• सोमबार, ३० श्रावण, २०७९
  • ०७:२६:००

देशभर वर्षा, ६ स्थानमा खतराको तह पार 

  • Netizen Nepal
  • सोमबार, १६ श्रावण, २०७९- १०:३८:००/ Monday 08-01-22

नेटिजन संवाददाता 
काठमाडौँ, १६ साउन । आइतबार दिउँसो देखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार  पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।


पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । २४ घण्टामा कास्कीमा २७२ मिलिमिटर र चितवनको शक्तिखोरमा १९५ मिलिमिटर पानी परेको छ ।  विभागले २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

विभागले सोमबार विहानै देखि देशैभर वर्षा हुने जनाएको छ । भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।