• बुधबार, २६ बैशाख, २०८१
  • १०:१२:२३

किसानलाई ४ करोड अनुदान

  • Netizen Nepal
  • बिहीबार, १९ श्रावण, २०७९- १५:३७:००/ Thursday 08-04-22

नेटिजन संवाददाता 
काठमाडौँ, १९ साउन। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ ।जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्पmत रु एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको सशर्ततर्फको रु २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकलाई उपलब्ध गराइएको हो ।

कृषि ज्ञान केन्द्रले जिल्लामा सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट तीन हजार तीन सय ९० कृषक परिवार लाभान्वित भएका छन् । प्रदेश सरकारमार्फत आएको कार्यक्रमबाट पाँच सय ६७ महिला र पाँच सय १३ पुरुष गरी एक हजार ८०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको कार्यक्रमबाट एक सय ७८ महिला र एक सय ९७ पुरुष गरी तीन सय ७५, सङ्घ सशर्तबाट ५३ महिला र ५४ पुरुष गरी एक सय २७ तथा माटो तथा मल परीक्षण प्रयोगशालामार्फत एक हजार आठ सय आठ कृषक परिवार लाभान्वित भएका हुन् । लाभान्वित हुनेमा दलित एक सय १३ परिवार, जनजाति तीनसय ५५ र विपिन्न तीन सय ३८ परिवार रहेको कार्यालयले जनाएको छ ।