ खेती गरेको देख्नुभएको थियो। त्यसका अलावा गुगल तथा सामाजिक संजालमा देखेर हाइड्रो फार्म बनाउन उत्प्रेरित हुनुभयो।  

अहिले लगेजुको फार्ममा च्याउ उत्पादन हुन्छ भने ल्याबमा गोब्रे, कन्य, सिताके लगायतका च्याउका गुणस्तरीय बिउ उत्पादन हुन्छन। लिक्विड कल्चर प्रविधिबाट उत्पादित उक्त बिउ ७ ओटै प्रदेश र देशका ६२ जिल्लामा बिक्रिवितरण हुन्छ । उहाँको ल्याबमा अहिले दैनिक ३५ सय पोकासम्मको बिउ उत्पादन हुन्छ। नेपालमा भएका २५ ओटा च्याउ प्रयोगशालामध्ये उहाँको प्रयोगशाला तेस्रो नम्बरमा छ। च्याउको बिउ विक्रिबाट मात्र वार्षिक  २०÷२५ लाख सम्मको आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

एक सिजनमा प्रतिदिन झन्डै २५० केजीसम्म च्याउ उत्पादन हुन्छ । उहाँको ल्याब र च्याउमार्फमा हाल २१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये बिउ उत्पादन ल्याबमा १८ जना महिलार च्याउ फार्ममा ३ जनाले काम गरेका छन् । फाउन्डेसनसंगको सहकार्यपछि लगेजुले आफ्नो शिप र ज्ञान अन्य उत्सुक व्यवसायी र काम गर्न चाहने व्यक्तिहरुलाई पनि बाँड्ने गर्नुभएको छ । उहाँ च्याउ खेती र च्याउको बिउ उत्पादनसम्बन्धि तालिमको श्रोत व्यक्तिको रुपमा भैरहवा, गोरखा, पोखरा, धादिङ, झापालगायतका देशका विभिन्न जिल्लाहरुमा समेत पुग्ने गर्नुहुन्छ । विभिन्न सहकारी संस्थाहरुसंग सहकार्य गरेर बिउ उपलब्ध गराउने र किसानले बिउ प्रयोग गर्दा प्राविधिक समस्या देखिए कतिपय फोनबाट र सम्भव भएसम्म प्रत्यक्ष कृषकलाई भेटेर आवश्यक परामर्श दिने गर्नुहुन्छ । 

च्याउ खेतीकै कारणले लगेजु 'राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार २०७९' बाट समेत सम्मानित हुनुभएको छ । च्याउले नै उहाँलाई देशविदेश घुम्ने मौका समेत जुराइदिएको छ । चौधरी फाउन्डेसनले कृषकहरुको हितका लागि सञ्चालन गरेका कार्यक्रममा जोडिएपछि सामाजिक विकास र उद्यमशीलता अन्तर्गत २ सय जनाले तालिम लिईसकेका छन। जसमध्ये २३ जनाले च्याउ खेती गर्न समेत सुरु गरिसकेका छन भने केहि सुरु गर्ने तरखरमा छन् । यस्ता खाले तालिमले समाज स्वरोजगार हुने, युवाउद्यमी बढ्ने, च्याउ खेतीतर्फ किसानआकर्षित हुने तथायुवामाच्याउ खेतितर्फ उत्सुकता बढ्ने उहाँको भनाइ छ।