• बिहीबार, ६ बैशाख, २०८१
  • ०३:३९:४३

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

  • Netizen Nepal
  • बिहीबार, १२ श्रावण, २०७९- १०:२०:००/ Thursday 07-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ साउन। कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुने टोलीले रु ६ लाख, द्वितीय हुनेले रु चार लाख, तृतीय हुनेले रु दुई लाख तथा सान्त्वना हुने समूहले रु एक लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिनुभयो । कार्यक्रमबाट रु ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।

एक समूहमा महिला र पुरुष एक÷एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताउनुभयो । “प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ”, उहाँले भन्नुभयो ।

नेपाली लोकबाजाको संरक्षण, सम्बद्र्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ । बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुु¥याउनु भएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो । 

स्व शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र....,सुखी ज्यानलाई गुँदरी काम्लो..., आहा कलिलो तामालाई सोध रामलाई..., ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु सङ्कलन गर्नुभएको थियो । शेरचन नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल हुनु भएको थियो ।