नयाँ तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक
- Netizen Nepal
- शनिबार, ७ श्रावण, २०७९- ००:३२:००/ Saturday 07-23-22
नेटिजन सम्बाददाता
काठमाण्डौ, ६ साउन। तीज पर्व नजिकिदै गर्दा विभिन्न गीतहरु सार्बजनिक हुने क्रम शुरु भएको छ। यसै विच नयाँ तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । बुधवार गीत सार्वजनिक गरिएको गीतमा संंगीतकार लक्ष्मण पोखरेलको संगीत र गायिका एलिना चौहानको स्वर रहेको छ । नारायण रेग्मीको शब्द रहेको यो गीतमा अर्जुन नेपालीको एरेन्ज रहेको छ । भिडियोमा बिना राउत लगायतकाले अभिनय गरेका छन् । मनोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् । भिडियोको निर्देशन प्रकाश कडेलले गरेका हुन् । गीतले अहिलेको नेपाली समाजको परिवेशलाई प्रतिबिम्बित गरेको छ।